१०६ पटक हेरिएको
प्रकाशित: २०७४ जेष्ठ ०५ , ११:३१ बजे

डोटीको शिखरमाजीप दुर्घटना, चालकको मृत्यु

Image

डोटी । शिखर नगरपालिका– ९ उच्चाकोटमा बिहीबार जीप दुर्घटना हुँदा चालकको मुत्यु भएको छ । अर्का १ जना गम्भीर घाइते भएका छन् ।

उच्चाकोटबाट बाण्डुंग्रीसैन जाँदै गरेको ना१ज ३१३५ नम्बरको बोलेरो जीप दुर्घटना हँुँदा चालक छत्र कुँवरको मृत्यु भएको हो । उच्चाकोट स्वास्थ्य चौकी नजिकैको मोडमा भएको दुर्घटनामा कुँवरको घटनास्थलमै मृत्यु भएको शैलेश्वरी यातायात व्यवसायी समितिको दुर्घटना उद्दार उपसमितिका संयोजक केबी माझीले जानकारी दिए । गाडी मालिक समेत रहेका कुँवर शिखर नगरपालिका–७ लाटामाण्डौंका स्थानीय हुन् ।

दुर्घटनामा उच्चाकोट नगरपालिका–४ गरुडीका कृष्ण विक गम्भीर घाइते भएका छन् । गाडी सडकबाट करिब ५ सय मिटर तल खसेको स्थानीय रामचन्द्र न्यौन्यालले टेलिफोनमार्फत् जानकारी दिए ।


About Author
-मानसखण्ड