३६९ पटक हेरिएको
प्रकाशित: २०७३ चैत्र २८ , ११:५९ बजे

चर्चामा  ‘आउन माया धनगढी घुम्नलाई'

Image

धनगढी । सुदूरपश्चिमका पर्यटकीय क्षेत्रलाई मायापिरतीसँग जोडिएको ‘आउन माया धनगढी घुम्नलाई’ पछिल्लो समयमा चर्चामा आएको छ ।

सिर्जु अधिकारी र हेमराज थापाको स्वरमा रहेको गीतमा धनगढी, शुक्लाफाँटा, दोधारा, खप्तड, सैपाल, अपी, टीकापुर चिसापानी, घोडाघोडी, सेती, उग्रतारा, सिलगढी, मार्तडीको बयान मात्र गरिएको छैन, मायालुलाई घुम्नलाई पनि निम्तो दिइएको छ । जसकारण पनि युवापुस्तामा लोकप्रिय बन्दै गएको हो । ७ दिन मात्र युट्यूबमा सार्वजनिक गरिएको गीतको म्युजिक भिडियो ४३ हजार बढीले हेरिसकेका छन् ।

मौसम विसी र योगेन्द्र विक्रम शाहीको ‘आउ न माया धनगढी घुम्नलाई’ युवापुस्तालाई लक्षित छ । भानुभक्त आचार्य र लोक सिंहको शब्द रहेको गीतमा केशव बडुको एरेन्ज रहेको छ । कृष्ण रोकाया र महिमा कुस्मीको अभिनय रहेको भिडियोलाई जी स्माइलले छायाङ्कन गरेको हो । म्युजिक भिडियाको निर्देशन विकास चौधरीले गरेका छन् । विजय तिखावरीको सम्पादन रहेको म्युजिक भिडियोलाई रक्षा म्युजिक प्रालिले बजारमा ल्याएको छ ।


About Author
-मानसखण्ड