२४३ पटक हेरिएको
प्रकाशित: २०७४ वैशाख २६ , ०८:५२ बजे

रुस्लान अत्तरिया कप : फाइनलमा एपीएफ र काठमाडौं भिड्ने

Image

धनगढी । कैलालीको अत्तरियामा जारी रुस्लान अत्तरिया कपको उपाधिका लागि विभागीय टोली सशस्त्र प्रहरी (एपीएफ) को टीमर राइजिङ क्रिकेट वुमन काठमाडौं भिड्ने भएका छन् ।

सोमबार भएको सेमिफाइनलमा एपीएफले कैलाली जिल्ला क्रिकेट एकेडेमीलाई ८२ रनले तथा काठमाडौंले झापा क्रिकेट एकेडेमीलाई ९ रनले किनारा लगाउँदै उपाधिको भिडन्तको भेट पक्का गरेका हुन् । बैशाख २१ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल मंगलबार हुनेछ । प्रतियोगिताको विजेताले नगद २ लाख रुपैयाँ र उपविजेताले नगद २ लाख प्राप्त गर्ने छन् । सोमबार भएको पहिलो सेमिफानलमा कैलाली जिल्ला क्रिकेट एकेडेमीलाई ८२ रनले हराउँदै एपीएफ उपाधि नजिक पुगेको हो ।

अत्तरियास्थित एपीएफको खेल मैदानमा भएको खेलमा टस जितेर पहिले व्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५० रन बनायो । एपीएफका करुणा भण्डारीले ४२ रनको पारी खेलिन् । २९ बलको सामना गर्दै उनले १ छक्का र ६ चौका प्रहार गरिन् ।

यसैगरी, बिनु बुढामगरले २१ र ममता चौधरीले १५ रन जोड्दा दोस्रो विकेटका लागि ज्योति र सरिता मगरले ३२ रनको पारी खेले । त्यस्तै, तेस्रो विकेटका लागि ज्योति र करुणाले ३५ रनको तथा करुणा र ममताले चौथो विकेटका लागि २९ रनको साझेदारी गरिन् । कैलालीका कविता कँुवरले ३ विकेट लिइन् । ४ ओभर बलिङ गरेकी उनले २३ रन खर्चिन् । अञ्जली चन्द र लक्ष्मी साउँदले १–१ विकेट लिए । १ ओभरमा २३ रन दिएकी कैलालीका सुमन विष्टले ४ ओभरमा ४७ रन खर्चिन् ।

प्रतिस्पर्धीेले दिएको १ सय ५१ रनको विजय लक्ष्य पछ्याएको कैलाली ६८ रनमै समेटियो । कैलालीका नितु भण्डारीले १७ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । एपीएफका बिनु बुढामगरले ३ विकेट लिइन् । सरिता मगर र सीता रानामगरले २–२ विकेट लिए भने करुणा भण्डारी र रितु कनौजीयाले १–१ विकेट लिए ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेकी एपीएफकी कप्तान बिनु ‘वुमन अफ द म्याच’ भइन् । उनले नगद ३ हजार हात पारिन् । त्यस्तै, खेलमा १–१ छक्का प्रहार गरेका एपीएफकै करुणा भण्डारी र इन्दू बर्माले पनि जनही नगद ५–५ सय रुपैयाँ प्राप्त गरे । दोस्रो सेमिफाइनल खेलमा टस हारेर व्याटिङको निम्तो पाएको काठमाडौंले २० ओभरमा ३ विकेकोट क्षतिमा १ सय १९ रन बनायो । काठमाडौंका पूजा निभा भाटले सर्वाधिक ४७ रन बनाइन् । साम्पा मुखर्जीले ४२ रनको अविजित पारी खेल्दा सहनाज प्रविणले १७ रन बनाइन् ।

पहिलो विकेटका लागि सहनाज र पूजाले ३३ रनको साझेदारी गरे भने दोस्रो विकेटका लागि पूण्जा र साम्पाले ७२ रनको अर्धशतकीय साझेदारी खेले । झापाका सरस्वती चौधरीले २ र अनुराधा चौधरीले १ विकेट लिइन् । १ सय २० रनको लक्ष्य लिएर मैदान उत्रिएको मिलन क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा १ सय १० रनमै अलआउट भयो ।

कप्तान रुवीना क्षेत्रीले ३९ रनको योगदान गरेपनि आफ्नो टीमलाई जिताउन सकिनन् । टोलीका लागि रितु जैन र मुस्कान वेगमले २१÷२१ रन बनाए । दोस्रो विकेटका लागि रितु र रुविनाबीच ५० रनको साझेदारी समेत भएको थियो । काठमाडौंका पूजा निभा भाटले ४ विकेट झारिन् । ४ ओभर बलिङ गरेकी पूजाले २२ रन खर्चिन् । नेरी थापाले पनि ४ ओभरमा १४ रन खर्चेर ३ विकेट हात पारिन् । काठमाडौंकी पूजाले ‘वुमन अफ द म्याच’ हँुदै नगद ३ हजार हात पारिन् ।


About Author
-मानसखण्ड

सम्बन्धित