३०० पटक हेरिएको
प्रकाशित: २०७३ चैत्र ३१ , ०८:३६ बजे

शान्ति र सद्भावका लागि धनगढीमा सांगीतिक साँझ

Image

धनगढी । लोकगायक यज्ञराज उपाध्यायको एकल सांगीतिक साँझ बुधबार धनगढीमा सम्पन्न भएको छ ।

शान्ति र सद्भावका लागि साहित्यिक सांस्कृतिक देशदर्शन अभियानको सहयोगार्थ कार्यक्रम भएको हो । सुदूरपश्चिम साहित्य समाज धनगढीद्वारा आयोजित कार्यक्रमका प्रमुख अतिथि कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल रहेका थिए । विशिष्ट अतिथि वरिष्ठ लोकगायक यज्ञराज उपाध्याय र लोकगायक शंकरसिंह विष्ट रहेका थिए । प्रजिअ रिजालले कला, धर्म र संस्कृतिलाई बचाएर राख्नुपर्ने बताए । सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशीले जेठ १५ गतेदेखि साहित्यिक, सांस्कृतिक देशदर्शन अभियान सुदूरपश्चिमबाट सुरु गरिने बताए ।

सांस्कृतिक स्वाभिमानको लागि देश विदेशका विभिन्न ठाउँमा सुदूरपश्चिमको कला रीतिरिवाज झल्कने गरी अभियान सञ्चालन गरिने उनले बताए । सोही अवसरमा साहित्य तथा लोकदेउडा योगदान पु¥याउने लोकदेउडा गायक शंकरसिंह विष्टलाई २०७२ सालको देवकान्त साहित्य पुरस्कार प्रदान गरिएको छ । विष्टलाई ११ हजार राशीको पुरस्कार प्रदान गरियो ।

त्यस्तै, साहित्यकार गणेशदत्त न्यौपाने ‘कौडिण्य’लाई २०७२ सालको गणेश स्मृति हेमन्ती साहित्य पुरस्कार, समाजसेवी गजेन्द्रबहादुर सिंहले सुदूरपश्चिमाञ्चल साहित्य समाजलाई १ लाख ७५ हजार बराबरको आर्थिक सहयोग गरेवाफत र टीकापुरवासी समाजसेवी मोहनबहादुर रावललाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । कार्यक्रमको सञ्चालन समाजका महासचिव हरिकृष्ण कडायतले गरेका थिए । 


About Author
-मानसखण्ड

सम्बन्धित