बझाङ

सुदूरका उद्यमीको कालंगा दुई वर्षमा पूरा हुने

Image
-२०७५ श्रावण १७

बझाङको सानिगाड र कालंगा जल विद्युत आयोजनाको निर्माण कार्य तीव्र रुपका अगाडी बढेको छ । स्थानीय अगुवा बिरेन्द्रबहादुर मल्लको चम्किलो बझाङ् बनाउने लक्ष्यका साथ निर्माण भईरहेको उक्त जलविद्युत आयोजनाको ४० प्रतिशत निर्माण कार्य सम्पन्न भएको जनाईएको छ ।

-मानसखण्ड

जयपृथ्वी नगरपालिकामा स्वच्छता प्राथमिकतामा, ४० करोड बजेट पारित

Image
-२०७५ श्रावण १७

नगरका मेयर विरेन्द्र खड्काले प्रस्तूत गरेको कार्यक्रममा नगर भित्रको पर्यटन, शिक्षा, स्वास्थ्य, आयआर्जन र सीप विकासमा जोड दिएको छ । नगरपालिकालाई मध्यपान धुम्रपान न्यूनिकरण गर्ने पनि लक्ष्य रहेको मेयर विरेन्द्र खड्काले जानकारी दिए ।

बझाङमा खुला भलिबल प्रतियोगिता हुने

Image
-२०७५ श्रावण १७

बझाङको प्रशिद्ध मेला शिलदेवीको अवसर पारी बझाङ उद्योग वाणिज्य संघले महिला पुरुष खुला भलिबल प्रतियोगिता र डेउडा प्रतियोगिता गर्ने भएको छ ।

चिरबित्थड गाउँपालिकामा खानेपानीको समस्या

Image
-२०७५ श्रावण १७

पुर्खौदेखि चिरबित्थड गाउँपालिका–५ को तल्ला भताडाका स्थानीय वासिन्दा कुवाको धमिलो फोहोर पानी पिउन बाध्य भएको स्थानीयवासी मञ्जु महरले बताइन् । गाउँमा खानेपानीको धारा नहुँदा ३०/३५ परिवार गाउँ नजिकै रहेको बुढीतोलाको धमिलो पानी पिउन बाध्य भएका हुन् ।

खापेश्वर विद्यालयको शौचालय प्रयोग विहीन

Image
-२०७५ श्रावण १७

लाखौको लगानीमा निर्माण गरिएको शौचालय प्रयोग विहीन अवस्थामा रहेको स्थानिय बिक्रम सिंहले बताए । शिक्षक र  विद्यार्थी (छात्र/छात्रा) को लागि अलग/अलग शौचालय निमार्ण गरेको एक वर्ष पुग्दा समेत प्रयोग नगरिएको उनले बताए ।

४५ किलो चरेस सहित २ जना पक्राउ

Image
-२०७५ श्रावण १७

भाँडेबजार नजिकैको तारुगाड लद्युजलविद्युत आयोजनाको निर्माणधिन पावर हाउसको भवनमा लुकाएर राखेको अवस्था ४५ किलो चरेस र नगद ४७ हजार सहित २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरिक्षक ऋषिराम कडेलले बताए ।

बझाङमा यार्साबाट ८० लाख ७५ हजार राजस्व संकलन

Image
-२०७५ श्रावण १७

जिल्ला वन कार्यालय बझाङले यार्साबाट ८० लाख ७५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७४/०७५ को १८ गतेसम्म ३ सय २३ किलो यार्सा निर्यात भएको जिल्ला वन कार्यालयका नायव सुब्बा गजाधर जोशीले बताए ।

बझाङमा नयाँ डीएसपी आएपछि अवैध मदिरा बरामद

Image
-२०७५ श्रावण १७

सदरमुकाम चैनपुरका होटल तथा पसलबाट दैनिक रुपमा बिक्री हुने गरेको अवैध मदिरा पूर्णरुपमा बन्द गर्ने भन्दै प्रहरी प्रमुख ऋषिराम कडेलको नेतृत्वमा खटिएको प्रहरी टोलीले बुधबार सदरमुकाम चैनपुरका होटल तथा पसलमा छापा मारेको हो । 

