८९८ पटक हेरिएको
प्रकाशित: २०७४ आषाढ ३० , १०:२० बजे

डडेल्धुराका २ सामुदायिक वनमा वैज्ञानिक व्यवस्थापन

Image

डडेल्धुरा । डडेल्धुराका २ सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना लागू हुने भएको छ ।


भागेश्वर गाउँपालिका–४ मा रहेको बहुमुखी समुदायिक वन र भागेश्वर सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना लागू हुने भएको हो । जिल्ला वन कार्यालय डडेल्धुराको आयोजना र बहुमुखी सामुदायिक वन, भागेश्वर सामुदायिक वन र जिल्ला समन्वय समितिको सहकार्यमा बिहीबार कार्यक्रम आयोजना गरी कार्ययोजनाबारे जानकारी दिइएको हो ।

नेपालको थोरै स्थानमा वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना लागू भएको अवस्थामा डडेल्धुरामा पनि सुरुवात गर्न लागेको जिल्ला वन अधिकृत इन्द्रमणी भण्डारीले जानकारी दिए । सल्लेरी वन धेरै भएको र अति पुरानो भएकाले आगलागीको प्रवल सम्भावना, खुला चरीचरन तथा अत्याधिक खोटो संकलनले रुखहरू मर्ने अवस्थामा वनजंगललाई पुनस्र्थापना गर्न कार्यक्रमलाई प्राथमिकता दिएको उनले बताए ।