३६५ पटक हेरिएको
प्रकाशित: २०७४ वैशाख २४ , १९:३८ बजे

अत्तरिया कपबाट कञ्चनपुर ‘आउट’

Image

अत्तरिया । कञ्चनपुर–११ कैलालीमा जारी रुस्लान अत्तरिया कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ ।

शुक्रबार र शनिबार लगातार दोस्रो पराजयपछि कञ्चनपुर लिग चरणबाट बाहिरिएको हो । अत्तरियास्थित एपीएफ मैदानमा भएको खेलमा मिलन एकेडेमी झापाले कञ्चनपुर–११ लाई २७ रनले किनारा लगाउँदै सेमिफाइनल यात्रा तय गरेको हो । टस जितेर पहिले व्याटिङ गरेको झापाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४६ रन बनायो । झापाका मान्सी चौधरीले सर्वाधिक ४७ रन वनाइन् । ३३ बलको सामना गरेकी उनले ७ चौका प्रहार गरिन् । त्यस्तै, रितु जैन र मुस्कान वेगमले १८ रनको योगदान गरे ।

पाँचौ विकेटका लागि रितु र रोमा थापाले ५८ रनको तथा छैटौं विकेटका लागि रितु र मुस्कानले ४८ रनको पारी खेले । कञ्चनपुरकी डली भट्ले ३, मञ्ञ्जु विष्टले २ र जानकी भटट्ले १ विकेट लिए । १ सय ४७ रनको विजय लक्ष्य पछ्याएको कञ्चनपुर निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय १९ रनमा समेटियो ।

कञ्चनपुरका लागि कविता जोशीले ५२ रनको अर्धशतकीय पारी खेले पनि आफ्नो टीमलाई जिताउन सकिनन् । त्यस्तै, रेखा रावल र बिन्दु रावलले ११/११ रन बनाए । झापाका लागि सवनम राई, संगीता राई, रितु जैन र कविता गौतमले १– १ विकेट लिए । ‘वुमन अफ द म्याच’ हुँदै झापाकी रितु जैनले नगद ३ हजार हात पारिन् ।

यसैगरी, शनिबार नै भएको खेलमा बारा क्रिकेट एकेडेमीलाई १७ रनले पाखा लगाउँदै राइजिङ क्रिकेट वुमन काठमाडांै सेमिफाइनल प्रवेश गरेको छ । लगातारको दोस्रो जित हात पारेको काठमाडौं समूूह ‘बी’ को विजेता बन्दै सेमिफाइन पुुगेको हो । झापा समूूह ‘ए’ का उपविजेता बनेको हो । टस जितेर पहिले व्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा प्रतियोगिताकै सर्वाधिक २ सय ३ रन बनायो ।

काठमाडौंलाई उच्च स्कोरतर्फ डो-याउन बंगलादेशी खेलाडी सहनाज प्रविणले ९८ रनको उच्च स्कोरको पारी खेलिन् । शतक बनाउनबाट २ रनले चुकेकी प्रविणले ६१ बलको सामना गर्दै १६ चौका प्रहार गरिन् । भारतीय खेलाडी साम्पा मुखर्जीले ४८ रन बनाइन् । प्रतियोगितामा अहिलेसम्म १ मात्रै छक्का प्रहार गरेकी मुखर्जीले ७ चौका पनि हानिन् । उनले २९ बलको सामना गरिन् ।

काठमाडौंका लागि नेरी थापाले पनि १२ बलमा ५ चौकाको मद्दतले २८ रन बनाइन् । प्रविण र नेरीले दोस्रो विकेटका लागि ३७ रनको साझेदारी गरे । तेस्रो विकेटका लागि प्रविण र मुखर्जीले १ सय ३ रनको साझेदनरी गरे । बाराकी रबीना विसुन्के र सामना पुनले १–१ विकेट लिए । २ सय ४ रनको विजय लक्ष्य पछ्याएको बारा निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ७३ रनमै समेटियो । बाराका लागि गीता गोसाईले ३७ रनको बनाए पनि अन्य ब्याटस्म्यानले दोहोरो रनमा अंक स्कोर जोड्न सकेनन् । ४ खेलाडी शूून्यमा आउट भए ।

काठमाडौंका शान्ति खतिवडाले ३ तथा अस्मीना कर्माचार्य, नेरी थापा, आरती विडारी र कृति सेनले १–१ विकेट लिए । खेलको वुमन अफ द म्याच हुँदै सहनाज प्रविणले नगद ३ हजार हात पारिन् ।


About Author
-मानसखण्ड