बाजुरा

साँफे–मार्तडी राजमार्ग सञ्चालन

Image
-२०७५ आषाढ २०

आइतबारदेखि परेको वर्षापछि पहिरोले बाटो अवरुद्ध भएको थियो । ठाउँठाउँमा पहिरो गएका कारण करीब २७ किलोमिटर सडक अवरुद्ध बनेको थियो ।

-रासस

बाजुरा जीप दुर्घटना :  मृत्यु हुनेको संख्या तीन पुग्यो

Image
-२०७५ आषाढ २०

बाजुराको त्रिवेणी नगरपालिका–४पिपलसैनमा बुधबार राति भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुर्घटनामा परी सोही नगरपालिका–१ का वडा अध्यक्ष र स्थानीय महिलाको घटनास्थलमै मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए ।

-मानसखण्ड

एक सातादेखि टेलिफोन सेवा अवरुद्ध

Image
-२०७५ आषाढ २०

बाजुराको उत्तरी भेगमा रहेका चार स्थानीय तहका साबिकका ११ गाविसका लागि निर्माण गरिएको नेपाल टेलिकमको टावर एक सातादेखि बिग्रीदाँ टेलिफोन सेवा अवरुद्ध भइ सेवाग्राही मर्कामा परेका छन् ।

-रासस

मृत्यु भएका र कतार गएका मतदाताको मत कसरी खस्यो ?

Image
-२०७५ आषाढ २०

सायलमा ९ सय २० मतदाता संख्यामा ९ सय १२ मत खसेका छन् । १७ जना सरकारी कर्मचारी छन्, ती सबै निर्वाचनमा खटिएका छन् । कतिपय विदेश छन् भने केही मरेका छन् । मरेका–जिउदा सबैको नाममा केही व्यक्तिले एकलौटी मतदान गरेको स्थानीय मतदाताले बताएका छन् । एउटै बुथमा यस्तो भएको बेला जिल्लाका १ सय मतदान केन्द्रबाट कति फर्जी मत खसे होलान् ? अनुमान गर्न सकिन्छ ।

गौमुल गाउँपालिकाको बजेट २२ करोड

Image
-२०७५ आषाढ २०

 बाजुराको गौमुल गाउँपालिकाले नागरिकता र मार्कसिट धितो राखी युवालाई ऋण उपलब्ध गराउने  निर्णय गरेको छ ।   गाउँपालिकाले गाउँसभाबाट आफ्नै व्यवसाय आफैँ रोजगार कार्यक्रम अर्थात् युवा स्वरोजगार कार्यक्रमका लागि ९० लाख  विनियोजन गरेको छ । 

-रासस

सात वर्षसम्म पनि बनेन पुल

Image
-२०७५ आषाढ २०

पुल निर्माणका लागि जिम्मा लिएको राजेन्द्र ठेगिम कम्पनीले तीन वर्षभित्र निर्माण गर्ने गरी सम्झौता गरेको भए पनि अहिलेसम्म पुल निर्माण हुन सकेको छैन ।पुल निर्माण नहुँदा गुइगाड खोलाको बाटोमा साना तथा ठूला सवारी साधन र मानिसलाई आवतजावत गर्न कठिन भएको छ ।

-रासस

बाजुरामा भूकम्प महसुस

Image
-२०७५ आषाढ २०

 बाजुरामा भूकम्पको धक्का महसुस भएको छ । छिमेकी जिल्ला बझाङ केन्द्रविन्दु बनाएर सोमबार राति १२ः५० बजे ४.९ रिक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र, काठमाडौंले जनाएको छ ।

-रासस

वडाध्यक्षको शव घर पुर्‍याउन हेलिकप्टरको प्रयोग

Image
-२०७५ आषाढ २०

लेक लागेर ३ दिनअघि मृत्य भएका रामबहादुर बोहराको शव मंगलवार घर पुर्‍याइएको हो । मंगलबार बिहान ७ बजेतिर समरजीति गुल्म थापाथलीबाट उडेको नेपाली आर्मीको हेलिकप्टरले बोहरोको शव तथा उनका कुरुवाको सकुसल उद्दार गरेको छ ।

