कैलाली

प्रतापपुरमा महिला मृत अवस्थामा फेला

Image
-२०७५ आषाढ २१

कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुर गाउँकी ३२ वर्षीया गर्भी चौधरीलाई आफ्नै घरमा बिहीबार बिहान प्रहरीले मृत अवस्थामा फेला पारेको छ ।

-रासस

नदीमा डुबेर दुई बालकको मृत्यु

Image
-२०७५ आषाढ २१

कैलालीको गौरीगंगा नगरपालिका–११ शिवपुरमा मंगलबार साँझ नदीमा डुबेर दुईजना बालकको मृत्यु भएको छ ।

-रासस

तेक्वान्दोमा सैनिक महाविद्यालय च्याम्पियन

Image
-२०७५ आषाढ २१

 कैलालीको गोदावरी नगरपालिकास्थित तेघरीमा मंगलबार सम्पन्न जिल्लास्तरीय आमन्त्रण तेक्वान्दो प्रतियोगितामा तीन स्वर्णसहित सेनाको सैनिक आवासीय महाविद्यालय च्याम्पियन बनेको छ ।

-रासस

टीकापुरमा चार हात–खुट्टे शिशुको जन्मना साथ मृत्यु

Image
-२०७५ आषाढ २१

कैलालीको टीकापुर अस्पतालमा आज बिहान जन्मिएको एउटा अनौठो शिशुको मृत्यु भएको छ । उक्त शिशुको एक टाउको,  दुई मेरुदण्ड, चार हात र चार खुट्टा थियो ।

-रासस

भासु भीर पुगेर अपराधमा बदलियो एउटा लभस्टोरी

Image
-२०७५ आषाढ २१

श्रीमानलाई छाडेर अर्कै केटासँग बढेको गहिरो प्रेमकै कारण गरिएको गलत कार्यले कैलालीमा एक जोडी प्रेमी र प्रेमिकाका लागि विलापका दिन निम्तिन पुगेको छ ।

-मानसखण्ड

प्रदेश–७ लाई चिनाउन दीपकको यो काइदा !

Image
-२०७५ आषाढ २१

सफल मूर्तिकार बन्ने चाहना बोकेका लामिछानेले दृढ अठोटका साथ आफ्नो पेशालाई निरन्तरता दिएपछि पहिले नकारात्मक र घृणाको नजरले हेर्नेहरु अहिले तारीफ गर्न थालेका छन् ।

-रासस

विराटनगरविरुद्ध महेन्द्रनगरको शानदार जित

Image
-२०७५ आषाढ २१

धनगढीस्थित संघीय प्रहरी ईकाईको क्क्ए क्रिकेट मैदानमा आज भएको खेलमा महेन्द्रनगरले विराटनगर किङ्सलाई ३३ रन र अत्तरियाले रुपन्देही च्यालेन्जर्सलाई ९ विकेटले पराजित गरे ।

-मानसखण्ड

भीमदत्त नगरपालिकाले करिब साढे ५ करोड विद्युत बिल तिर्न बाँकी

Image
-२०७५ आषाढ २१

भीमदत्त नगरपालिकाले सडकवत्तीको मात्रै ५ करोड ३६ लाख रुपैयाँ तिर्न बाँकी रहेको छ । नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रका अनुसार नगरपालिकाले पटक–पटकको ताकेतापछि पनि सो बक्यौता नतिरेको हो ।

लोकतान्त्रिक शक्तिलाई विजयी गराउनुपर्छ : प्रधानमन्त्री देउवा

Image
-२०७५ आषाढ २१

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रमा मात्र जनता मालिक हुने भएकाले लोकतान्त्रिक शक्ति काँग्रेसलाई चुनावमा सघाउन आग्रह गर्नु भएको छ । नेपाली काँग्रेसले शुक्रबार डोटी र अछामका चार ठाउँमा आयोजना गरेको छुट्टाछुट्टै चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘लोकतन्त्रमा मात्र जनता देशका मालिक हुन्छन्, जनतालाई मालिक बनाउने पार्टी नै काँग्रेस हो ।’

