१५५४ पटक हेरिएको
प्रकाशित: २०७४ जेष्ठ २१ , १२:०३ बजे

बझाङमा पनि हिमपहिरो : चार यार्सा संकलक घाइते, दुई गम्भीर

Image


बझाङ  ।  यार्सा संकलन गर्ने क्रममा हिमपहिरोमा परी ४ महिला घाइते भएका छन् ।


यार्सा संकलन गर्ने स्थान माझामा हिमपहिरो गएको स्थानीय पिटर बोहराले जानकारी दिए । उनका अनुसार हिमपहिरोमा परेर काँडा गाउँपालिका–२ धलौनका मागी बोहरा, झन्ती बोहरा, सिर्जना बोहरा र सुनिता बोहरा घाइते भएका हुन् ।


घाइतेमध्ये मागी बोहरा र सिर्जना बोहराको अवस्था चिन्ताजनक रहेको उनले बताए । चारै जनालाई उपचारका लागि जिल्ला अस्पताल सिमखेतमा लगिएको छ । घाइते मागी र सिर्जना आमा छोरी हुन् भने झन्ती र सुनिता नन्दभाउजु हुन् ।


About Author
-मानसखण्ड