२२२ पटक हेरिएको
प्रकाशित: २०७४ जेष्ठ १७ , १४:५२ बजे

डीसीए क्रिकेट : एक्सीस विद्या आश्रम र ग्यालेक्सी स्कूल विजयी

Image


धनगढी । धनगढीमा जारी डीसीए अन्तर विद्यालय क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा एक्सीस विद्या आश्रम र ग्यालेक्सी स्कूल विजयी भएका छन् ।


पहिलो खेलमा पञ्चोदय माविलाई ९ रनले पराजित गर्दै एक्सीस विजयी भएको हो । वर्षाका कारण ती २ विद्यालयबीचको खेल १० ओभरमा खेलाइएको थियो । टस जितरे व्याटिङ गरेको एक्सीसले १० ओभरमा ७ विकेटको क्षतिमा ५९ रन बनायो । एक्सीसका लागि अमित रावतले १६, कविन्द्र शाह र ईश्वर रावतले १५/१५ रन बनाए ।


पञ्चोदयका गोकर्ण जोशीले ३ र महेश चन्दले २ विकेट लिए । ६० रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको पञ्चोदय १० ओभरमा ३ विकेटको क्षतिमा ५० रनमा समेटियो । मंगलबारकै दोस्रो खेलमा सरस्वती माविलाई ८१ रनको फराकिलो अन्तरले पराजित गर्दै ग्यालेक्सी स्कूल विजयी भएको छ ।


टस हारेर व्याटिङको निम्तो पाएको ग्यालेक्सीले निर्धारित १० ओभरमा १ विकेटको क्षतिमा १ सय २१ रन बनायो । ग्यालेक्सीका सौरभ चौधरीले सर्वाधिक ५१ रन बनाए । आयुश शाहले २९ रन बनाए । १ सय २२ रनको लक्ष्यसहित मैदान उत्रिएको सरस्वती मावि मनहेरा १० ओभरमा ९ विकेटको क्षतिमा ४० रनमै समेटियो । ग्यालेक्सीका आशिष शाहले ३, देवेन्द्र बोहरा र आयुश शाहले २/२ विकेट लिए ।


About Author
-मानसखण्ड