१४९ पटक हेरिएको
प्रकाशित: २०७४ वैशाख २० बुधबार, १०:५० बजे

‘डीपीएलले नेपाली क्रिकेटलाई नै दियो ऐतिहासिक मोड’

Image

धनगढी । देशकै सर्वाधिक धनराशीको धनगढी प्रिमियर लिग (डीपीएल) को आयव्यय सार्वजनिक गरिएको छ ।

आयोजकले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी १ करोड ६७ लाख रुपैयाँ प्रायोजक सहप्रयोजक प्रवद्र्धक लगायतवाट आम्दानी भएकोमा १ करोड ८२ लाख रुपैयाँ खर्च भएको जनाएको छ । गत चैत २७ बाट बैशाख ९ गतेसम्म सञ्चालन भएको डीपीएलले क्रिकेटलाई ऐतिहासिक मोड दिन सफल भएको आयोजकको विश्वास छ । डीपीएलले नेपाली क्रिकेटलाई व्यवसायिकताको मार्गमा डोर्‍याएको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले विश्वास व्यक्त गरे ।

खड्का परिवारलाई सहयोग हस्तान्तरण
सुुदूरपश्चिमको क्रिकेट विकासमा योगदान पुर्‍याएका क्रिकेट प्रशिक्षक स्वर्गीय अर्जुन खड्काको परिवारलाई सहयोग हस्तान्तरण गरिएको छ । डीपीएलको टिकट बिक्रीबाट संकलन भएको रकम र टीम कप्तानले दिएको १ लाख २३ हजार ५ सय ९१ रुपैयाँ स्वर्गीय खड्काकी छोरी कञ्चन खड्कालाई हस्तान्तरण गरिएको हो ।

लिग अवधिभर टिकट बिक्रीबाट संकलन भएको रकमको २० प्रतिशत अर्थात् ९३ हजार ५ सय ९१ र ६ टीमका कप्तानले सहयोग गरेको जनही ५ हजार रुपैयाँ गरी ३० हजार सहयोग गरिएको अध्यक्ष शाहीले बताए । छोराछोरीलाई उच्च शिक्षा अध्ययनमा सहयोग होस् भनेर दिइएको रकम एकेडेमीका अध्यक्ष शाही र एकेडेमीकै निर्देशक महेश शाहले हस्तान्तरण गरेका थिए ।


About Author
-मानसखण्ड

सम्बन्धित