८३६४ पटक हेरिएको
प्रकाशित: २०७४ जेष्ठ २९ , १४:५३ बजे

पुनर्वासमा घरदैलो गर्दै राप्रपा

Image

महेन्द्रनगर । स्थानीय तहको निर्वाचनको मिति  नजिकिँदै जाँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले पुनर्वास क्षेत्रमा घरदैलो कार्यक्रम गरिरहेको छ ।


सोमबार पुनर्वास नगरपालिकाका मेयरका आकांक्षी कृष्णबहादुर तामाङको नेतृत्वमा विभिन्न टोलमा र्‍याली समेत निकालिएको छ । राप्रपा ७ नम्बर प्रदेश इन्चार्ज नन्दलाल चटौतले कार्यकर्तालाई पार्टीको एजेण्डा लिएर जनताको घरदैलोमा जान निर्देशन दिए ।


नेता चटौतले पहिलो चरणको निर्वाचन परिणामबाट हतोत्साहित नभई उच्च मनोबलका साथ जनतासामु जान आग्रह गरे । उनले हिन्दूराष्ट्र कायम र भ्रष्टाचारमुक्त नगर निर्माण गरी समृद्ध नगर बनाउने राप्रपाको संकल्प रहेको बताए ।

 


About Author
-मानसखण्ड