अछाम

अछाममा ५ हजार ५ सय बढी मतदाता थप

Image
-२०७४ श्रावण २६ बिहीबार

स्थानीय तहको दोस्रो चरणको निर्वाचनपछि साउन १ गतेबाट सुरु भएको नामावली संकलन कार्यमा जिल्लाभरिमा ५ हजार ५ सय ३३ जनाको फोटो सहितको मतदाता नामावलीमा नाम तथा औंठाछाप संकलन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

-  टेकराज भण्डारी

ग्रामीण क्षेत्रमा नागरिकता बनाउनेको घुइँचो

Image
-२०७४ श्रावण २६ बिहीबार

ग्रामीण क्षेत्रमा जनताको घरदैलोमै नागरिकता वितरण गर्ने अभियान अन्तर्गत जिल्लाका विभिन्न ठाउँमा सञ्चालित घुम्ती शिविरमा नागरिकता बनाउनेको संख्या उल्लेख्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

-मानसखण्ड

कार्यालय नहुँदा काम गर्न समस्या

Image
-२०७४ श्रावण २६ बिहीबार

कार्यालय नहुँदा आफूलाई काम गर्न निकै समस्या भइरहेको मंगलसेन नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष जनकराज भण्डारीको गुनासो छ । ‘जनताले काम गर्नका लागि जिताएका हुन्,’ उनले भने, ‘जनताको सेवाका लागि आतुर भएपनि कार्यालय र कर्मचारी नहुँदा समस्या छ ।

-विष्णुप्रसाद भण्डारी

जिसस अछामको अध्यक्षमा कांग्रेस नेता कुँवर निर्विरोध

Image
-२०७४ श्रावण २६ बिहीबार

नेकपा एमाले लगायत अन्य कुनै पनि दलले मनोनयन दर्ता नगरेपछि नेपाली कांग्रेस–माओवादी गठबन्धनको ९ सदस्यीय समिति निर्विरोध चयन भएको हो । अध्यक्षमा निर्विरोध भएका कुँवर साँफेबगर नगरपालिका–३ का निर्वाचित वडा सदस्य हुन् ।

-विष्णुप्रसाद भण्डारी

आयोगले काम नथाल्दै अछाममा विरोध

Image
-२०७४ श्रावण २६ बिहीबार

कमलजबार नगरपालिकाको बैठकले जिल्लाको कमलजबार नगरपालिका, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकालाई एउटै निर्वाचन क्षेत्र बनाउन माग गर्दै माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएको छ ।

-विष्णुप्रसाद भण्डारी

अछाम कांग्रेसमा टुटफुट, उपसभापतिद्वारा राजीनामा

Image
-२०७४ श्रावण २६ बिहीबार

चुनावमा असहयोग गरेकालाई पार्टीले जिल्ला समन्वय समिति अध्यक्षमा सिफारिस गरेको भन्दै नेपाली कांग्रेस अछामका उपसभापति चन्द्रप्रसाद ढुुंगानाले पदबाट राजीनामा दिएका छन् । 

-विष्णुप्रसाद भण्डारी

असार सकिएपनि बैंकको भीडभाड कायमै

Image
-२०७४ श्रावण २६ बिहीबार

असार मसान्तमा बढी आर्थिक कारोबार हुने भएकाले भीडभाडलाई सामान्य मानिएपनि साउन तेस्रो हप्ता सुरु भइसक्दा समेत बैंकको भीड हटेको छैन । एउटै बैंकले असारमै सेवा दिन नसकेका कारण भीडभाड कायमै रहेको सेवाग्राहीले बताएका छन् । 

-मानसखण्ड

सांसद रावलद्वारा भटाकाँटिया स्वास्थ्य चौकीलाई एम्बुलेन्स

Image
-२०७४ श्रावण २६ बिहीबार

सांसद रावलले सांसद विकास कोषको रकमबाट खरिद गरेको एम्बुलेन्स स्वास्थ्य चौकीलाई उपलब्ध गराउने भएकी हुन् । दुर्गम ठाउँका बिरामीलाई उपचारमा सहजता होस् भने एम्बुलेन्स प्रदान गरिन लागिएको उनले बताइन् ।

-  टेकराज भण्डारी

अछाममा ट्राफिक कारवाहीबाट ७ लाख राजस्व

Image
-२०७४ श्रावण २६ बिहीबार

 अछाममा ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारबाही गरी करिब ७ लाख राजस्व संकलन गरेको छ ।ट्राफिक नियमको उल्लंघन गर्ने विभिन्न सवारी कारबाहीबाट आर्थिक वर्ष २०७३/७४ मा ६ लाख ९८ हजार ५ सय राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

