५२१ पटक हेरिएको
प्रकाशित: २०७४ आषाढ ०६ , १०:०० बजे

धौलाकोटमा प्रहरीलाई जग्गादान

Image

दार्चुला । दार्चुलाको व्याँस गाउँपालिकामा १ रोपनी ८ आना जग्गा प्रहरीलाई दान गरिएको छ ।

ब्याँसको धौलाकोटको तीग्रममा बनेको नेपाल–भारत जोड्ने झोलुङ्गेपुल छेउमा धौलाकोट–७ का लक्ष्मणसिंह कुँवर र उनका छोरा राजेन्द्रसिंह कुँवरले प्रहरीलाई जग्गा दान गरेका हुन् । पुलमा स्थापना भएको प्रहरी बीटका लागि जग्गा दान गरेका कुँवर परिवारले प्रहरीको नाममा जग्गा हस्तान्तरण गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी केदार खनालले जानकारी दिए ।

धौलाकोटको तिग्रममा जेठ पहिलो साता नेपाल भारत जोड्ने झोलुङ्गे पुल निर्माण भएको थियो । पुलको सुरक्षा तथा सीमा क्षेत्रमा हुने विभिन्न अवैधानिक गतिविधि कम गर्न पुलको दुबैतिर नेपाली र भारतीय सुरक्षाकर्मीले आफ्नो उपस्थिति जनाएका छन् । 

 


About Author
-मानसखण्ड