६४३ पटक हेरिएको
प्रकाशित: २०७४ जेष्ठ २९ , ११:१२ बजे

सुदूरको बजारमा २ लाख लिटर दूधको अभाव

Image

धनगढी, २८ जेठ । दूधको उत्पादन घटेपछि नेपाली बजारमा अभाव भएको छ ।


हाल नेपालमा दैनिक २ लाख लिटर दूध अभाव भएको नेपाल डेरी एसोसियसनका अध्यक्ष सुमीत केडियाले जानकारी दिए । अपूग दूधको पूर्ति आयातीत दूध र दूग्धजन्य पदार्थबाट गरिँदै आएको केडियाले बताए । पशुपंक्षी बजार प्रवद्र्धन निर्देशनालयको सहयोगमा नेपाल डेरी एसोसियसनले धनगढीमा आयोजना गर्न लागेको ३ दिने तालिम कार्यक्रमको पूर्वसन्ध्यामा आईतबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष केडियाले दूध अभावबारे जानकारी दिएका हुन् ।


नेपाल कृषि प्रधान देश भनिएपनि किसानका समस्या र कृषि नीतिस्पष्ट नभएका कारण ब्यवसायिक कृषिको विकास हुन नसकेको उनले बताए । करिब ६५ प्रतिशत जनसंख्या कृषिमा आश्रित रहेको छ । कुल गाहस्थ उत्पादनमा दूग्ध क्षेत्रबाट ९ प्रतिशत योगदान पुर्‍याएपनि दूग्ध क्षेत्रका लागि सरकारले निकै कम बजेट विनियोजन गर्ने गरेको गुनासो पत्रकार सम्मेलनमा गरियो । राष्ट्रिय दूग्ध विकास बोर्डका कार्यकारी निर्देशक कैलाश ढुंगेलले पशुपालनलाई निर्वाहमूखी नभई व्यवसायिक पशुपालनको खाँचो औल्याए । ३ दिने तालिममा सुदूरपश्चिमका डेरी व्यवसायीको सहभागिता रहने छ ।

 

एसोसियसनले काठमाडौ, पोखरा र धनगढीमा तालिम दिएर जनशक्ति दक्ष बनाउने काममा लागेको महासचिव प्रल्हाद दाहालले बताए ।

 


About Author
-मानसखण्ड