-खेम भण्डारी

मध्यपहाडी लोकमार्गको काम तीव्र

Image
-२०७४ श्रावण २६ बिहीबार

मध्यपहाडी लोकमार्ग अन्तर्गत अछामको मंगलसेन, ठूलासैन ठाँटिखाद सडकखण्डमा वर्षाको समयमा पनि काम भइरहेको छ । वर्षाको समयमा विभिन्न ठाउँमा पहिरो खसेर अवरुद्धको अवस्था सिर्जना हुँदा पनि डोजरले माटो पन्छाएर काम भइरहेको हो 

-  टेकराज भण्डारी

चौरपाटीमा एमाले उम्मेदवारका पक्षमा फैसला

Image
-२०७४ श्रावण २६ बिहीबार

चौरपाटी गाउँपालिका–२ निवासी नेपाली कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार भीमबहादुर साउँदले गाउँपालिकाको पुनः मतगणना गरी पाउँ भनी उच्च अदालत दिपायलमा दायर गरेको मुद्दाको फैसला गर्दै उच्च अदालतले एमाले उम्मेदवार साउँदलाई विजयी घोषणा गरेको हो । 

-  टेकराज भण्डारी

मंगलसैन–कमलबजारको सवारी भाडा मनपरी

Image
-२०७४ श्रावण २६ बिहीबार

असार २२ गतेदेखि अछाम सार्वजनिक यातायात समितिले नियमित जीप सञ्चालन नगरी जीप चालकले मनोमानी भाडा असुल गरिरहेका छन् । वर्षाका कारण सडकमा खराबी आएको भन्दै समितिले जीप सञ्चालन नगरेको तर, जीप सञ्चालकले चर्को भाडा असुल गर्ने गरेको पाइएको हो ।

-  टेकराज भण्डारी

अछाममा आत्महत्या गर्नेको संख्या बढ्दै

Image
-२०७४ श्रावण २६ बिहीबार

झुण्डिएर, विष खाएर आत्महत्या गर्नेको संख्यामा वृद्धि भइरहेको पाइएको हो । आर्थिक वर्ष २०७३/७४ मा अछाममा २१ आत्महत्याका घटना भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी निरञ्जनदत्त भट्टले जानकारी दिए । 

-  टेकराज भण्डारी

मेडिकल अधिकृत पौडेलको बिदाई

Image
-२०७४ श्रावण २६ बिहीबार

जिल्ला स्वास्थ्य प्रमुख डा. शरदचन्द्र बरालको अध्यक्षतामा बिदाइ कार्यक्रम भएको हो । डा. बरालले हालसम्म अछाममा रहेर इमान्दारिपूर्वक बिरामीको सेवा गरेकोमा डा. पौडेलप्रति धन्यवाद ज्ञापन गरे । डा. पौडेलले आफू जहाँ भएपनि अछामप्रतिको सद्भाव सदैव रहिरहने बताए ।

-मानसखण्ड

अछाममा १ वर्षमा ५७ मुद्दा दर्ता

Image
-२०७४ श्रावण २६ बिहीबार

आर्थिक वर्ष २०७३/७४ मा ५७ मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय अछामले आईतबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । अछाममा सबैभन्दा बढी आत्महत्याका २१ मुद्दा रहेका छन् । सार्वजनिक अपराध र बहुविवाहका १/१ मुद्दा रहेको प्रहरी नायब उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिए ।

-  टेकराज भण्डारी

पहिरोले १८ घर जोखिममा

Image
-२०७४ श्रावण २६ बिहीबार

 अविरल वर्षाका कारण वस्तीमा पहिरो आएपछि  शाखावस्ती टोलमा १८ घर जोखिममा परेका छन् ।  । वस्ती माथिबाट सडक काटिएको र सडकको २ वटा मोडबाट पहिरो खस्न थालेपछि१८ घर जोखिममा परेका स्थानीय जनकबहादुर शाहले बताए ।

-  टेकराज भण्डारी

वाणिज्य बैंकमा सेवाग्राहीको भीड

Image
-२०७४ श्रावण २६ बिहीबार

मंगलसैनमा रहेको राष्ट्रीय वाणिज्य बैंकमा १ हप्तादेखि सेवाग्राहीको भीड लागिरहेको छ । असार मसान्त हुनै लाग्दा वाणिज्य बैंकको शाखामा विभिन्न सरकारी, गैरसरकारी कार्यालयका कर्मचारी, उपभोक्ता समितिका पदाधिकारी तथा निर्माण व्यवसायीको भीड लाग्ने गरेको हो ।

