२९० पटक हेरिएको
प्रकाशित: २०७४ आषाढ २८ , ०८:३४ बजे

साढे १ लाख विरुवा वितरण गरिँदै

Image

महेन्द्रनगर । जिल्ला वन कार्यालय कञ्चनपुरले निःशुल्क विरुवा वितरण गरिरहेको छ ।

राष्ट्रिय वन कार्यक्रम अन्तर्गत नर्सरी निर्माण गरी उत्पादन गरिएका विरुवा जिल्ला वन कार्यालय र जिल्लाका अन्य स्थानबाट समेत वितरण भइरहेको कञ्चनपुरका जिल्ला वन अधिकृत शिवप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार वन कार्यालयले माग र जनताको आवश्यतालाई मध्यनजर गरी विरुवा वितरण गरिरहेको हो ।


वितरणका लागि १ लाख ५० हजार विरुवा उत्पादन गरिएको जिल्ला वन अधिकृत शर्माले बताए । वन कार्यालयले मसला र टिक प्रजातिका विरुवा वितरण गरिरहेको हो । बेलौरी र पुनर्वास नगरपालिका क्षेत्रका लागि पनि २ लाख विरुवा वितरण गर्ने लक्ष्य लिइएको वन अधिकृत शर्माले बताए ।

 

 


About Author
-मानसखण्ड