१४१ पटक हेरिएको
प्रकाशित: २०७४ वैशाख ३१ आइतबार, १०:४६ बजे

धनगढीमा इण्डो–नेपाल कराँते प्रतियोगिता हुने

Image

धनगढी । आगामी जेठ १२ र १३ गते धनगढीमा ‘गोपाल–राजु इण्डो–नेपाल कराँते प्रतियोगिता’ आयोजना हुने भएको छ ।

सुदूरपश्चिममा कराँतेका संस्थापक गोपाल खड्का र खेलाडी राजु लामाको स्मृतिमा सुदूरपश्चिमांञ्चल गोजुरियो कराँते दो संघ तथा नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा विभिन्न तौल समूहको ४१ स्वर्ण, ४१ रजत र ८२ कास्य गरी १ सय ६२ पदकका लागि प्रतिस्पर्धा हुने प्रतियोगिताका संयोजक प्रकाश चन्दले जानकारी दिए ।

प्रतियोगिताको अवसरमा सातौं राष्ट्रिय खेकुद प्रतियोगितामा कास्य पदक विजेता खेलाडी गणेश विकलाई नगद १० हजार रुपैयाँ प्रदान गरिने छ । प्रतियोगितामा नेपालका २ सय र भारतका १ सय खेलाडीको सहभागिता रहने अनुुमान गरिएको छ ।


About Author
-मानसखण्ड

सम्बन्धित