बैतडी

किन चितुवा हिंस्रक बन्दैछ बैतडीमा ?

Image
-२०७५ आषाढ १९

पछिल्लो समयमा बैतडीमा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको छ । खास गरेर चितुवा र मानवबीचको द्वन्द्व बढ्दै गएको जिल्ला वन अधिकृत प्रभात सापकोटाले बताए । विगत सात वर्षको तथ्यांक हेर्ने हो भने चितुवाको आक्रमणबाट २३ जनाको ज्यान गइसकेको छ ।

-रासस

दोगडाकेदारमा ट्याक्टर दुर्घटना, एकको मृत्यु

Image
-२०७५ आषाढ १९

बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटमा आज साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

-मानसखण्ड

बैतडीमा बाढीपीडितको लागि राहत संकलन

Image
-२०७५ आषाढ १९


जिल्ला युवा समितिको कार्यालयले स्थानीय युवाको पहलमा  सदरमुकामको गढी, शाहीलेक बजार, सरकारी तथा गैरसरकारी कार्यालयबाट ३३ हजार १ सय ६६ रुपैयाँ संकलन भएको जिल्ला युवा समितिका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए । 

पाटनमा गिट्टी कुट्दै जीविकोपार्जन

Image
-२०७५ आषाढ १९

रोजगारीको कुनै अवसर नपाएर यसैलाई रोजगारी मानेका उनीहरू घरपरिवारका सबै सदस्य मिलेर गिट्टी कुट्ने गरेको बताउँछन् । निर्माण व्यवसायीले उनीहरूबाट प्रतिकट्टा ५० रुपैयाँका दरले किन्ने गरेका छन् । दैनिकमा १ जनाले ३–४ कट्टा गिट्टी कुट्ने गरेका छन् ।

ग्रामीण क्षेत्रका महिला सेनेटरी प्याड प्रयोग गर्न थाले

Image
-२०७५ आषाढ १९

गाउँघरमा सेनेटरी प्याड बनाउन सिकाएपछि अहिले सबैले घरमा बनाएर प्रयोग गर्न थालेको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटका राजु धामीले बताए। महिनावारी भएका बेला बग्ने रगतलाई व्यवस्थापन गर्नका लागि सेनेटरी प्याडको प्रयोगले सजिलो भएको उनले  बताए ।

-रासस

जनावरले मकैबाली नष्ट गरेपछि किसान चिन्तित

Image
-२०७५ आषाढ १९

दिउँसो बाँदर र बँदेल तथा राति दुम्सी र भालुले मकैबाली खान थालेपछि किसान हैरान भएका हुन् । मकैबाली जोगाउन खेतमा पहरा दिन थालेको पाटन नगरपालिका–५ कनेडाका मोहन ठगुन्नाले बताए ।

-रासस

मदिरा र जुवातास बन्द गराउन महिला आन्दोलित

Image
-२०७५ आषाढ १९

 मदिरा र जुवातासले महिला तथा बालबालिकामाथि हुने हिंसामा वृद्धि हुन थालेको भन्दै  बैतडीको दोगडाकेदार ३ श्रीकोटका महिला संघर्ष समिति गठन गरी आन्दोलित भएका छन् ।

-रासस

महाकाली स्वास्थ्य चौकीलाई ५ रोपनी जग्गादान

Image
-२०७५ आषाढ १९

 स्वास्थ्यको नाममा जमिन नभएर अहिलेसम्म जीर्ण भवनबाट सेवा दिइरहेको छ । स्वास्थ्यको नाममा जमिन नहुँदा स्वास्थ्य मन्त्रालयबाट भवन निर्माणका लागि अनुदान आएको थिएन । अनुदानका लागि स्वास्थ्य चौकीको नाममा ५ रोपनी जमिन हुनुपर्ने प्रावधान भएकाले जमिन नभएर समस्या भएको थियो ।

मतदाता नामावलीमा नाम दर्ता गर्न आग्रह

Image
-२०७५ आषाढ १९

प्रदेश सभा सदस्य निर्वाचन हुने भएपछि निर्वाचन कार्यालयले पनि तयारी सुरु गरेको छ । फोटोसहित मतदाता परिचयपत्र बनाउन साउन १ गतेदेखि १५ गतेसम्म मतदाता नामावली र अद्यावधिक गर्न थालेको छ । सोमबार जिल्लास्थित राजनीतिक दल सञ्चारकर्मीको बैठकमा यसअघि नाम दर्ता छुट भएका र योग्यता पुगेका नेपाली नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गरेर मताधिकार प्रयोग गर्न आग्रह गरिएको छ । 

