डडेलधुरा

उपक्षेत्रीय अस्पतालमा सेवा सुविधा बढेपछि बिरामीको संख्यामा वृद्धि

Image
-२०७४ चैत्र १८ आइतबार

उपक्षेत्रीय अस्पताल डडेल्धुराले आधुनिक मेशिनसहित फिजियो थेरापी सेवा विस्तार गरे सँगै डडेल्धुरासहित ७ नं प्रदेशका पहाडी जिल्लाका बिरामीलाई थेरापी गर्नका लागि सहज भएको छ ।

-रासस

दुर्घटनालाई न्युनिकरण गर्न डडेल्धुरा ट्राफिक सक्रिय

Image
-२०७४ चैत्र १८ आइतबार

चाडपर्व नजिकिएसँगै सवारी नियम उल्लंघनका घटनामा बृद्धि हुन थालेपछि सवारी चेकजाँचलाई तीब्रता दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याउले डडेल्धुराले जनाएको छ । 

-ध्रुव विष्ट

परशुरामधाम प्रचारप्रसारको अभावले ओझेलमा

Image
-२०७४ चैत्र १८ आइतबार

परापूर्वकालमा विष्णुका अवतार मानिने परशुरामले तप गरेको क्षेत्रका रुपमा परिचित महाकाली नदीसँगै रहेको परशुरामधाम ओझेलमा परेको भन्दै स्थानीय बासिन्दाले गुनासो व्यक्त गरेका छन् ।

-मानसखण्ड

सडकलाई प्राथमिकतामा राख्ने जनप्रतिनिधिको प्रतिवद्धता

Image
-२०७४ चैत्र १८ आइतबार

 डडेल्धुराका ७ वटै स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिले ग्रामीण क्षेत्रका सडकको स्तरोन्नति गर्ने प्रतिवद्धता जनाएका छन् ।

-ध्रुव विष्ट

अमरगढी नगरपालिकाको बजेट साढे ३२ करोड बढी

Image
-२०७४ चैत्र १८ आइतबार

नगर सभाबाट नगरपालिकाको आर्थिक विकासका लागि कृषि तथा पशुपालन, उद्योग तथा वाणिज्य, पर्यटन, संस्कृति, सहकारी र वित्तीय क्षेत्रका लागि नीति तथा कार्यक्रम समावेश गरिएको छ ।

-ध्रुव विष्ट

नवदूर्गामा जंगली जनावरले अन्नबालीमा क्षति

Image
-२०७४ चैत्र १८ आइतबार

बँदेल तथा बाँदर लगायत जंगली जनावरले वली गाँउ, गौनेला लगायतका ठाउँमा लगाइएको मकै, धान, भटमासजस्ता बालीनाली सखाप पार्न थालेपछि किसान चिन्तित बनेका स्थानीय मदन ताम्राकारले बताए । जंगली जनावर नियन्त्रणका लागि सम्बन्धित निकाय समक्ष आग्रह समेत गरिएको छ ।

-मानसखण्ड

डडेल्धुरामा नाम मात्रकै खोज तथा उद्दार कार्यदल

Image
-२०७४ चैत्र १८ आइतबार

नमूना अभ्यास सम्पन्न भएकै दोस्रो दिन बिहीबार बेलुकी रंगुन तथा पन्तुरा खोलामा आएको बढीले नदीको बिचमा थुनिएका १४ जना स्थानीय वासिन्दालाई कुनै पनि खोज तथा उद्दार कार्यदलले उद्दार गर्न नसक्दा नमूना अभ्यासमा गरिएको रुडुकको लगानी बालुवामा पानी भएको छ ।

-ध्रुव विष्ट

कुपोषण घटाउन सबै स्थानीय तहमा बजेट

Image
-२०७४ चैत्र १८ आइतबार

स्थानीय स्तरबाटै योजना बनाई ५ वर्षभित्र डडेल्धुराका सबै स्थानीय तहलाई कुपोषणमुक्त बनाउन पहल थालिएको छ । अमरगढी नगरपालिकालाई कुपोषण मुक्त नगर बनाउन जनप्रतिनिधि तथा सरोकारवालाले प्रतिवद्धता समेत जनाएका छन् । 

-ध्रुव विष्ट

अमरगढी नगरपालिका फोहोर व्यवस्थापनको अभावमा प्रदूषित

Image
-२०७४ चैत्र १८ आइतबार

नगरको मुख्य बजार क्षेत्रको फोहोर व्यवस्थापनका लागि समय–समयमा विभिन्न निकायबाट पहल हुँदै आएपनि बजार बाहेकका अन्य क्षेत्रका नागरिकले मनपरी रुपमा फोहोर फाल्ने गरेका छन् । नवनिर्वाचित जनप्रतिनिधि चुनिएसँगै सम्बन्धित निकायले यसतर्फ खासै चासो नदिएको स्थानीयको गुनासो छ । 