-रासस

पेस्तोलसहित एक व्यक्ति पक्राउ

Image
-२०७५ आषाढ २१

धनगढी वडा नम्बर ८ क्याम्पस रोड बस्ने राकेश चौधरीलाई राति १० बजेको समयमा शंका लागी गस्तीमा रहेको प्रहरी टोलीले चेकजाँच गर्दा निजको साथबाट उक्त हतियार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वीरबहादुर बुढामगरले बताए ।

-रासस

लालपुर्जा दिन पहल गर्नेलाई भोट : मुक्त कमैया

Image
-२०७५ आषाढ २१

 चुनावको समयमा आउने नेताहरु भोट माग्दै समस्या समाधानको आश्वासन दिने गरेकामा अहिलेसम्म समस्या समाधान नभएको भन्दै मुक्त कमैयाले जग्गाको लालपुर्जा बनाउन पहल गरिदिनेलाई सहयोग गर्ने बताएका हुन् ।

-रासस

कर्मचारीको कार्यशैली देखेर आपूर्ति राज्यमन्त्री नै हैरान

Image
-२०७५ आषाढ २१

बजार अनुगमनका क्रममा आवश्यक पर्ने उपकरण र कागजात बिना नै कर्मचारी अनुगमनमा आएपछि राज्यमन्त्री विक हैरान भएका हुन् । अनुगमनमा कर्मचारीको चरम लापरवाही देखिएपछि विषयगत कार्यालयका कर्मचारीलाई राज्यमन्त्रीले झपारेका छन् । 

-मानसखण्ड

सुदूरपश्चिमले कार्यकारी नेतृत्व पाएपनि विकास पाएन : पूर्वसञ्चारमन्त्री पोखरेल

Image
-२०७५ आषाढ २१

नेताले पञ्चायतकालदेखि अहिलेसम्म राज्यको नेतृत्व गरिरहेको भएपनि सुदूरपश्चिमको विकास हुन नसकेको बताएका छन् ।सुदूरपश्चिम क्षेत्रमै जन्मिएका नेता धेरै पटक देशको कार्यकारी प्रमुख भइसक्दा पनि नागरिकले अपेक्षा गरेअनुरुप विकास हुन नसक्नु विडम्बना भएको उनले बताए । 

-मानसखण्ड

सुखड–गड्डाचौकी रेल चलाउन अध्ययन हुँदै

Image
-२०७५ आषाढ २१

रेलवे निर्माणको लागि आवश्यक पर्ने बजेट उपलब्ध भए १० वर्षभित्र पूर्वको सिमरादेखि पश्चिम गड्डाचौकीसम्मको रेलवे निर्माण कार्य सम्पन्न गर्न सकिने रेल विभागका महानिर्देशक विष्णुओम वादेले बताए ।

अनुदानको मल चर्को मूल्यमा बिक्री गरिँदै

Image
-२०७५ आषाढ २१

अनुदानको मल सरकारले तोकेको मूल्यभन्दा झण्डै दोब्बर बढी मूल्यमा खरिद गर्नुपरेको किसानले बताएका छन् । “सरकारले किसानलाई अनुदानमा रासायनिक मलखादको व्यवस्था गरेकोछ,” कृषक वीरे चौधरीले भने, “बिक्रेताले चर्को मूल्यमा बिक्री गरिरहेका छन् ।”

-रासस

सुदूरपश्चिममा नेपाली कामदारको चरम अभाव

Image
-२०७५ आषाढ २१

सुदूरपश्चिम क्षेत्रमा मात्र नभएर नेपालमै स्वदेशी मजदुर नपाइने समस्या रहेको उनले बताए । प्रायः नेपालका सबै क्षेत्र, कपाल काट्ने कामदेखि सडक निर्माण, घरमा रंग लगाउने, विभिन्न उद्योगमा कामदारदेखि मेकानिकलसम्म तथा गाडी बनाउने ग्यारेजमा समेत भारतीय कामदार नै आफूले बढी देख्ने गरेको उनले बताए ।

स्पष्ट अधिकार खोज्दै जनप्रतिनिधि

Image
-२०७५ आषाढ २१

भेलाले नेपालको संविधान बमोजिम जिल्ला समन्वय समितिको भूमिका के हुने भन्ने विषयमा स्पष्ट पारिनुपर्ने, स्थानीय तह सञ्चालन सम्बन्धी ऐन नियम तत्काल निर्माण गरिनुपर्ने, जिल्ला समन्वय समितिको काम, कार्तव्य र अधिकार स्पष्ट हुने गरी कानून तत्काल ल्याउनुपर्ने माग गरेको छ ।

