३४७६ पटक हेरिएको
प्रकाशित: २०७४ आषाढ ३० , २२:२९ बजे

यातायात कार्यालयका कर्मचारीको मिलोमतो सरकारी कागज किर्ते, दुई जना पक्राउ

Image

महेन्द्रनगर । यातायातका कर्मचारीको मिलोमतोमा सरकारी कागजात किर्ते गरि सवारी साधान दर्ता गर्ने २ जना पक्राउ परेका छन् । सरकारी कागजात किर्ते गरि भारतबाट चोरी गरेर ल्याएका सवारी साधान बिक्रि गर्ने २ जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले पक्राउ गरेको हो । 

भारतबाट चोरी गरेर ल्याएका सवारी साधनलाई भन्सार लिलामी भएका भनि छोटी भन्सार कार्यालय गुलरिया र पथलैया भन्सार कार्यालको नाममा नक्कली कागज किर्ते गरि यातायात कार्यालयमा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरिक्षक प्रकास बहादुर चन्दले बताए ।

उनका अनुसार यातायात व्यवस्था कार्यालय महाकाली र यातायात व्यवस्था कार्यालय सेतिका कर्मचारीको मिलोमतोमा सवारी साधान दर्ता गरि मंहगो मुल्यका सवारी साधन सस्तोमा बिक्री गरेको पाइएको छ ।

प्रहरी उपरिक्षक चन्दका अनुसार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी भिमप्रसाद दाहालको कमान्डमा खटिएको टोलीले बिहीबार महेन्द्रनगरको सब्बजीमण्डीबाट कैलाली भजनी नगरपालिका ३ का ३७ वर्षिय गोकुल प्रसाद श्रेष्ठ र दाचुलाको हिकिला घर भई हाल भिमदत्त नगरपालिका ४ बस्ने २५ वर्षिय हिमाल जोशी पक्राउ गरेको हो ।

उनीहरुको साथबाट १ लाख रुपैयाँ नगद, काठमाडौँ बैंकको १५ लाखको चेक र सुस्मिता बमको नामको २ वटा चेक, २ वटा ल्याप्टप, १ वटा सुनको सिक्री, ९ वटा मोटरसाइक, १ वटा कारका र २ वटा खाली ब्लु–बुक, मोबाईल, चादीको बास्रलेट, कालो रङको झोलामा ३ वटा चेकबुक, सरिका मल्टि टेर्डसको बिल र गरेको उनले बताए ।


श्रेष्ठले किर्ते कागजातका आधारमा दर्ता गरि बिक्रि गरेका ८ वटा सवारीका साधन प्रहरीले बरामद गरेको छ । बरामद गरेका मध्ये ५ कार र ३ वटा मोटरसाईकल रहेका छन् । श्रेष्ठले चारपाङग्रे गडी ८ लाख सम्ममा भारतबाट ल्याई नेपालमा १० देखि २५ लाख सम्ममा बेचेको र मेटरसाईकल ७० हजार सम्ममा ल्याई ३ लाख सम्ममा बिक्रि गरेको पइएको एसपी चन्दले बताए ।

गोकुल प्रसाद श्रेष्ठले भारतीय नागरिक आलोक श्रीवास्तव, सन्नी सरदार, जानी भाई लगायतका तस्करहरुसँग मिलेर कम मुल्यमा चोरिएका सवारी साधन नेपाल ल्याएर नक्कली कागजातको भरमा यातायात व्यवस्था कार्यालय महाकाली र सेतीका कर्मचारी सँगको मिलमतोमा कारोबार गर्ने गरेको समेत खुल्न आएको छ, उनले भने ।

श्रेष्ठको कैलालीको टिकापुर नगरपालिका १ मा गोकुल रोयल मोटरसाईकल ग्यारेज रहेको छ । प्रहरीका अनुसार श्रेष्ठले आफ्नै ग्यारेजबाट मोटरसाईकल तथा गाडीको नम्बर तयार गने र आवश्यक कागजात तयार गर्ने गरेको पाइएको छ ।

सरकारी कागजात छाप किर्ते गरेर दर्ता गरेका कार : 

महाकाली यातायात कार्यालयमा दर्ता भएका कार : म १ च ५१०, म १ च ५१३, म १ च ५१४, म १ च ५२३, म १ च ५२४, म १ च ५२५ र म २ च १८१० र सेती अञ्चल यातायात कार्यालयमा से १ च १७८० नम्बरको कार दर्ता भएको छ ।

 यातायात कार्यालय महाकालीमा दर्ता भएका मोटरसाईक : म २ प ६०२२, म २प ६०२३, म २ प ६०२४ म २ प ६१३८ म २ प ६१४३, म २ प ६१४५, म २ प ६१५२, म २ प ६१५३, म २ प ६३१८, म २ प ६३१९, म २ प ६३२०, म २ प ६३३६, म २ प ६३३७, म २ प ६३५४ र म २ प ६३५५ गरि १५ वटा मोटरसाईक

 यातायात कार्यालय सेतिमा   दर्ता भएका मोटरसाईक : से ५ प ७१७३, से ५ प ७१७४, से ५ प ७१७५, से ५ प ७४४२, से ५ प ७४४३, से ५ प ७४४५ र से ५ प ७५५१ नं.का गरि ७ वटा रोयल इनफिल्ड मोटरसाईकल