२७१ पटक हेरिएको
प्रकाशित: २०७४ जेष्ठ १६ , १०:३४ बजे

डीसीए अन्तर विद्यालय क्रिकेट : जेसीज र सिद्धार्थ विजयी

Image

धनगढी । डीसीए अन्तर विद्यालय क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबारको खेलमा जेसीस एभरेस्ट र सिद्धार्थ शिशु सदन विजयी भएका छन् ।

 

पहिलो खेलमा जेसीजले शारदा उच्च माविलाई ७ रनले पराजित गरेको हो । टस जितेर व्याटिङ गरेको जेसीजले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय ११ रन बनायो । जेसीजका लागि रमेश बमले २१, जीवन खड्का र दिपेन्द्र भुलले १२÷१२ रन बनाए । जेसीजले ४३ रन अतिरिक्त पाएको थियो ।

 

बलिङमा शारदाका कमल ओलीले ३ र विनोद ठगुन्नाले २ विकेट लिए । १ सय १२ रनको लक्ष्यसहित मैदान उत्रेको शारदा १ सय ४ रनमै समेटिएको हो । शारदाका रमेश चौधरीले ३८ रन बनाउनुबाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । जेसीज एभरेस्ट स्कूलका लागि प्रकाश भट्टराईले ३ विकेट लिए । खेलको ‘म्यान अफ द म्याच’ जीवन खड्का भए ।

 

सोमबारको दोस्रो खेलमा सिद्धार्थले त्रिभुवन उच्च माविलाई २४ रनले पराजित गरेको हो । टस जितेर व्याटिङ गरेको सिद्धार्थले १३ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ६२ रन बनायो । सिद्धार्थका कलेन्द्र बोगटीले अविजित २१ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।


बलिङमा त्रिभूवनका नरेन्द्र चन्दले ४, रोहित तामाङले ३ तथा समीर रानाले २ विकेट लिए । ६३ रनको झिनो लक्ष्यका साथ मैदान उत्रिएको त्रिभूवन ११ दशमलव ३ ओभरमा ३८ रनमा समेटिएको हो । युवराज शाहले ११ रन बनाउन बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । त्रिभुवनलाई सस्तैमा समेट्ने क्रममा सिद्धार्थका रितेश पार्कीले ३, विनोद खत्री र आशिष चन्दले २÷२ विकेट लिए । सिद्धार्थका रितेश पार्की ‘म्यान अफ द म्याच’ घोषित भए ।


About Author
-मानसखण्ड