९४ पटक हेरिएको
प्रकाशित: २०७४ वैशाख १२ , १०:३५ बजे

चैनपुरमा खानेपानीको हाहाकार, खोलाको धमिलो पानीकै भर

Image

बझाङ । बझाङ सदरमुकाम चैनपुरमा ३ दिनदेखि खानेपानीको समस्या भएको छ ।

चैनपुरमा ३ दिनदेखि खानेपानी नआउदा स्थानीय वासिन्दा बाउली खोला र सेती नदीको धमिलो पानी पिउन बाध्य छन् । चैनपुर खानेपानी उपभोक्ता समितिले भने कुनै चाँसो नदेखाएको स्थानीय धिरेन्द्र बोहराले बताए । जयपृथ्वी नगरपालिका खैराका स्थानीयले पानी बन्द गरी आफ्नो ठाँउमा लगेपछि चैनपुरमा खानेपानीको समस्या भएको चैनपुर खानेपानी उपभोक्ता समितिका अध्यक्ष लोकेन्द्र विष्टले बताए ।

खानेपानीको मुहान खैरामा पर्छ । तर, खैरानाका स्थानीयले समितिलाई जानकारी नै नदिई पानी बन्द गरेको विष्टले बताए । खानेपानी समस्या समाधानका लागि पहल भइरहेको र केही दिनमा नियमित हुने उनले दाबी गरे । धारामा ३ दिनदेखि खानेपानी नआउँदा नदीको धमीलो पानी खानुपरेको स्थानीय भावना स्नेहीले बताइन् ।


About Author
-मानसखण्ड