मौसम खराबीले हेलिकप्टर अवतरण भएन

Image
-२०७५ आषाढ २०

मृतकको शव गृह जिल्ला लिनका लागि आएको हेलिकप्टर मौसम खराबीका कारण घटनास्थलतर्फ जान नसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दलबहादुर बोगटीले बताए ।

-रासस

अरिङ्गालको टोकाइबाट बालकको मृत्यु

Image
-२०७५ आषाढ २०

मृत्यु हुनेमा सोही वडाका कर नेपालीका १३ वर्षीय छोरा रोशन नेपाली रहेको स्थानीयवासी देवराज पाध्यायले बताए । आइतबार घर नजिकैको वनमा गाईगोरु चराउन गएका बेला अरिङ्गालले टोकेपछि घरेलु उपचारका क्रम स्वास्थ्य संस्था लैजान नपाउँदै मृत्यु भएको पाध्यायले जानकारी दिए ।

-रासस

तीर्थयात्रीको मृत्यु

Image
-२०७५ आषाढ २०

बडिमालिकाको दर्शन गरी त्रिवेणीधाममा आफ्ना पितृको अस्तु सेलाएर घर फर्कने क्रममा बीच बाटोमा शुक्रबार एक तीर्थयात्रीको मृत्यु भएको छ । 

-रासस

अनाथ बालबालिकाले पाए पुरै परिवारको साथ

Image
-२०७५ आषाढ २०

बाजुरा बूढीगंगा नगरपालिका साविकको ब्रह्मतोला गाविस–१ मा काका बहादुर थापा र भतिज गणेश थापाको परिवारले विगत ३ वर्षदेखि अनाथ बालबालिकाको स्याहार गर्दैआएका छन् । उनीहरुलाई खान, बस्नदेखि शिक्षा, स्वास्थ्यमा थापा परिवारले सहयोग पुर्‍याएको छ । 

-रासस

पत्रकार मल्लमाथिको झुटा मुद्दा खारेज गर्न माग

Image
-२०७५ आषाढ २०

युनियनका महासचिव अजयबाबु शिवाकोटीले आइतबार विज्ञप्ति जारी गरी राजनीतिक प्रतिशोध साँधी नेकपा एमालेका कार्यर्ताकले झुठा मुद्दा दायर गरी प्रहरीलाई नियन्त्रणमा लिन लगाएको तथा तीन साताअघि छेडेदह गाउँपालिकाबाट समाचार संकलन गरी सदरमुकाम मार्तडी फर्कने क्रममा उनीमाथि आक्रमण भएको आरोप लगाइएको छ ।

-रासस

जुड्डी खोलाबाट २ सय किलोवाट विद्युत् उत्पादन

Image
-२०७५ आषाढ २०

झरो, दियालो र टुक्कीको भरमा रात काट्दै आएका बाजुरावासीले गोत्रीमा रहेको जुड्डीखोला पावरहाउसबाट २ सय किलोवाट विद्युत् उत्पादन भएपछि अब उज्यालो पाउने आश गरेका छन् । 

साफे–मार्तडी सडकखण्ड अवरुद्ध, जमिन धासिँदा १५ पसल खाली

Image
-२०७५ आषाढ २०

साफे–मार्तडी सडकखण्ड अन्तर्गत पर्ने बाजुराको बुढीगंगा नगरपालिका–६ बम्का बजारमा रहेका १५ पसल खाली गरिएको छ । बम्का बजारमा सडकको छेउमा सञ्चालित पसल आईतबार राति परेको अविरल वर्षाका कारण जमिन धासिएर पसल बाङ्गो भएपछि पसल खाली गरिएको डीएसपी दलबहादुर बोगटीले बताए । 

-मानसखण्ड

चौरपाटीका अध्यक्षलाई तत्काल काम नगर्न अन्तरिम आदेश

Image
-२०७५ आषाढ २०

उच्च अदालतले अछामको चौरपाटी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष हर्कबहादुर साउँदलाई तत्कालका लागि अध्यक्षको हैसियतले कुनै पनि काम नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको छ ।

