२४५ पटक हेरिएको
प्रकाशित: २०७४ जेष्ठ ११ , १०:०५ बजे

ब्याडमिन्टन प्रतियोगितामा कञ्चनपुर तृतीय

Image

महेन्द्रनगर । डीडीसी कप इन्टर स्कूल ओपन ब्याडमिन्टन टुनामेन्ट बुधबार बाँकेमा सम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति बाँकेको आयोजना एवं जिल्ला ब्याडमिन्टन संघ बाँकेको सहकार्यमा जेठ ८ गतेबाट सुरु भएको प्रतियोगिता बुधबार सम्पन्न भएको हो । बुधबार सम्पन्न प्रतियोगितामा यू–१६ गल्र्स सिङ्गलतर्फ सुर्खेतकी सामना भट्टराई प्रथम, बाँकेकी समीक्षा न्यौपाने द्वितीय, कञ्चनपुरकी प्रसुना खत्री र विष्ना विष्ट तृतीय भए ।

यू–१६ ब्याइज सिङ्गलतर्फ कैलालीका देवराज राना प्रथम, कैलालीका अमृत चौधरी द्वितीय, कञ्चनपुरका खगेन्द्र जोरा र कैलालीका रोशन साउँद तृतीय भए । पुरुष सिङ्गलतर्फ बाँकेका ईरफान अन्सारी प्रथम, रियाज अन्सारी द्वितीय, शिव थापा र सहराज अन्सारी तृतीय एवं पुरुष डब्बल्सतर्फ बिलाल वारिस र कुमार शान शाह प्रथम, ईरफान अन्सारी र हरि प्याकुरेल द्वितीय, अभयलाल श्रेष्ठ र मीनबहादुर मल्ल एवं कुमार उप्रेती र दिलबहादुर घर्ती तृतीय भए ।

विजयी खेलाडीलाई प्रमुख जिल्ला अधिकारी रवीलाल पन्थ, जिल्ला समन्वय समितिका संयोजक हरि प्याकुरेल लगायतले प्रमाणपत्र र नगद पुरस्कार वितरण गरे । नगद पुरस्कार स्वरुप प्रथम, द्वितीय र तृतीयले क्रमशः १० हजार, ५ हजार र २ हजार रुपैयाँ पाएका छन् ।

प्रतियोगितामा कञ्चनपुरबाट जिल्ला ब्याडमिन्टन संघका सदस्य राजकिरण जोशी टीम मेनेजरसहित ४ पुरुष र २ महिला खेलाडीले सहभागिता जनाएको संघका पूर्वअध्यक्ष नारायण खत्रीलेले जानकारी दिए । प्रतियोगितामा बाँके, दाङ, सुर्खेत, जाजरकोट, कैलाली र कञ्चनपुरका खेलाडीको सहभागीता रहेको थियो ।


About Author
-मानसखण्ड

सम्बन्धित