१९५ पटक हेरिएको
प्रकाशित: २०७४ वैशाख १९ , ११:४२ बजे

अत्तरिया कप महिला क्रिकेटको तयारी अन्तिम चरणमा

Image

धनगढी । आगामी बैशाख २१ गतेदेखि अत्तरियामा आयोजना हुने अत्तरिया कप महिला क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

युनाइटेड अत्तरिया स्पोर्टस् क्लबको आयोजनामा हुने प्रतियोगितामा देशका ६ टीमको सहभागिता रहने जनाइएको छ । सोमबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले खेल तालिका समेत सार्वजनिजक गरेको छ ।

समूूह ‘ए’ मा सशस्त्र प्रहरी बलको एपीएफ क्लब, मिलन क्रिकेट एकेडेमी झापा र कञ्चनपुर महिला क्रिकेट टोली रहेको छ । समूह ‘बी’ मा कैलाली जिल्ला क्रिकेट एकेडेमी, राइजिङ क्रिकेट वुमन काठमाडांै र बारा क्रिकेट एकेडेमी रहेका छन् ।

बैशाख २६ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टीम एपीएफ र मिलन क्रिकेट एकेडेमी झापा भिड्ने छन् । उद्घाटन र समापनको दिनबाहेक अन्य दिनमा २ वटा खेल हुने क्लबका अध्यक्ष रवी खनालले जानकारी दिए ।

करिब २५ लाख रुपैयाँ खर्च हुने प्रतियोगिको विजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख रुपैयाँ हात पार्नेछ । प्लेयर अफ दी सिरिजलाई २५ हजार रुपैयाँ, वेस्ट ब्याटिङ पर्फर्मेन्स, वेस्ट बलिङ पर्फर्मेन्स र विकेट किपरलाई समान १० हजार रुपैयाँ प्रदान गरिने अध्यक्ष खनालले बताए । हरेक खेलको प्लेयर अफ दी म्याचले ३ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतियोगिता राउन्ड रोविन लिगका आधारमा खेलाइने छ । लिगपछि समूहका शीर्ष २ टोली सेमीफाइनल पुग्ने छन् । ‘ए’ समूहको विजेताले ‘बी’ समूूहको उपविजेता तथा ‘बी’ समूूहको विजेताले ‘ए’ को उपविजेतासँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने अध्यक्ष खनालले बताए ।


About Author
-मानसखण्ड

सम्बन्धित