बैतडीमा युवा समितिको अन्तक्र्रिया

Image
-२०७५ आषाढ १९

जिल्ला युवा समिति बैतडीका अध्यक्ष सन्तोषप्रकाश जोशीले राजनीतिक नियुक्ति भएपनि कार्यक्रममा काखा र पाखा नगरिएको बताए । क्षेत्र नम्बर १ र क्षेत्र नम्बर २ का २ उद्यमी युवाका व्यवसायलाई बिना व्याज ऋण उपलव्ध गराएको अध्यक्षले जोशीले जानकारी दिए ।

महिला सुरक्षा गृह ४ वर्षसम्म प्रयोगविहीन

Image
-२०७५ आषाढ १९

दशरथचन्द नगरपालिकामा रहेको गृह निर्माणमा नगरपालिका र केयर नेपाल संस्थाले आर्थिक सहयोग गरेका थिए । पीडित महिलालाई आश्रय दिने भन्दै भवन निर्माण गरिएको थियो । बाँकी व्यवस्थापनका लागि रकम अभाव भएपछि सञ्चालनमा आउन सकेको छैन्।

बैतडीमा बस दुर्घटना, पाँचजना घाइते

Image
-२०७५ आषाढ १९

 काठमाडौँबाट गन्नाका लागि छुटेको यात्रुवाहक बस शुक्रबार  बिहान महाकाली राजमार्ग अन्तर्गत बैतडीको सतबाँझ गोकुलेश्वर सडकखण्डमा दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन्

-रासस

पञ्चेश्वर– ६ मा राप्रपा विजयी

Image
-२०७५ आषाढ १९

पञ्चेश्वर– ६ को वडाध्यक्षमा राप्रपाका रामसिंह पुजारा २ सय ५६ मतसहित विजयी भएका छन्  । उनका  निकटतम प्रतिद्वन्द्वी काँग्रेसका इन्द्र भण्डारीले १ सय ८४ मत प्राप्त गरे  ।

-रासस

उच्च पदमा दलित समुदायको प्रतिनिधित्व न्यून

Image
-२०७५ आषाढ १९


जिल्ला निर्वाचन कार्यालय बैतडीमा १३ दल दर्ता छन् । ४ नगरपालिका र ६ गाउँपालिका रहेको बैतडीमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले दलितबाट २ महिलालाई नगर उपप्रमुखमा उम्मेदवार बनाएको छ ।

द्वन्द्वकालमा विस्थापित बैंक पुनःस्थापना नहुँदा सास्ती

Image
-२०७५ आषाढ १९

बैतडीको पुरचौँडी नगरपालिकामा द्वन्द्वकालमा विस्थापित भएका बैंक पुनःस्थापना नहुँदा स्थानीयवासीलाई सास्ती भएको छ ।द्वन्द्वका बेला असुरक्षाको कारण देखाउँदै कृषि विकास बैंक र नेपाल बैंक लिमिटेडको शाखा बन्द गरिएका थिए

-मानसखण्ड

बैतडीको पुर्चाैडीमा बुबाछोरा भिड्दै

Image
-२०७५ आषाढ १९

पुर्चौडी नगरपालिका–७ मा नेकपा एमालेका तर्फबाट ६८ वर्षीय नागी साउँद अध्यक्ष पदका उम्मेदवार बनेका छन् भने उनका छोरा उज्ज्वल साउँद नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पदका उम्मेदवार बनेका छन् ।

-मानसखण्ड

बैतडीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

Image
-२०७५ आषाढ १९

 मृत्यु हुनेमा बैतडीको शिवनाथ गाउँपालिका ४ का ५८ वर्षीय लालसिंह महता र जिप चालक कैलाली साढेपानीका शिव चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्व शर्माले बताए ।

-मानसखण्ड

बैतडीमा ३ म्यादी प्रहरी बर्खास्त

Image
-२०७५ आषाढ १९

बैतडीमा मदिरा सेवन गरेर अनुशासन विपरीत काम गरेको भन्दै ३ जना म्यादी प्रहरीलाई बर्खास्त गरिएको छ ।

