५१४ पटक हेरिएको
प्रकाशित: २०७४ जेष्ठ १६ , १०:३९ बजे

भेट्रान कपको उपाधि आयोजक अत्तरियालाई

Image

अत्तरिया । अत्तरियामा सञ्चालित पीएफए भेट्रान कप क्रिकेट प्रतियोगिताको उपाधि आयोजक पीएफए स्पोर्टस् क्लब अत्तरियाले हात पारेको छ ।

 

सोमबार भएको फाइनल खेलमा टिम महेन्द्रनगरलाई ७ विकेटले पाखा लगाउँदै अत्तरियाले उपाधिमाथि कब्जा जमाएको हो । उपाधिसँगै अत्तरियाले १ लाख नगद र ट्रफी हात पारेको छ । उपविजेता महेन्द्रनगरले ७५ हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझायो । टस हारेर पहिले व्याटिङको निम्तो पाएको महेन्द्रनगर निर्धारित २० ओभरमा १ सय ३९ रन बनायो । उसका बिक्रम भण्डारीले ५१ बलमा ५५ रन बनाए ।


टिम महेन्द्रनगरका ब्याट्स् म्यान खासै चलेनन् । १ सय ४० रनको लक्ष्यसहि जवाफी ब्याटिङ थालेको अत्तरियाले १८ दशमलव ५ ओभरमा लक्ष्य पूरा ग¥यो । अत्तरियाका ओपनिङ ब्याट्स् म्यान भरत केसी र दानबहादुर क्षेत्रीले शतकको साझेदारी खेले । १३ दशमलव २ ओभरको साझेदारी खेलेका भरत र दानले क्रमशः ५६ र ४१ रन जोडे ।


प्रतियोगितामा बेस्ट ब्याट्स् म्यान बमबहादुर बम, बेस्ट बलर देवराज पनेरु, बेस्ट फिल्डर दीपक राई र म्यान अफ द सिरिज दमन चन्द घोषित भए । उनीहरूले जनही १०–१० हजार नगद प्राप्त गरे । २९ वर्षभन्दा माथि उमेरका खेलाडीले मात्र भाग लिएको प्रतियोगितामा १२ टिम रहेका थिए । प्रतियोगिता जेठ ५ गतेबाट सुरु भएको थियो ।


About Author
-मानसखण्ड