१८९ पटक हेरिएको
प्रकाशित: २०७४ वैशाख २९ , १२:११ बजे

अत्तरियामा भेट्रान कप क्रिकेट प्रतियोगिता हुने

Image

अत्तरिया । कैलालीको अत्तरियामा आगामी जेडमा पीएफए भेट्रान कप क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।

प्ले फर स्पोर्टस् क्लब अत्तरियाको आयोजनामा जेठ ५ गतेदेखि १५ गतेसम्म भेट्रान कप हुने भएको हो । प्रतियोगितामा धनगढी, महेन्द्रनगर, गुलरिया, टीकापुर, लालबोझी, डडेल्धुरा लगायतका १६ टिमको सहभागिता रहने क्लबका अध्यक्ष सन्तोष भट्टले जानकारी दिए । ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नारासहित आयोजना हुन लागेको प्रतियोगिताको विजेताले १ लाख ५१ हजार १ सय ११ रुपैयाँ पाउने छ ।
त्यस्तै, उपविजेताले ७५ हजार ५ सय ५५ तथा वेस्ट ब्याट्स म्यान, वेस्ट बलर, वेस्ट फिल्डर र म्यान अफ द सिरिजले जनही नगद १० हजार रुपैयाँ प्राप्त गर्ने अध्यक्ष भट्टले बताए ।

२० ओभरमा खेलाइने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको प्रतियोगिताका खेल संयोजक प्रेम अवस्थीले जानकारी दिए । प्रतियोगितामा २९ वर्षभन्दा माथिका उमेरका खेलाडीले मात्र सहभागिता जनाउन पाउने जनाइएको छ । प्रतियोगिता अत्तरिया पूर्वरोडमा रहेको सशस्त्र प्रहरी खेल मैदानमा हुनेछ ।


About Author
-मानसखण्ड