६११ पटक हेरिएको
प्रकाशित: २०७४ जेष्ठ २५ , ०८:४० बजे

बेहडाबाबा धाम पुग्नै समस्या

Image

धनगढी  । धनगढी उपमहानगरपालिकास्थित धार्मिक र पर्यटकीय महत्वको बेहडाबाबा धाम पुग्ने सडक जीर्ण हुँदा आवातजावतमा समस्या हुँदै आएको छ ।


हाल बेहडाबाबामा गंगा दशहरा मेला भर्न भक्तजनदेखि सर्वसाधारणलाई आवातजावतमा समस्या परेको छ । धनगढीको क्याम्पस रोडदेखि १६ किलोमिटर टाढा रहेको सडकमा २ वटा पर्छन् । नदीमा पुल नबन्दा साना सवारीसाधन तथा पैदल यात्रीलाई निकै समस्या भएको छ । सडक राम्रो नहुँदा बेहडाबाबा पुग्न समस्या भएको भारतको खीरीबाट आएका अहमद अन्सारीले बताए ।


बेहडाबाबा मन्दिरबाट दर्शन गरेर फर्किएका जगदीश चौधरीले धनगढी बेहडाबाबा सडक पूर्ण रुपले बिग्रिएका कारण निकै समस्या भएको बताए । सडक मर्मत तथा कालोपत्रेका लागि निर्वाचन क्षेत्र सडक कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७१/७२ मा सञ्चालन भई चालू आर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने ३ दशमलव ६ किलोमटिर सडको हालसम्म अधुरै रहेको छ । सडक डिभिजन कार्यालयका महेन्द्रनगरका इन्जिनियर महेन्द्र पन्तले ३ करोड २५ लाख रुपैयाँको लागतमा काम भइरहेको बताए ।


About Author
-मानसखण्ड