४९८ पटक हेरिएको
प्रकाशित: २०७४ जेष्ठ २३ , १९:०७ बजे

छाडा पशुसहित भीमदत्त नगरको कार्यालय घेराउ

Image


महेन्द्रनगर । गोवरिया र ऐठपुरका स्थानीय महिलाले छाडा पशुचौपा व्यस्थापनकाृ माग गर्दै भीमदत्त नगरपालिका कार्यालय घेराउ गरेका छन्।


मंगलबार दिउँसो छाडा पशुचौपाया लिएर आएका महिलालको समूहले नगरपालिकाको कार्यालय घेराउ गरेको हो।
यसअघि पटक पटक पशुचौपाया व्यवस्थापनको माग गरिए पनि कुनै सुनाई नभएपछि घेराउ नै गर्नुपरेको भीमदत्त नगरपालिका ४ गोवरियाका कमला सार्कीले बताइन्।


प्रत्येक वर्ष छाडा चौपायाले अन्नबालीसँगै तरकारी पनि सखाप पार्ने गरेको उनले बताइन्। ‘गहुँबाली ता भित्राउन पाइएन्, धान खेतीमा नोक्सान नगरुन भनेर छाडा चौपायाको व्यवस्थापनको माग गरेका हौं,’ उनले भनिन्।


छाडा चौपायाले खेती सखाप पार्ने भएकाले रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको गोवरियाकी सरिता ठकुराठीले जानकारी दिइन्। भीमदत्त नगरपालिकाले छाडा चौपायाको व्यवस्थापन गर्ने बताउदै आएपनि हालसम्म कुनै पहल नगरेको सुरेश सार्कीले बताए। नगरपालिकाले चाँडो व्यवस्थापन नगरे भीमदत्र नगरपालिकाका सबै महिला एक भएर आन्दोलन समेत गर्ने ऐठपुरका गंगादेवी भट्टले बताइन्।

 

 सार्वजनिक जमिन खोजी चाडै दीर्घकालिन रुप व्यवस्थापन गर्ने पहल गरिरहेको भीमदत्त नगरपालिकाका कार्यकारी अधिकृत रमेश गौतमले बताए । भीमदत्त नगरपालिकामा रहेका गाईगोरुको विवरण निकालेर कुन गाई गोरु कसको होरु भनि पहिचान गरेर व्यवस्थापन गर्ने र गाई धनी पत्ता नलागेका गाईको नगरपालिकाले व्यवस्थापन गर्ने उपाय खोजी रहेको उनले बताए ।

 

छाडा पशुचौपायाले भीमदत्त नगरपालिकासहित राजमार्ग छेउछाउका स्थानीय बासिन्दा हैरान भएका छन्, चौपायाले अन्नबाली समेत सखाप पार्ने गरेका छन्  ।


About Author
-मानसखण्ड