बुङ्गलका पर्यटकीय स्थल ओझेलमा

Image
-२०७५ श्रावण १७

बझाङको बुङ्गल क्षेत्रका पर्यटकीय स्थल प्रचारप्रसारको अभावले ओझेलमा परेका छन् ।जिल्ला सदरमुकामबाट टाढा र यातायातको पहुँच नहुँदा पर्यटकीय स्थलहरू ओझेलमा परेका हुन् ।

जँड्याहाबाट असुलिएको जरिवानाबाट स्कूललाई भवन

Image
-२०७५ श्रावण १७

। मदिरा खाएर होहल्ला गर्नेबाट स्थानीयले जरिवानावाफत १६ लाख ४० हजार ५ सय रुपैयाँ संकलन गरेका हुन् । जरिवानाबाट आएको रकमले विद्यालयको पक्की भवन, चौतारो र मन्दिर निर्माण गरिसकेको दौलिचौर मदिरा नियन्त्रण समितिका अध्यक्ष गोरखबहादुर बोहराले बताए ।

 

बाढीले खेत बगाएपछि हातमा जमिन बिनाको लालपूर्जा

Image
-२०७५ श्रावण १७

कृषि र पशुपालनलाई मुख्य पेशा बनाउँदै आएका स्थानीय वासिन्दा अहिले परिवार धान्न पनि धौंधौं भएको छ । मुख्य पेशा कृषि भएपनि जग्गा नभएका कारण ज्याला मजदुरी गरेर परिवारको खर्च जोहो गरिरहेका छन् ।

बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध

Image
-२०७५ श्रावण १७


जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार २८ गते राति परेको वर्षाका कारण सदरमुकाम चैनपुर नजिकै रहेको राउडी बजार छेउको खोलामा पानीको सतह बढेको र पहिरो गएका कारण राजमार्ग अवरुद्ध भएको स्थानीयले बताएका छन् ।

जिल्ला समन्वय समिति बझाङमा एमाले निर्विरोध

Image
-२०७५ श्रावण १७

शुक्रबार भएको मनोनयन प्रक्रियामा अन्य कुनै पनि दलको मनोनयन दर्ता नभएपछि एमालेको पुरै प्यानल निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत पुर्णप्रशाद बास्तोलाले बताए । 

बझाङमा बाँदर र स्याललेको आतङ्क, किसान चिन्तित

Image
-२०७५ श्रावण १७

बझाङको थलारा गाँउपालीका–९ सिरेटको सेलागाँउमा स्याल र बादरले मकै बाली नष्ट गरेपछि किसान चिन्तित बनेका हुन् ।  थलारा गाँउपालीका ९ सिरेटको सेलागाँउका ४० परिवारले लगाएको मकै बाली बाँदर र स्यालले नष्ट गरेको स्थानीय किडी कामीले बताइन् ।

विमानस्थल सञ्चालन गर्न सरकारलाई ज्ञापनपत्र

Image
-२०७५ श्रावण १७

पर्यटन अभियन्ता तथा सुदूरपश्चिम समृद्धि मार्ग (चैनपुर–ताक्लाकोट सडक खण्ड) दबाब समूहका संयोजक किशोर खड्काको नेतृत्वमा जिल्लाका सांसद तथा पत्रकारसहितको टोलीले पर्यटन मन्त्री जितेन्द्र देवलाई विमानस्थल पिच गरी जहाज सञ्चालनमा ल्याउन लिखित माग गरेका हुन् ।

विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

Image
-२०७५ श्रावण १७

युएसएमा काम गर्ने १५ जना नेपालीहरुको समुहले एक लाख बराबरको शैक्षिक सामग्री १ सय जना विद्यार्थीलाई वितरण गरिएको समाजसेवि मदन सार्कीले बताए ।

बझाङ सदरमुकाम चैनपुर नै बाढीको उच्च जोखिममा

Image
-२०७५ श्रावण १७

‘बहुलाहा खोलाको रुपमा चिनिने बाहुलीगाडमा कुन दिन बाढी आउने हो र सदरमुकाम सखाप पार्ने हो भन्ने डरले त्रसित हुनुपरेको छ,’ शिवालय क्षेत्रमा बसोवास गर्ने प्रकाश गिरीले भने, ‘पहिला सिमखेततिर भएर बग्ने बाहुलीगाड अहिले पूरै चैनपुरतिर फर्किएको छ 

