२३१ पटक हेरिएको
प्रकाशित: २०७४ जेष्ठ १२ , ०९:३१ बजे

महेन्द्रनगरमा सुदूर र मध्यपश्चिमको पहिलो बक्सिङ रिङ

Image

महेन्द्रनगर । महेन्द्रनगरस्थित कबर्ड हलमा रहेको बक्सिङ प्रशिक्षण केन्द्रमा रिङ जडान गर्न थालिएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा क्षेत्र नम्बर ४ का सांसद रमेश लेखकको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट प्रदान गरेको १० लाख रुपैयाँ र जिल्ला बक्सिङ संघ कञ्चनपुरको २ लाख रुपैयाँ लगानीमा बक्सिङ रिङ जडान गर्न थालिएको हो । प्रशिक्षण केन्द्रमा अन्तर्राष्ट्रिय स्तरको बक्सिङ रिङको जडान भइरहेको बक्सिङका प्रशिक्षक डम्बरदत्त भट्टले बताए ।

जिल्ला बक्सिङ संघले साढे ११ लाख रुपैयाँ बराबरको बक्सिङ रिङ र १ लाख बराबरका पञ्जा, म्याड, पञ्चिङ प्याड, पञ्चिङ म्याड, स्कटिङ रोप, पञ्चिङ डम्बियल लगायतका बक्सिङ समाग्री खरिद गरेको भट्टले बताए । बक्सिङ रिङको लम्बाई साढे २६ फिट र चौडाई साढे २६ फिट रहने छ । बक्सिङ रिङ भएसँगै कञ्चनपुरका खेलाडीलाई अभ्यास गर्न सहज हुने अपेक्षा गरिएको छ ।

अहिले केन्द्रमा ३५ जना बक्सिङ सिकिरहेका छन् । २०७१ सालमा नेपाली सेनाको श्रीनम्बर २५ बाहिनी अड्डा भगतपुर ब्यारेकको श्रमदान र स्थानीय दाताको सहयोगमा कबर्डहल परिसरमा ५० लाख रुपैयाँको लगानीमा बक्सिङ प्रशिक्षण केन्द्र निर्माण गरिएको थियो ।


About Author
-मानसखण्ड

सम्बन्धित