३४८ पटक हेरिएको
प्रकाशित: २०७४ वैशाख २१ , ०९:४८ बजे

यार्साको आयव्यय माग, परिचयपत्र बहिस्कार गर्ने चेतावनी

Image

दार्चुला । यार्सागुम्बा संकलनका लागि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले परिचयपत्र वाफत यार्सा संकलनबाट लिएको रकम सार्वजनिक गर्न माग गरिएको छ ।

राप्लामा गठन भएको उपभोक्ता संरक्षण समितिका पदाधिकारी एवं स्थानीयले गत वर्ष लिइएको रकम सार्वजनिकको माग गर्दै अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । यार्सा संकलनबाट उठेको रकमको ७० प्रतिशत स्थानीय उपभोक्ता समितिको हितमा खर्च गर्नुपर्ने माग गरिएको छ ।

रकम सार्वजनिक नभए यस वर्ष यार्सागुम्बा संलकनका लागि परिचयपत्र नलिने र आपिनाम्पा संरक्षण क्षेत्रका सबै कार्यक्रमहरू बहिष्कार गर्ने स्थानीयले चेतावनी दिएका छन् । गत वर्ष अपिनाम्पा संरक्षण क्षेत्रका स्थानीय संकलकलाई ५ सय, दार्चुला जिल्लाका नागरिकलाई १ हजार र जिल्ला बाहिरका यार्सा संकलकलाई २ हजार रुपैयाँ शूल्क तोकेर परिचयपत्र वितरण गरिएको थियो ।

रकम सार्वजनिक गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी वासुप्रसाद कोइरालाले बताए ।


About Author
-मानसखण्ड