२०३ पटक हेरिएको
प्रकाशित: २०७४ जेष्ठ १९ शुक्रबार, ११:३१ बजे

ग्ली एकेडेमी र ब्रोडभिजन लिग चरणमा

Image


धनगढी । डीसीए अन्तर विद्यालय क्रिकेट प्रतियोगितामा क्यास्पीयन एकेडेमी र ब्रोडभिजन स्कूल लिग चरणमा प्रवेश गरेको छ ।


बिहीबार भएका खेलमा विजयी हुँदै दुबै टिम अन्तिम ८ मा प्रवेश गरेका हुन् । हारसँगै क्यास्पीयन एकेडेमी र ज्योति स्कूल भने प्रतियोगिताबाट बाहिरिएका छन् । बिहीबार भएको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको ग्ली एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६ रन बनाएका थिए ।


ग्ली एकेडेमीका लागि रोहन विष्टले २८ र निराजन रानाले १७ रन बनाए । क्यास्पीयन एकेडेमीका रौनक भण्डारीले २ विकेट लिए । १ सय ७ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको क्यास्पीयन एकेडेमीले १६ ओभरमा सबै विकेट गुमाउँदै ८१ रन मात्रै बनाउन सकेको थियो । क्यास्पीयनका प्रकाश पाठक, रौनक भण्डारी र युक्रेन चन्दले समान १४/१४ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । ग्ली एकेडेमीका पदम बोहराले ३, रोहन विष्ट र राजु कुँवरले समान २/२ विकेट लिए । २८ रन र २ विकेट लिएका ग्ली एकेडेमीका रोहन विष्ट ‘म्यान अफ द म्याच’ घोषित भएका थिए ।


दोस्रो खेलमा ब्रोडभिजनले ज्योति स्कूललाई ६ विकेटले पराजित गरेको छ । टस जितेर व्याटिङ गरेको ज्योतिले ९ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर ३८ रन मात्रै बनायो । ज्योतिका १ जना खेलाडीले पनि दोहोरो अंकमा रन बनाउन सकेनन् भने ११ रन अतिरिक्त पाएको थियो । ज्योतिलाई सस्तैमा समेट्ने क्रममा ब्रोडभिजनका थानेश्वर बलायरले २ ओभर ४ बलमा ५ रन दिँदै ४ विकेट लिए भने सन्दीप कार्कीले २ विकेट लिए । ३९ रनको झिनो लक्ष्यसहित मैदान उत्रिएको ब्रोडभिजनले १२ दशमलव ३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । ब्रोडभिजनका थानेश्वर बलायर ‘म्यान अफ द म्याच’ घोषित भए ।   मानसखण्ड


About Author
-मानसखण्ड