५१४ पटक हेरिएको
प्रकाशित: २०७४ जेष्ठ ११ , १०:१३ बजे

भेट्रान क्रिकेट : निर्माण व्यवसायी संघ र सीआइसी विजयी

Image

अत्तरिया । अत्तरियामा जारी भेट्रान कप अन्तर्गत बुधबारको खेलमा निर्माण व्यवसायी संघ धनगढी र सीवाइसी अत्तरिया विजयी भएका छन् ।

पहिलो खेलमा निर्माण व्यवसायी धनगढीले ह्याप्पी क्लब धनगढीलाई ८ विकेटले पराजित ग-यो भने दोस्रो खेलमा सीवाइसी अत्तरियाले एक्स जोन गुलरियालाई ९२ रन अन्तरले पाखा लगाएको हो । टस जितेर व्याटिङ गरेको ह्याप्पी क्लबले १५ ओभर खेल्दै सबै बिकेट गुमाएर ७९ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा आएको निर्माण व्यवसायीले ८ ओभरमै निर्धारित लक्ष्य पूरा गरेको हो । निर्माण व्यवसायीका लागि विनोद बिष्टले ३४ रन बनाए । टिमका लागि गंगाराम ओझाले २७ र हेमराज पन्तले १५ रन जोडे । खेलको ‘म्यान अफ द म्याच’ विनोद विष्ट घोषित भएका छन् ।

बुधबार नै भएको दोस्रो खेलमा सीवाइसी अत्तरियाले एक्स जोन गुलरियालाई हरायो । सीवाइसीका लागि बमबहादुर बमले नट आउट ६० बलमा ८३ रन बनाए । टिमका लागि दिपक राइले ३१ बलमा २७ रन जोडे । सीवाइसी अत्तरियाका लागि केशव भाटले ५ विकेट लिए । खेलमा ८ वटा टिम क्वाटर फाइनलमा पुगेका छन् । जेठ ५ गतेबाट सुरु भएको प्रतियोगितामा बिहीबारदेखि क्वार्टफाइनल चरणका खेल हुने छन् ।


About Author
-मानसखण्ड