-मानसखण्ड

बैतडीमा कांग्रेसको टुंगो, पूर्वराज्यमन्त्री मेयरका उम्मेदवार

Image
-२०७५ आषाढ १९

नेपाली कांग्रेसले बैतडीका १० वटै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ । लामो प्रयासपछि कांग्रेसले उम्मेदवारहरुको टुङ्गो लगाएको हो । क्षेत्रीय कार्यसमिति र जिल्ला कार्यसमितिले उम्मेदवारको टुंगो लगाउन नसकेपछि कागे्रस केन्द्र्रय समितिमा आकांक्षीहरुको नामावली पठाइएको थियो ।

-मानसखण्ड

वर्षा सुरु, बैतडीका किसान रोपाइँमा

Image
-२०७५ आषाढ १९

बैतडीमा वर्षा हुन थालेपछि किसानले रोपाइँ सुरु गरेका हुन् । बैतडीको पाटनमा जेठ दोस्रो सातादेखि सुरु गरिएको रोपाइँ आधाजति सम्पन्न भइसकेको पाटनका स्थानीय कपिल केसीले जानकारी दिए ।

-मानसखण्ड

जीप चुनावी प्रचारमा प्रयोग, यात्रु मारमा

Image
-२०७५ आषाढ १९


नियमित रुपमा सञ्चालन हुने सार्वजनिक यातायातका साधन जीप चुनावको प्रचारमा प्रयोग हुन थालेपछि यात्रु मारमा परेका हुन् । उम्मेदवारले सबै गाडी प्रचारप्रसारमा प्रयोग गर्न थालेपछि जिल्लाको एक ठाउँबाट अर्को ठाउँमा जाने यात्रुलाई समस्या भएको छ ।

-मानसखण्ड

बैतडीमा निर्वाचनको ८० प्रतिशत तयारी पूरा

Image
-२०७५ आषाढ १९

बैतडीमा स्थानीय तहको निर्वाचनको ८० प्रतिशत तयारी पूरा भएको छ । असार १४ गते तय भएको निर्वाचनका लागि जिल्लामा राजनीतिक दलले उम्मेदवार छनौट गरिसकेका छन् भने निर्वाचन कार्यालयले निर्वाचन अधिकृत खटाइसकेको छ ।

-मानसखण्ड

अनन्तसम्म नै रहने भयो तल्लो स्वराडमा चितुवा त्रास

Image
-२०७५ आषाढ १९

बैतडीको तल्लो स्वराडका स्थानीय वर्षाैदेखि चितुवाको आतंकको त्रासदीमा रहेका छन् ।  साविकको पञ्चेश्वर, कुलाउ, मेलौली, उदयदेव, विशालपुर, सलेना क्षेत्रमा चितुवाले मानवीय क्षति समेत गर्न थालेपछि स्थानीय त्रसित भएका हुन् । जिल्ला वन कार्यालय बैतडीका अनुसार चितुवाको आक्रमणबाट ६ वर्षको अवधिमा २१ जनाको ज्यान गएको छ ।

-मानसखण्ड

चमेलियामा पौडी खेल्दा १ किशोर बेपत्ता

Image
-२०७५ आषाढ १९

चमेलिया नदीमा पौडी खेलिरहेका बेला बिहीबार साँझ १ किशोर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बैतडी डिलाशैनी गाउँपालिका–५ गोकुलेश्वर मगराउँका १६ वर्षीय राजु नाथ (नवीन) रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।

 

-मानसखण्ड

झन्झटिलो मतपत्रका कारण मतदातामा चिन्ता

Image
-२०७५ आषाढ १९

‘यो चुनावमा मतपत्र ठूलो छ भन्ने सुनिएको छ, त्यसैले मत बदर भएर जाने हो कि भन्ने चिन्ता छ,’ डिलाशैनी–१ का जानकी रानाले भनिन्, ‘मतदान गर्ने विषयमा आजसम्म सिकाउन कोही आएका छैनन् । कसरी मतदान गर्ने थाहा नहुँदा अन्योल भएको छ ।’ राजनीतिक दलका नेताहरूले भोट मात्रै माग्न आउने तर मतदान गर्ने तरिकाका बारेमा सिकाउने नगरेको स्थानीय उद्धवप्रसाद भट्टले बताए ।

-मानसखण्ड