-मानसखण्ड

सुदूरपश्चिममा आरन पेशा संकटमा

Image
-२०७४ चैत्र १८ आइतबार

डडेल्धुरा सदरमुकाममा आरन व्यवसाय सञ्चालन गर्दै आएका उदयसिंह लुहारले जीवन धान्न आरन व्यवसाय निकै महत्वपूर्ण भएको बताए । ‘७० वर्षको उमेर भइसक्यो, विगत २५ वर्षदेखि आरन पेशा गर्दै आएको छु,’ उनले भने, ‘फलामबाट विभिन्न वस्तु निर्माण गर्न नेपाली युवापिढीले सिक्न नसक्दा आरन व्यवसाय दिन प्रतिदिन धरासायी बन्दै छ ।’ 

-ध्रुव विष्ट

कर्मचारीको पर्खाइमा जनप्रतिनिधि

Image
-२०७४ चैत्र १८ आइतबार

 स्थानीय तह निर्वाचनपछि वडा तहसम्म जनप्रतिनिधि निर्वाचित भएपनि वडा कार्यालय सञ्चालन गर्न कर्मचारी अभाव देखिएको छ । वडा कार्यालयमा कर्मचारी अभाव हुँदा नवनिर्वाचित जनप्रतिनिधि कर्मचारीको पर्खाइ गरिरहेका छन् ।

-होम योगी

उपक्षेत्रीय अस्पतालमा बिरामीको चाप

Image
-२०७४ चैत्र १८ आइतबार

 अस्पतालमा अहिले दैनिक ३ सयभन्दा बढी बिरामी आउने गरेको मेडिकल सुपरिन्टेन्डेन्ट डा. शिवराज पनेरु बताए । ५० शैया रहेको अस्पतालमा सुदूरपश्चिमका ७ पहाडी जिल्ला डडेल्धुरा, बैतडी, डोटी, दार्चुला, बझाङ, अछाम र बाजुराका बिरामी उपचार गराउन आउने गरेका छन् ।

-ध्रुव विष्ट

उपक्षेत्रीय अस्पतालमा बिरामीको चाप

Image
-२०७४ चैत्र १८ आइतबार

 अस्पतालमा अहिले दैनिक ३ सयभन्दा बढी बिरामी आउने गरेको मेडिकल सुपरिन्टेन्डेन्ट डा. शिवराज पनेरु बताए । ५० शैया रहेको अस्पतालमा सुदूरपश्चिमका ७ पहाडी जिल्ला डडेल्धुरा, बैतडी, डोटी, दार्चुला, बझाङ, अछाम र बाजुराका बिरामी उपचार गराउन आउने गरेका छन् ।

-ध्रुव विष्ट

डडेल्धुरामा प्राविधिक तालिमको नाममा अवैध धन्दा

Image
-२०७४ चैत्र १८ आइतबार

  ३ महिनासम्म मात्रै तालिम सञ्चालनका लागि इजाजत प्राप्त डडेल्धुरा जिल्लाका सबै होटेल म्यानेजमेन्ट इन्स्टिच्यूटलाई ३ दिनभित्र संस्थाको कागजात पेश गर्न निर्देशन दिएको निमित्त प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थीले जानकारी दिए । 

-ध्रुव विष्ट

ट्राफिक नियम उल्लंघन गर्नेमा मोटरसाइकल चालक बढी

Image
-२०७४ चैत्र १८ आइतबार

आर्थिक वर्ष २०७३/७४ मा कञ्चनपुरमा सवारी दुर्घटनामा परी ३१ जनाको मृत्यु भएको छ । ३६ जना सवारी दुर्घटनामा परी घाइते भएका थिए । दुर्घटनामा परी २७ गम्भीर र ९ सामान्य घाइते भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख केसीले बताए । 

-होम योगी

खानेपानीको अभाव झेल्दै भित्री मधेशका रामपुरवासी

Image
-२०७४ चैत्र १८ आइतबार

खानेपानीको अभावमा रामपुरका स्थानीय बासिन्दालाई शौचालयदेखि सरसफाइका लागिसमेत समस्या हुने गरेको छ । करिब पाँच वर्ष पहिले घर घरमा धारा निर्माण गरिएको भए पनि मूलमा पानी सुकेर जाँदा ती धारामा पानी नै आउँदैन ।