-मानसखण्ड

पहिरो जाँदा साफे–मार्तडी सडकखण्ड अवरुद्ध

Image
-२०७५ आषाढ २०

मंगलवार रातिबाट खसेको पहिरोे बिहीबारसम्म व्यवस्थापन नहुँदा सदरमुकाम मार्तडी आउने यातायातका साधन बल्देमा थन्किएको यात्री दिपक साउँदले बताए । सडक अवरुद्ध हुँदा यात्रुले पैदल यात्रा गरेरै गन्तव्यसम्म पुग्नुपर्ने बाध्यता रहेको उनले बताए ।

नवनिर्वाचित मेयरको प्रतिवद्धता, सडक सञ्जाल र नीति निर्माण प्राथमिकतामा

Image
-२०७५ आषाढ २०

अबको एजेण्डा आर्थिक, सामाजिक र समृिद्ध रहेको चर्चा गर्दै बडुवालले भौतिक पूर्वाधार विकासमा जोड दिए । ‘राजनीतिले नीति बनाउँछ । नीतिले नगर चल्छ । त्यसैले हामी स्थानीय तहको कानुन बनाउँदैछौं, कानुन अनुसार नगरपालिका चल्ने छ,’  नवनिर्वाचित मेयर पदम बडुवाल ।

कमलबजार नगरपालिकामा कांग्रेस अगाडी

Image
-२०७५ आषाढ २०

अछामको कमलबजार नगरपालीका मत परिणाम सार्वजनिक भएको छ । प्रारम्भिक मतपरिणाम अनुसार नेपाली कांग्रेसका मेयर पदका उम्मेद्धवार ओम प्रकाश बिष्टले ११७ नेकपा एमालेका दिपक अधिकारीले ६० र माओवादी केन्द्रका रण बहादुर विष्टले १४ मत प्राप्त गरेका छन्छ । 

-मानसखण्ड

कांग्रेस उम्मेदवारको घरमा बम, सेनाद्वारा निष्क्रिय

Image
-२०७५ आषाढ २०

कांग्रेसबाट बाजुराको बुढीनन्दा नगरपालिकाका मेयरका उम्मेदवार गिरीको घरको गेटमा प्लास्टिकले बेरेर राखिएको अवस्थामा २ वटा बम भेटिएका हुन् । बम नेपाली सेनाले डिस्पोज (निष्क्रिय) पारेको प्रहरी निरीक्षक राजकुमार भट्टले जानकारी दिए ।

सुत्केरीको ज्यान बचाउन डाक्टरद्वारा हेलिकोप्टर चार्टर

Image
-२०७५ आषाढ २०

जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डा. रुपचन्द्र विश्वकर्माले हेलिकोप्टर चार्टर गराएर सुत्केरीको ज्यान बचाएका छन् ।डा. विश्कर्माले हेलिकोप्टर प्रयोग गरेर सुत्करी व्यथाले च्यापेकी पाण्डवगुफा गाउँपालिका–३ की फुलटुक्का ढोलीको ज्यान बचाएका हुन् ।

खानेपानीको ट्यांकीमा डुबेर बालिकाको मृत्यु

Image
-२०७५ आषाढ २०

बृहत् खानेपानीको ट्यांकीमा डुबेर बडिमालिका नगरपालिका वडा नम्बर ८ का डम्मर रावलकी ७ वर्षीया छोरी सपनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सुदाम रावलले बताए ।

गर्भवतीको ज्यान जोखिममा, स्वास्थ्य मन्त्रालयले हेलिकप्टर पठाएन

Image
-२०७५ आषाढ २०

स्वास्थ्य मन्त्रालय र क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा खबर गर्दा हेलिकप्टर प्रयोग गर्न बजेट नभएको जनाएकाले फुलटुक्काको ज्यान जोखिममा रहेको बताइएको छ । सुत्केरीको ज्यान बचाउनका लागि मन्त्रालयका सचिवसँग हेलिकप्टर उडानका लागि सम्पर्क भइरहेको डा विश्वकर्माले बताए ।

-रासस