५७१ पटक हेरिएको
प्रकाशित: २०७४ जेष्ठ ३१ , ११:१२ बजे

युवा यार्सा पाटनमा, विरामी वृद्धवृद्धालाई सकस

Image

दार्चुला । गाउँघरका अधिकांश व्यक्ति यार्सा संकलन गर्न गएपछि गाउँमा बिरामी परेका बृद्धालाई समस्या भएको छ ।


व्याँस गाउँपालिका–२ राप्लाको मालगाउँकी ७५ वर्षीया बृद्धा चेपडीदेवी धामी ४ दिनदेखि बिरामी भएर थला परेकी छिन् । छोराबुहारी लगायत गाउँका अधिकांश व्यक्ति यार्सा संकलनका लागि दुधबन गएका छन् । राप्लाको मालगाउँबाट भण्डै ९० प्रतिशत व्यक्ति यार्सा संकलन गर्न लेकमा रहेका बेला गाउँको हेरचाह गर्न घरमा १/२ जना मात्रै बसेका छन् ।


यस्तै, आमा र छोरीलाई घरमै राखेर जयलाल धामी र उनकी श्रीमती धानादेवीसँगै परिवारका अन्य सदस्य पनि यार्सा संकलन गर्न वनमा गएपछि घरमा आमा बिरामी हुँदा हेरचाह गर्ने मानिस समेत छैनन् । दार्चुलाको मार्मा र दुहुँ क्षेत्रका स्थानीयको आम्दानीको स्रोतका रुपमा रहेको यार्सागुम्बा लगायत हिमाली जडिबुटी टिप्ने सिजन आएपछि घरमा बुढापाखा तथा अन्य घरहेराला राखेर यार्सा संकलन गर्न लेकमा जाने गरेका छन् ।

 


About Author
-मानसखण्ड