२८८ पटक हेरिएको
प्रकाशित: २०७४ जेष्ठ २६ , ११:३० बजे

भगतपुरमा टेलिफोन सेवा बन्द हुन सक्ने

Image

महेन्द्रनगर । भीमदत्त नगरपालिकाको भगतपुर क्षेत्रमा नेपाल टेलिकमको टेलिफोन सेवा केही दिन अवरुद्ध हुन सक्ने भएको छ ।


टेलिफोनको लाइन परिवर्तन गर्नुपर्ने भएकाले शुक्रबारदेखि केही दिनका लागि सेवा अवरुद्ध हुन सक्ने नेपाल टेलिकम महेन्द्रनगर शाखाले सूचना जारी गरी जनाएको छ । टेलिकमले भगतपुर, जेलघर र नेपाली सेनाको ब्यारे क्षेत्रका टेलिफोन लाइन नयाँ प्रविधिमा परिवर्तन गर्ने भएको हो ।


लाइन परिवर्तन गर्दा सेवा अवरुद्ध हुन सक्ने टेलिकम महेन्द्रनगर शाखाका प्रमुख वसन्त लिङथेपले जानकारी दिए । सो क्षेत्रको टेलिफोन लाइन टिडियम प्रविधिबाट आइपी वेस्ड प्रविधिमा परिवर्तन गरिने उनले बताए । 

 


About Author
-मानसखण्ड