६४३ पटक हेरिएको
प्रकाशित: २०७४ आषाढ २६ , १०:२९ बजे

गाउँ र नगर कार्यपालिका चयन हुँदै

Image

– टेकराज भण्डारी
अछाम । स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै अछाममा गाउँ तथा नगर कार्यपालिका गठनको तयारी हुन थालेको छ ।

जिल्लाका १० स्थानीय तहमा गाउँ कार्यपालिका तथा नगर कार्यपालिका गठनका लागि चुनावी कार्यक्रम सुरु भइरहेको छ । ४ नगरपालिकामा नगर कार्यपालिका र ६ गाउँपालिकामा गाउँ कार्यपालिका गठन गर्ने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अछामको चौरपाटी गाउँपालिकामा मत परिणामप्रति असन्तुष्टि जनाउँदै कांग्रेसले उच्च अदालत दिपायलमा रिट दायर गरेकाले तत्काल त्यहाँ गाउँ कार्यपालिका गठन नहुने देखिएको छ । अन्य स्थानीय तहमा काम अघि बढिरहेको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्मा उपाध्याय पंगेनीले बताए ।

कमलबजार नगरपालिकामा मनोनयन दर्ता भइसकेको छ भने अन्य स्थानीय तहले पनि चुनावी प्रक्रिया सुरु गरिसकेका छन् । जिल्लाका ५ तहमा कांग्रेस, ३ तहमा एमाले र २ तहमा माओवादी केन्द्र विजयी भएका छन् ।

 


About Author
-मानसखण्ड