-  टेकराज भण्डारी

अछाम क्याम्पसलाई नमूना बनाउने मेयर बोहराको घोषणा

Image
-२०७४ श्रावण २६ बिहीबार

अछाम बहुमुखी क्याम्पसले मंगलसेनबाट निर्वाचित प्रमुख, उपप्रमुख र वडाध्यक्षलाई गरेको स्वागत तथा बधाई कार्यक्रममा मेयर बोहराले शिक्षा क्षेत्रको लामो अनुभव भएकाले शिक्षाको गुणस्तर वृद्धिका लागि लाग्ने बताए । शैक्षिक क्षेत्र सबैको साझा भएकाले सबैमा अपनत्वको भावना हुनुपर्ने उनको भनाई छ ।

-  टेकराज भण्डारी

लगातारको वर्षाले अछामको जनजीवन प्रभावित

Image
-२०७४ श्रावण २६ बिहीबार

लगातारको वर्षाले अछाम जिल्लाको जनजीवन प्रभावित भएको छ । विगत ४ दिनदेखि वर्षा भइरहेको हो । वर्षाका कारण दैनिक कामकाज गर्न प्रभावित भएको छ भने आवतजावत गर्न समेत समस्या हुने गरेको छ । 

-मानसखण्ड

गाउँ र नगर कार्यपालिका चयन हुँदै

Image
-२०७४ श्रावण २६ बिहीबार

स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै अछाममा गाउँ तथा नगर कार्यपालिका गठनको तयारी हुन थालेको छ । जिल्लाका १० स्थानीय तहमा गाउँ कार्यपालिका तथा नगर कार्यपालिका गठनका लागि चुनावी कार्यक्रम सुरु भइरहेको छ ।

-मानसखण्ड

जिल्ला समन्वय समितिको प्रमुखका लागि कांग्रेसभित्र चर्चा

Image
-२०७४ श्रावण २६ बिहीबार

अछामका १० स्थानीय तहमध्ये ५ स्थानमा प्रमुख र २ स्थानमा उपप्रमुख जितेर जिल्लाको पहिलो पार्टी बनेको नेपाली कांग्रेसभित्र जिल्ला समन्वय समिति (जिसस) प्रमुख को बन्ने भन्ने चर्चा सुरु भएको छ ।

-मानसखण्ड

वर्षाले ग्रामीण सडक अवरुद्ध

Image
-२०७४ श्रावण २६ बिहीबार

सदरमुकाम मंगलसैनबाट सुवाखाँद, कमलबजार, ढकारी, विनायक, जुपु, साँफेबगरबाट चौरपार्टी, पायल, लुंग्रा, नन्देगडा, मेल्लेख, सिउडी, रामारोशन मुजाबगर लगायतका ठाउँमा सडक वर्षाले अवरुद्ध बनेका छन् ।

-  टेकराज भण्डारी

अछाममा ८६ प्रतिशत रोपाइँ

Image
-२०७४ श्रावण २६ बिहीबार

अछाममा धानखेती हुने क्षेत्रमध्ये ८६ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको हो । बुढीगंगा, कैलास खोला र चाईराखोला किनारका अधिकांश खेतमा रोपाइँ सकिएको छ, भने आकासे पानीको भरमा रोपाइँ हुने क्षेत्रमा बाँकी रहेको छ ।

-मानसखण्ड

भीम रावलको गृहनगर साफेबगरमा एमाले विजयी

Image
-२०७४ श्रावण २६ बिहीबार

 १० स्थानीय तह रहेको अछाममा नेपाली कांग्रेस पहिलो बनेको छ । सोमबार अन्तिम मतपरिणाम सार्वजनिक भएकोमा कांग्रेस २ नगरपालिका र ३ गाउँपालिका, एमाले २ नगरपालिका र १ गाउँपालिका तथा माओवादी केन्द्र २ गाउँपालिकामा विजयी भएको हो ।

-मानसखण्ड

अछाममा मतगणना जारी,कमलबजारमा नेपाली कांग्रेस विजयी

Image
-२०७४ श्रावण २६ बिहीबार

दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्र्तगत अछामका स्थानीय तहको मतगणना जारी रहेको छ । कमलबजार नगरपालिकामा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार ओम प्रकाश बिष्ट ३ सय १० मत बढीले विजयी भएका छन् ।

-मानसखण्ड