११३९ पटक हेरिएको
प्रकाशित: २०७४ आषाढ २६ , ०१:०३ बजे

नवनिर्वाचित पदाधिकारीद्वारा शपथसँगै पदभार ग्रहण

Image

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले आइतबार शपथ ग्रहणसँगै कार्यभार सम्हालेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा आयोजित कार्यक्रममा नवनिर्वाचित मेयर, उपमेयर तथा वडाअध्यक्षले शपथ लिएका हुन् । कञ्चनपुरका मुख्य निर्वाचन अधिकृत प्रकाश ढुङ्गानाले मेयर, उपमेयर र १९ वटै वडाका अध्यक्षलाई पद तथा गोपनियताको शपथ ग्रहण गराए ।

शपथ ग्रहणसँगै नगरपालिकाका मेयर सुरेन्द्र विष्टले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणको क्रममा मेयर विष्टलेचुनावी अभियानका क्रममा जनतासँग गरेका प्रतिबद्धता तथा वाचा पूरा गर्ने बताए । नगरपालिकाको विकास र उन्नतिका लागि योजनाका साथ काम थाल्ने बताउँदै विष्टले ५ वर्षभित्र भीमदत्तलाई समृद्ध नगर बनाउने उद्घोष गनरे ।

स्थानीय तहको निर्वाचनमा हार/जित जे भएपनि नगरका समस्या समाधानमा सबैसँग सहकार्य गरेर अगाडि बढ्ने मेयर विष्टको भनाई थियो । प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनाल, जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र पौडेल लगायतको उपस्थिति रहेको थियो ।

 


About Author
-मानसखण्ड