४७८ पटक हेरिएको
प्रकाशित: २०७४ वैशाख ३१ , ११:१० बजे

ओलिगाउँ क्रिकेटको उपाधि आयोजकको कब्जामा

Image

अछाम । अछामको ओलिगाउँमा सम्पन्न क्रिकेट प्रतियोगिताको उपाधि आयोजक मंगला विकास क्लबले हात पारेको छ ।

शनिबार भएको फाइनल खेलमा ककरसात एकता संघ रिडिकोटलाई २ विकेटले पराजित गर्दै ओलिगाउँ उपाधि जित्न सफल भएको हो । उपाधिसँगै ओलिगाउँले नगद ३६ हजार ६ सय ६६ रुपैयाँ हात पारेको छ भने उपविजेता रिडिकोटले ७ हजारमा चित्त बुझाएको छ । टस हारेर पहिले व्याटिङ्को निम्तो पाएको रिडिकोटले १४ ओभरमा पुरै १० विकेट गुमाएर ७७ रन बनाएको थियो ।

जवाफमा ओलिगाउँले १४ ओभर १ बलमा ८ विकेट गुमाएर जित हासिल गरेको हो । प्रतियोगिता अवधिभर २१ विकेट लिएका आयोजक मंगलाका महेश कँुवर ‘म्यान अफ द सिरिज’ र फाइनल खेलमा ५ विकेट लिएका गौरब खड्का ‘म्यान अफ द म्याच’ घोषित भएका छन् । बैशाख २५ गतेबाट सुरु भएको प्रतियोगितामा जिल्लाका १२ टिमको सहभागिता रहेको थियो ।

क्लबका अध्यक्ष गणेशबहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला खेलकुद विकास समिति अछामका अध्यक्ष छविराज ढुंगाना, कोषाध्यक्ष तपेन्द्रकुमार स्वाँर, कांग्रेसका बहादुरसिंह बिष्ट, एमालेका कलुदेवी रावल, मंगला नेरा माविका अध्यक्ष मीनबहादुर रावलले पुरस्कार वितरण गरेका थिए ।


About Author
-मानसखण्ड