१९४ पटक हेरिएको
प्रकाशित: २०७४ जेष्ठ १७ बुधबार, १४:२४ बजे

भलिबलको उपाधि सशस्त्र प्रहरीको पोल्टोमा

Image



डडेल्धुरा । गणतन्त्र दिवसको अवसरमा डडेल्धुरामा आयोजित मैत्रीपूर्ण भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीले हात पारेको छ ।


गणतन्त्र दिवस जिल्ला समारोह समितिद्वारा टुडिखेलमा आयोजित भलिबलको फाइनलमा नेपाल प्रहरीलाई ३–२ ले पराजित गर्दै सशस्त्रले जित हात पारेको हो । वेस्ट अफ फाइवको आधारमा खेलाइएको फाइनल प्रतिस्पर्धामा दुबै टिम कडा मिहिनेतका बीच मैदानमा उत्रिएपनि सशस्त्र प्रहरी सामु चुक्दै नेपाल प्रहरी उपविजेता बन्यो । जिल्ला खेलकुद विकास समितिको टिम यसअघि नै तृतीयको हकदार भइसकेको थियो ।


प्रतियोगिताको समापनमा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः नगद ८ हजार, ५ हजार र ३ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको जिल्ला खेलकुद विकास समिति डडेल्धुराका प्रमुख डम्बरबहादुर भण्डारीले बताए ।

 


About Author
-ध्रुव विष्ट