४५०७ पटक हेरिएको
प्रकाशित: २०७४ जेष्ठ २९ , १८:११ बजे

रातारात भारतले १९९ नम्बर पिल्लर मेटायो !

Image

पुनर्वास । भारतको सीमा सर्भे टोलीले पुनर्वासको आनन्द बजार क्षेत्रमा रहेको स्तम्भ नम्बर १९९ मेटाएको छ । यसअघि सो स्तम्भ मुख्यस्तम्भ मानिंदै आएको थियो । गोविन्द गौतमले सहादत प्राप्त गरेपछि थालिएको सीमा सर्भेका क्रममा सो स्तम्भ नक्कली ठहरिएपछि भारतीय पक्षले त्यसको नम्बर मेटाएको हो ।

केही दिन अघिसम्म १९९ नम्बर सीमास्तम्भ लेखिएको प्रष्ट देखिन्थ्यो तर अहिले सो सतम्भको नम्बर मेटिएको छ । भारतीय पक्षले नम्बर मेटेको नोली पक्षको स्रोतले बताएको छ । धारिलो औजार प्रयोग गरी नम्बर मेटाइएको देखिन्छ । बर्षौँदेखि लेखिएको नम्बर भारतीय पक्षले रातारात मेटाएका स्थानीय राजु शाहीले बताए ।

नेपाली नापी टोलीका प्राविधिक कासिलाल चौधरीले भारतले १९९ लाई मुख्य स्तम्भ मान्दै आए पनि संयुक्त सर्भेका क्रममा त्यो रिफरेन्स पिल्लर मात्रै भएको पाइएको बताएका छन् । नक्कली सीमा स्तम्भ भेटिएपछि सीमारेखा ५ सय मिटर दक्षिणतर्फ सर्ने अवस्था आएको नेपाली टोलीको भनाई छ । सीमारेखा परिवर्तन गर्न भारत तयार नहुँदा नेपाली टोलीले शनिबबार मध्यरातमा पुनर्वास छोडेका थियो ।

१९९ नम्बर स्तम्भ खडा भएपनी २०० नम्बर भने भारतले २०३२ सालतिर उखेलेर फालेको स्थानीय शेरबहादुर बिकले बताए ।


About Author
-मानसखण्ड