३०३५ पटक हेरिएको
प्रकाशित: २०७४ आषाढ ०१ , ११:४१ बजे

डडेल्धुराका एकजोडी दाजुभाईको ‘जुनकिरी’ बजारमा

Image


डडेल्धुरा । डडेल्धुराको अमरगढी–६ दुमडाका २ दाजुभाई जनक र महेश ताम्राकारले ‘जुनकिरी’ बजारमा ल्याएका छन् ।


सञ्चारकर्मी समेत रहेका जनकको पहिलो गीत ‘जुनकिरी’ बजारमा आएको हो । जनकका दाजु महेशको शब्द तथा संगीत रहेको आधुनिक गीत नेपाली र डोट्याली भाषाको समिश्रण छ । १ साताभित्रै भिडियो समेत सार्वजनिक गर्ने उनले बताए । पहिलो सांगीतिक कोसेली भएपनि स्रोतले मन पराइदिएपछि हौसला जागेको जनकले बताए ।


गीतमा टाइटल जुनकिरीको अर्थ मायाको संकेत रहेको बुझिन्छ । गीतको भिडियोमा नायिका निता ढुंगाना, मोडल सनम कठायत र महेशले अभिनय गरेका छन् ।

 


About Author
-मानसखण्ड

सम्बन्धित