भीरबाट खसेर एक जनाको मृत्यु

Image
-२०७५ श्रावण १७

बझाङको जयपृथ्वी नगरपालीका ९ रिठापाटाका ४२ वर्षीय रुपेन्द्र सिंह धामीको भीरबाट खसेर मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव निरिक्षक नरेन्द्र चन्दले बताए ।

बझाङका १ सय ९० घर पहिरोको उच्च जोखिममा

Image
-२०७५ श्रावण १७

 गाउँमा शाखा सडक विस्तारका क्रममा स्थानीयको घरमाथि सडक कटान गरेपछि स्थानीयका धेरै घर पहिरोको जोखिममा परेका जनाइएको छ । वडा नम्बर ८ का ६० घरधुरी र सेराका २० घरधुरी गरी जम्मा ८० घरधुरी पहिरोको उच्च जोखिममा परेका छन् ।

टहरामा रात काट्न बाध्य बझाङका वादी समुदाय

Image
-२०७५ श्रावण १७

जीवन वादीले भत्किन लागेको आफ्नो घरको छानो देखाउँदै भने, ‘उ हजुर २ वटा खाँवो भाँच्चिइसकेको छ । टेको दिएर अड्याएका छौं । कतिबेला भत्किएर सबै एकै चिहान हुने हो थाहा छैन ।’ छाता ओडेरै खाना पकाउँछन् वादी परिवार । ‘एकै छातामुनि सबै केटाकेटीलाई गुटुमुटु पारेर रात बिताउँछौ ।

नागरिकता बनाउन बझाङ प्रशासनमा घुइँचो

Image
-२०७५ श्रावण १७

 बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म प्रशासनका कर्मचारी नागरिकता दिन तथा सेवाग्राहीलाई सेवा दिन लागिपरेको भएपनि अझैं सबै सेवाग्राहीलाई घर फर्काउन नसकेको जिल्ला प्रशासन कार्यालयका नायवसुब्बा रामकुमार चौधरी बताए ।

बझाङका ९ हिंसापीडित महिलालाई सहयोग

Image
-२०७५ श्रावण १७

युएनएफपीएको आर्थिक सहयोगमा जिल्लाका ९ महिलालाई सहयोग गरिएको महिला विकास निरीक्षक टिटा मगरले बताइन् । महिला विकास अधिकृत लिला घलेले जनही २३ हजार ५ सय नगद हस्तान्तण गरेकी हुन् । आर्थिक रकम प्राप्त गर्नेमा खप्तड छान्ना गाउँपालिका घाँटखोलाकी २५ वर्षीया बेलादेवी रोकायाले रकमले बाख्रा खरिद गर्ने बताइन् ।

जिल्ला अदालत बझाङमा ८० प्रतिशत मुद्दा फर्छौट

Image
-२०७५ श्रावण १७

जिल्ला अदालत बझाङले चालु आर्थिक वर्षको असार मसान्तसम्ममा करिब ८० प्रतिशत मुद्दा फर्छौट गरेको बताएको छ ।  चालु आर्थिक वर्षमा ७५ मुद्दा फर्छौट गर्ने लक्ष्य राखेको अदालतले लक्ष्य भन्दा करिब ५ प्रतिशत मुद्दा फर्छौट गरिसकेको अदालतका श्रस्तेदार घनेन्द्र अधिकारीले बताए ।

ठिङका पहिरोपीडित क्षतिपूर्तिको माग गर्दै प्रशासनमा

Image
-२०७५ श्रावण १७

 असार १४ र ३० गते परेको अविरल वर्षाका कारण सडक भत्काएर पहिरो गएपछि ८ घरमा पूर्ण क्षति भएको हो भने ११ घरमा आंशिक क्षति भएको छ । पहिरोले क्षति पुर्‍याएपछि क्षतिपूर्तिको माग गर्दै पीडित परिवारले जिल्ला प्रशासन कार्यालयमार्फत् गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका हुन् ।

बझाङका महिला ड्राइभिङतर्फ आकर्षित

Image
-२०७५ श्रावण १७

‘पहिले त त्यस्तो तालिम के लिनु भन्ने लागेको थियो । सबै ठाउँबाट हौसला पाएपछि आट गरेकी हुँ,’ ड्राइभिङ तालिम लिँदै गरेकी एकल महिला मथुरा बुढाले बताइन्, ‘सुरुमा हाम्रो समाजका मानिसहरूले के भन्लान् ? भन्ने डर लाग्थ्यो ।