२८३ पटक हेरिएको
प्रकाशित: २०७४ जेष्ठ २६ शुक्रबार, ११:४५ बजे

डीसीए क्रिकेटको उपाधि ऐश्वर्यलाई

Image

धनगढी । धनगढीमा सञ्चालित डीसीए अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको उपाधि ऐश्वर्य विद्या निकेतनले जितेको छ ।


बिहीबार भएको फाइनल खेलमा लिटिल फ्लावर स्कूललाई ४ विकेटले पराजित गर्दै ऐश्वर्यले उपाधि जितेको हो । उपाधिसँगै ऐश्वर्यले नगद ३० हजार रुपैयाँ तथा उपविजेता लिटिलरले १५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । टस जितेर व्याटिङ गरेको लिटिलले १५ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ५० रन मात्रै बनाउन सक्यो । सुरुवातका २ ओभरमै २ खेलाडी रन आउट भएपछि लिटिल फ्लावरका अन्य कुनै पनि व्याट्सम्यानले टिमको पारी सम्हाल्न सकेनन् ।


५१ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको ऐश्वर्यले ११ दशमलव ५ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य भेटायो । ऐश्वर्यका कप्तान वीरेन्द्र महतले ३६ बलमा १६ रनको योगदान गरे । बलिङमा लिटिलका आभास खड्काले १ दशमलव ५ ओभरमा ८ रन दिँदै ३ विकेट लिए ।


ऐश्वर्यका लोकेश हमाल ‘म्यान अफ द म्याच’ घोषित भए भने म्यान अफ द सिरिज ग्ली एकेडेमीका पदम बोहरा, बेस्ट बलर ऐश्वर्यका लोकेश हमाल, राईजिङ प्लेयर ग्लीका निराजन राणा र बेष्ट ब्याट्स म्यान एक्सिस विद्या आश्रमका अमृत रावल भए ।


About Author
-मानसखण्ड