६८५ पटक हेरिएको
प्रकाशित: २०७४ आषाढ २६ , ०१:१७ बजे

पुनर्वासमा एमालेको जित

Image

महेन्द्रनगर । स्थानीय तह निर्वाचन अन्तर्गत आईतबार सम्पन्न मतगणनाको परिणाम अनुसार पुनर्वास नगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।

पुर्नवास नगरपालिका प्रमुखमा एमालेका उम्मेदवार जीवन थापा माओवादी केन्द्रका उम्मेदवार वीरबहादुर थापाले ५ सय २६ मत अन्तरले हराउँदै निर्वाचित भएका हुन् । एमालेका उम्मेदवार थापाले ६ हजार ४० मत पाउँदा माओवादी केन्द्रका थापाले ५ हजार ५ सय १४ मत पाएका थिए ।

नेपाली कांग्रेसका उम्मेदवार तोयप्रसाद शर्माले ५ हजार ५ सय १२ मत पाएका छन् । पुर्नवास नगरपालिकाको उपप्रमुखमा पनि एमालेकै उम्मेदवार शारदा शर्मा विष्ट निर्वाचित भएकी छन् । विष्टले ६ हजार ३ सय ६६ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार भुरीया रानाले ५ हजार ३ सय ९१ मत पाइन् ।

माओवादी केन्द्रकी उपप्रमुखकी उम्मेदवार सीता विकले ५ हजार ३ सय ५६ मत पाएकी छन् ।

 


About Author
-मानसखण्ड