-रासस

तेस्रोलिङ्गी मोनिकाले गरिन् विवाह दर्ता

Image
-२०७४ चैत्र १८ आइतबार

कैलालीको लम्कीचुहा–१ की मोनिका शाहीले डडेल्धुराको परशुराम नगरपालिका– १२ का रमेश नाथसँग विवाह गरेकी हुन् । शाहीले यसअघि नेपालमै पहिलो पटक लिङ्गमा ‘अन्य’ उल्लेख गरेर राहदानी बनाएकी थिइन् । 

-ध्रुव विष्ट

डडेल्धुरामा लिउणो बन्यो आम्दानीको स्रोत

Image
-२०७४ चैत्र १८ आइतबार

‘खोलामा त्यत्तिकै खेर जाने लिउडोबाट स्थानीयले राम्रो आम्दानी गर्ने गरेका छन् । मैले पनि दैनिक १० देखि १५ क्वीन्टलसम्म खरिद गरी बिक्री गर्छु,’ व्यापारी भक्त साहु भन्छन्, ‘मैले दैनिक २–३ हजार रुपैयाँ कमाउँछु भने संकलन गर्नेले १ हजारभन्दा बढी कमाउँछन् ।’

-ध्रुव विष्ट

डडेल्धुरामा श्रृंगारिक सामानको व्यापार वृद्धि

Image
-२०७४ चैत्र १८ आइतबार

बजारमा हरियो र पहेंलो रङका चुरा, टीका, पोते, मेहन्दी, रातोमा हरियो फुर्का भएको धागो, हरियो रङको ब्लाउजमा राख्ने घण्टी लगायतका सामग्रीको माग बढेको व्यापारीले बताएका छन् ।

-ध्रुव विष्ट

श्रीखण्डको विरुवा उत्पादनमा वृद्धि

Image
-२०७४ चैत्र १८ आइतबार

भागेश्वर गाँउपालिका–४ का खेमराज जोशीले नर्सरीको स्थापना गरी श्रीखण्डका बोट उमारेर बिक्री थालेका हुन् । प्रतिबोट ३ सय रुपैयाँका दरले बिक्री भइरहेको उनले बताए । नर्सरीमा श्रीखण्डका ५ सय विरुवा रहेका छन् ।

-ध्रुव विष्ट

वर्षाले डडेल्धुराका ग्रामीण सडक अवरुद्ध

Image
-२०७४ चैत्र १८ आइतबार

सडकमा ठूल्ठूला खाल्डा परेका छन् भने अधिकांश सडक पहिरोका कारण अवरुद्ध भएका छन् । यातायातका साधन सञ्चालनमा आउन नसक्दा कयौं व्यक्ति पैदल हिँड्न बाध्य भएका छन् । सञ्चालनमा रहेका सडकमा पनि जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

-ध्रुव विष्ट

जोगबुढाका बाढीपीडितले अझै राहात पाएनन्

Image
-२०७४ चैत्र १८ आइतबार

‘ऐलानी जमिनमा बसेका छौं, वनका कर्मचारी समेत आएर पटक–पटक धम्काउँछन्, के गर्नु ? उनीहरूको काम नै वनको रेखदेख गर्नु हो र पनि हाम्रो विकल्प नहुँदा बाध्य भएर बसेका छौं उनीहरूको धम्कीलाई समेत अटेर गरेर ।

-ध्रुव विष्ट

देउवाले सत्ताको दुरुपयोग गरेः एमाले सचिव ज्ञवाली

Image
-२०७४ चैत्र १८ आइतबार

एमाले सचिव प्रदीप ज्ञवाली प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि खनिएका छन् ।बुधबार प्रधानमन्त्रीको गृहजिल्ला डडेल्धुरा पुगेका ज्ञवाली देउवामाथि खनिएका हुन् । 

-ध्रुव विष्ट

डडेल्धुरामा ७५ वर्षीया हजुरआमा बनिन् मतदाता

Image
-२०७४ चैत्र १८ आइतबार

 ‘मसँग पुरानो परिचयपत्र थियो । तर, त्यो परिचयपत्रले स्थानीय तहको निर्वाचनमा भोट हाल्न पाइएन,’ ७५ वर्षीया गौरीदेवी भट्टराईले भनिन्, ‘फेरि नाम दर्ता गराएँ ।’

-ध्रुव विष्ट

परशुराममा आगलागी हुँदा १२ लाखको क्षति

Image
-२०७४ चैत्र १८ आइतबार

परशुराम नगरपालिका–७ का गगनबहादुर सिंहको घरमा आईतबार १२ बजे आगलागी भएको ईलाका प्रहरी कार्यालय जोगबुढाले जानकारी दिएको छ । आगलागीमा परी ४ कोठे पक्की घर पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

-मानसखण्ड