५१२ पटक हेरिएको
प्रकाशित: २०७४ वैशाख २९ , १२:२१ बजे

धनाडीको ‘चोटै चोटको जिन्दगी’ सार्वजनिक

Image

धनगढी । लोक दोहोरी गायक राजेन्द्र धनाडीको तेस्रो लोकदोहोरी एल्बम ‘चोटै चोटको जिन्दगी’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

‘चोटै चोटको जिन्दगी’ मा धनाडीकैै लय, शब्द तथा स्वर रहेको छ । उनलाई गायिका सुशीला मल्लले साथ दिएकी छन् । विक्रम चौहानले निर्देशन र बासु बरालले छायाङ्कन गरेकोे म्युजिक भिडियोमा जीवन धनाडी, तपेन्द्र बोहरा र लक्ष्मी देवकोटाको अभियन देख्न पाइन्छ । प्रेम बियोगमा आधारित म्युजिक भिडिया कुसुम रेकर्डिङ स्टुडियो अत्तरियाले रेकर्ड गरेको हो ।

म्युजिक भिडियोलाई वान वे फिल्मस प्रालि काठमाडांैले बजारमा ल्याएको हो । सञ्चारकर्मी समेत रहेका धनाडीले यसअघि ‘मेरै दिलमा छौ’, ‘भेटाइ देउन मेरी मायालु’ नामक लोकदोहोरी गीत बजारमा ल्याइसकेका छन् ।


About Author
-मानसखण्ड

सम्बन्धित