ट्रक यातायात व्यवसायीको नवौं वार्षिक साधारणसभा सम्पन्न

Image
-२०७५ आषाढ २१

 ‘राष्ट्र निर्माण विकासका लागि ढुवानी यातायात’ भन्ने मूल नाराका साथ सेतीमहाकाली ट्रक यातायात व्यवसायी संघको नवौं वार्षिक साधारणसभा तथा सातौ अधिवेशन शनिबार धनगढीमा सम्पन्न भएको छ ।

-मानसखण्ड

तीन प्रतिशत भन्दा बढी बालबालिका विद्यालय शिक्षाबाट टाढा

Image
-२०७५ आषाढ २१

कैलाली जिल्लामा अझै तीन प्रतिशतभन्दा बढी बालबालिका विद्यालय शिक्षाको पहुँचबाट बाहिर रहेका छन् । खासगरी, विपन्न तथा सीमान्तकृत समुदायका बालबालिका शिक्षाको पहुँच भन्दा बाहिर रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । 

-रासस

गोदावरी धाममा भौतिक पूर्वाधार निर्माण कार्य तीव्र

Image
-२०७५ आषाढ २१

भौतिक संरचनाअन्तर्गत सहरी विकास मन्त्रालयको ५० लाख रुपैयाँ सहयोग र स्थानीय उपभोक्ताको १० लाख रुपैयाँ श्रमदान गरी ६० लाख रुपैयाँको लागतमा गोदावरी धाममा १०८ वटा शिवलिङ्ग निर्माण कार्यको थालनी भएको छ । 

-मानसखण्ड

खुटियाको कटानले वस्ती नै जोखिममा

Image
-२०७५ आषाढ २१

 दैनिक गुजारा गर्दै आएको खेत बगरमा मिसिएपछि किसान निकै चिन्तित बनेका छन् । किसानले २ वर्ष पहिलादेखि तटबन्धनको लागि विभिन्न निकायमा माग गर्दा पनि कसैले सुनुवाइ नगरेको स्थानीयको गुनासो छ ।

-मानसखण्ड

दशवटा ट्र्याक्टर नियन्त्रणमा

Image
-२०७५ आषाढ २१

सरकारले असार, साउन र भदौ महिनामा नदी तथा खोलबाट ढुंगा गिट्टी बालुवालगायतका नदीजन्य वस्तु उत्खननमा रोक लगाएको भए पनि कैलालीका नदीमा यी वस्तुको लुकीछिपी चोरी हुने गरेको छ ।

-रासस

प्रदेश र संसदको निर्वाचन कसैले रोक्न सक्दैन : प्रचण्ड

Image
-२०७५ आषाढ २१

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मंसिर १० गतेको लागि तोकिएको प्रदेश र संसदको निर्वाचन कसैले रोक्न नसक्ने बताएका छन् ।

-मानसखण्ड

मोहना–अत्तरिया ‘छ लेन’ सडक निर्माण कार्य सुरु

Image
-२०७५ आषाढ २१

मोहनापुल—अत्तरिया सडक आयोजनाका प्रमुख नवीनमान श्रेष्ठले हाल प्रारम्भिकचरणमा उक्त सडक दायाँबायाँ ड्रेन (नाली)  खन्ने कार्य सुरु भइसकेकाले सो स्थानमा पर्ने रुखको कटानी गर्ने, विद्युत् र फोनका खम्बा सार्ने लगायतका अन्य कामको प्रक्रिया अघि बढाइएको बताए ।

-रासस

राजस्वका कर्मचारी घुस सहित पक्राउ

Image
-२०७५ आषाढ २१

सेवाग्राहीबाट ४५ हजार घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सूदुरपश्चिम क्षेत्रीय कार्यालय कञ्चनपुरको टोलीले अत्तरियास्थित राजस्व अनुसन्धान कार्यालयका नासु राजेन्द्र साउदलाई पक्राउ गरेको छ ।

-रासस