७४६ पटक हेरिएको
प्रकाशित: २०७४ आषाढ २५ , ०९:५३ बजे

अछाममा ८६ प्रतिशत रोपाइँ

Image

– टेकराज भण्डारी
अछाम । अछाममा ८६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

जिल्ला कृषि विकास कार्यालय अछामका अनुसार जिल्लामा धानखेती हुने क्षेत्रमध्ये ८६ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको हो । बुढीगंगा, कैलास खोला र चाईराखोला किनारका अधिकांश खेतमा रोपाइँ सकिएको छ, भने आकासे पानीको भरमा रोपाइँ हुने क्षेत्रमा बाँकी रहेको छ ।

अछामका प्राविधिक सहायक खड्क बस्नेतका अनुसार गत वर्ष अछाममा ३४ हजार ८ सय १८ मेट्रिक टन धान उत्पादन भएको थियो । अछाममा ७ हजार ४ सय १६ हेक्टरसिंचित र ९ हजार ८४ हेक्टर पाखो जमिन गरी कुल १६ हजार ५ सय ८० हेक्टरमा धान खेती हुने गरेको छ ।

 


About Author
-मानसखण्ड