२७४ पटक हेरिएको
प्रकाशित: २०७४ आषाढ २५ , २३:२८ बजे

शुक्लाफाँटाका जनप्रतिनिधिको पहिलो निर्णय, सुकुम्बासी र आरक्षपीडितलाई लापूर्जा

Image

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका नवनिर्वाचित पदाधिकारीले आइतबार पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहण लगतै नगरपालिकाका मेयर दीलबहादुर ऐरको अध्यक्षतामा बसेको बैठकले सुकुम्बासी र आरक्षपीडितका समस्या समाधानका लागि आवश्यक प्रक्रिया अगाडी बढाउने निर्णय गरेको छ ।

४ बुँदे निर्णयमा सुकुम्बासी र आरक्षपीडितका समस्या समाधानका लागि प्रक्रिया थाल्ने तथा विगत वर्षदेखि नै अव्यवस्थित बसोबास गर्दै आएका बसोबास गर्दै आएका व्यक्तिलाई जग्गाधनी प्रमाणपत्रको पूर्जा प्राप्तिका लागि आवश्यक प्रक्रिया थाल्ने उल्लेख छ ।

 बैठकले १२ वटै वडामा पायक पर्ने स्थानमा वडा कार्यालय स्थापना गर्ने, आवश्यक जनशक्ति पूर्तिका लागि सम्बन्धीत निकायमा अनुरोध गर्ने, नदी कटान नियन्त्रणका लागि सम्बन्धीत निकायमा पहल गर्ने निर्णय समेत गरेको छ ।

 बैठकले शुक्लाफाँटा नगरपालिका क्षेत्रभित्र पायक पर्ने स्थानमा ५० शैयाको अस्पताल स्थापनाका लागि आवश्यक पहल गर्ने निर्णय समेत गरेको मेयर ऐरले बताए ।


About Author
-मानसखण्ड