१४८३ पटक हेरिएको
प्रकाशित: २०७४ जेष्ठ २३ , १९:२७ बजे

यस्तो छ ! मिस्टर आरजे भट्टको सांगीतिक यात्रा

Image

महेन्द्रनगर । प्रायः ‍ र्‍याप सहजै बुझिदैन। र्‍यापमा डान्स गर्न पनि गाह्रो हुन्छ । त्यही भएर पनि ‘ र्‍याप’ लाई सहरी युवायुवतीको प्यासन पनि भनिन्छ ।

 

तर, ‍ र्‍यापरको भीडमा रहेका मिस्टर आरजे भट्ट (राजेन्द्र भट्ट) को ‍ र्‍याप भने फरक छ । उनको र्‍याप सहजै बुझ्न सकिन्छ। र, मज्जाले डान्स पनि गर्न सकिन्छ ।

 

आइतबार मात्र सार्वजनिक ‘ब्रेक फेल’ होस् वा एक साताको अवधिमा सार्वजनिक ‘डिजेवाला’, ‘बेबी डोल’। यी सबै म्युजिक भिडियोमा मिस्टर आरजले बुझिने गरी र्‍याप हानेका छन् ।

 

सहजै बुझिने पनि र्‍याप हुन्छ ?

 

प्रश्न तेर्सिन नपाउदै मिस्टर आरजे विगत स्मरण गराए । सहरमा ‍ र्‍यापर खासै थिएनन् । कलेजताकादेखि नै गीत, संगीतमा लागेका आरजेलाई  पनि र्‍यापर बन्न मन लाग्यो । तर, उनको र्‍याप बुझिने भयो भने र कयौं ठाउँमा रिजेक्ट भयो। कयौं गीत त रिलिज नै भएनन् ।

 

आरजेले भने र्‍याप हान्न नजानेर बुझिने बनाएका भने होइनन् । उनी भन्छन्, ‘ र्‍याप कोरस हो भन्ने थियो। तर, मलाई भने संगीतको छुट्टै अंग लाग्यो । र, फरक गर्छु भनेरै बुझिने र्‍याप हाने ।’

 

अचेल आरजेका र्‍यापको धेरै पारखी बनेका छन् भने कयौंले नक्कल पनि गर्न थालेका छन् । ‍ र्‍याप केही सीमित युवा वर्गले मात्र होइन् ।  सबै संगीत पारखीले सुन्न र बुझ्न पाउनु पर्छ,’ उनी भन्छन् । आरजेले डेढ वर्ष अघि ‘चक्का जाम’ बाट र्‍यापमा डेब्बु गरेका हुन् । डेढ वर्षको अवधिमा आरजले दुई दर्जन बढी गीतमा र्‍याप हानेका छन् ।

 

सुरुमा ‘बोलेको जस्तो र्‍याप’ भन्नेहरू पनि अफर गर्न थालेको उनी बताउछन् ।

 

‍ र्‍यापरको बडि ल्याङ्ग्वइज र लुक्स पनि भिन्न हुनुपर्छ भन्ने मान्यता छ । र्‍यापरले स्टाइलिङ, कपाल पाल्नु, मुन्द्रा लगाउनु, ट्याटु बनाउनु र ब्रासलेट लगाउनु अनिवार्यझै मानिन्छ । किनकी ‍ र्‍यापर नर्मल डान्सर भन्दाभिन्न हुनुपर्छ, भन्ने भनाई र्‍याप बजारमा छ ।

तर, आरजे भट्ट भने झट्ट हेर्दा र्‍यापर जस्ता देखिदैनन् । आरजेले भने, र्‍यापर जस्तो देखिन्छु र ? कपाल लामो छ, अनि दाह्री र चस्मा ।’

 

मुन्द्रा, ट्याटु र ब्रासलेट बिना नै र्‍यापर ‍ बन्न सकिन्छ भनेर देखाउनैको लागि उनले त्यसो गरेका रहेछन् । र, उनले अहिले आफ्नो त्यो मान्यतालाई स्थापित पनि गरेका छन् । डेढ वर्षको अवधिमा दुई दर्जन बढी गीतमा   र्‍याप हानेपछि उनी  अहिले चर्चित बनेका छन् ।

र्‍यापर भएको ढेड वर्ष भएपनि उनी यस अघिदेखि नै गीत, संगीतमा सक्रिय थिए । चार वर्ष अघि ‘जब अरु कोही’ गीतबाट सांगीतिक क्षेत्रमा डेब्यू गरेका भट्ट यअसघिको परिचित नाम भने राजेन्द्र हो ।  जसमा उनको शव्द र संगीत रहेको थियो । अहिले पनि  आरजे ‍ र्‍यापर मात्र नभइ शव्द लेख्छन् भने संगीत पनि भर्छन ।

 

जब उनी र्‍‍यापर बने लाग्यो ‘राजेन्द्र’ नर्मल नाम भयो ‘मिस्टर आरजे’ राख्छु । राजेन्द्रले मिस्टर आरजे जन्माएको उनी बताउछन् ।

 

कञ्चनपुरका दोधारा–चाँदनीका आरजे भट्ट यसअघि त्यहीको एफएममा कार्यरत थिए । त्यतिखेरबाट सांगीतिक क्षेत्रमा रहेका उनी बेलाबेला काठमाडौं आउथे, गीतकै लागि । तर, उनलाई पनि पैसा कमाउनु पर्छ लाग्यो । र, खाडी हानिने भन्दै काठमाडौं आए । ‘काठमाडौंमा ५/६ महिनासम्म भिसा लागेन । यता र्‍यापमा लागे,’ आरजेले भने, ‘संगीत क्षेत्रमै राम्रो हुन थालेपछि खाडी जाने सोच दिमागबाट हटाए ।’


About Author
-मानसखण्ड

सम्बन्धित