बिश्व

छाडा चौपाया विकराल समस्या बन्दै !

Image
-२०७४ पौष १२ बुधबार

धर्मभीरुहरू कता हराए  ?   किन हुँदैछ राजनीति  ?  किन मान्छे यति क्रुर  ?

केही वर्षअघि गारक्षा आन्दोलन चलाएर नेपालका गाईगोरु निकासी हुन नदिने तथाकथित धार्मिक समूह अहिले वेपत्ता अवस्थामा छ । चिसो तथा आहारा(पानीको अभावले गाईगोरु मर्ने क्रम जारी रहे पनि कहिंकतै कुनै पनि समूहले गाईगोरुको अवस्थाप्रति चिन्ता देखाएको छैन ।

-मानसखण्ड

मृत्यु भएका र कतार गएका मतदाताको मत कसरी खस्यो ?

Image
-२०७४ पौष १२ बुधबार

सायलमा ९ सय २० मतदाता संख्यामा ९ सय १२ मत खसेका छन् । १७ जना सरकारी कर्मचारी छन्, ती सबै निर्वाचनमा खटिएका छन् । कतिपय विदेश छन् भने केही मरेका छन् । मरेका–जिउदा सबैको नाममा केही व्यक्तिले एकलौटी मतदान गरेको स्थानीय मतदाताले बताएका छन् । एउटै बुथमा यस्तो भएको बेला जिल्लाका १ सय मतदान केन्द्रबाट कति फर्जी मत खसे होलान् ? अनुमान गर्न सकिन्छ ।

-दयाराम पण्डित

‘दैजीमा औद्योगिक क्षेत्र र कैलालीमा विशेष औद्योगिक क्षेत्र’

Image
-२०७४ पौष १२ बुधबार

‘नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेलामा महाकालीको पुलका लागि बजेट विनियोजन गरिएको हो, अहिले निर्माण थालिएको छ,’ उनले भने ‘दोधारा–चाँदनीमा सिँचाइ सुविधा पुर्‍याउन डिजाइन फेर्ने कुरा गरिएको हो । नहर पनि लैजान्छौँ, तीन वर्षमा पुल पनि बनाउँछौँ ।’

-रासस

लोकतान्त्रिक शक्तिलाई विजयी गराउनुपर्छ : प्रधानमन्त्री देउवा

Image
-२०७४ पौष १२ बुधबार

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रमा मात्र जनता मालिक हुने भएकाले लोकतान्त्रिक शक्ति काँग्रेसलाई चुनावमा सघाउन आग्रह गर्नु भएको छ । नेपाली काँग्रेसले शुक्रबार डोटी र अछामका चार ठाउँमा आयोजना गरेको छुट्टाछुट्टै चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘लोकतन्त्रमा मात्र जनता देशका मालिक हुन्छन्, जनतालाई मालिक बनाउने पार्टी नै काँग्रेस हो ।’

-रासस

‘सेलिब्रेटी’ बन्दै बिना मगर, गाउँघरमा आकर्षणको केन्द्र

Image
-२०७४ पौष १२ बुधबार

कांग्रेसका उम्मेदवार तथा निवर्तमान सांसद दिवानसिंह विष्टको क्षमता र भूमिका परीक्षण भइसकेका कारण मतदाताको आशा बिना मगरतिर सोझिएको छ । ‘दिवानसिंह विष्टले सडक बनाइदिन्छु, पुल बनाइदिन्छु, स्कूल बनाइदिन्छु भनेर चुनाव जित्नुभयो । तर, अर्काे चुनाव आउँदासम्म पनि केही पनि काम गर्नुभएन,’ बेलडाँडी गाउँपालिका–३ खैरीघाटका प्रेम विष्टले भने, ‘अब उहाँप्रति कुनै आशा छैन ।’

-जी भट्ट

पुनर्वासका मेयर पदका उम्मेदवार माओवादी केन्द्रमा प्रवेश

Image
-२०७४ पौष १२ बुधबार

आसन्न चुनावमा नेपाली कांग्रेसबाट कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दिवानसिंह विष्टले यसअघि जितेर पनि केही गर्न नसकेकाले वाम गठबन्धनकी उम्मेदवार बिना मगरललाई जिताउन माओवादी केन्द्रमा प्रवेश गरेको रानाले बताए ।

-मानसखण्ड

बाम गठबन्धनका उम्मेदवार गाउँ गाउँमा

Image
-२०७४ पौष १२ बुधबार

कञ्चनपुरको ३ वटै निर्वाचन क्षेत्रमा बाम गठबन्धनका उम्मेदवार, कार्यकर्ता र नेताहरु चुनावी प्रचार प्रसारको तयारी गरीरहेको निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार दिपकप्रकाश भट्टले बताए । ‘हामी प्रतिनिधि र प्रदेश सभाका उम्मेदवार चुनावी प्रचार प्रसारको गाउँ गाउँमा पुगेका छौं, नेकपा एमाले र माओवादी केन्द्रका नेता तथा कार्र्यकर्ताको साथमा निर्वाचन क्षेत्र नम्बर ३ मा चुनावी प्रचार प्रसार गरिरहेका छौं’ उनले भने ।

-मानसखण्ड

सुदूरपश्चिमले कार्यकारी नेतृत्व पाएपनि विकास पाएन : पूर्वसञ्चारमन्त्री पोखरेल

Image
-२०७४ पौष १२ बुधबार

नेताले पञ्चायतकालदेखि अहिलेसम्म राज्यको नेतृत्व गरिरहेको भएपनि सुदूरपश्चिमको विकास हुन नसकेको बताएका छन् ।सुदूरपश्चिम क्षेत्रमै जन्मिएका नेता धेरै पटक देशको कार्यकारी प्रमुख भइसक्दा पनि नागरिकले अपेक्षा गरेअनुरुप विकास हुन नसक्नु विडम्बना भएको उनले बताए । 

-मानसखण्ड

स्पष्ट अधिकार खोज्दै जनप्रतिनिधि

Image
-२०७४ पौष १२ बुधबार

भेलाले नेपालको संविधान बमोजिम जिल्ला समन्वय समितिको भूमिका के हुने भन्ने विषयमा स्पष्ट पारिनुपर्ने, स्थानीय तह सञ्चालन सम्बन्धी ऐन नियम तत्काल निर्माण गरिनुपर्ने, जिल्ला समन्वय समितिको काम, कार्तव्य र अधिकार स्पष्ट हुने गरी कानून तत्काल ल्याउनुपर्ने माग गरेको छ ।

-सुशील ढुंगाना

राष्ट्रवादी शक्तिसित सहकार्य हुन्छः थापा

Image
-२०७४ पौष १२ बुधबार

कञ्चनपुरको भीमदत्तनगरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र  बाहेकका अन्य राष्ट्रवादी शक्तिसित निर्वाचनमा सहकार्य हुने जानकारी दिए।

-रासस

कञ्चनपुर–कैलालीमा निर्वाचन क्षेत्रको सीमाङ्कन कस्तो ?

Image
-२०७४ पौष १२ बुधबार

निर्वाचन क्षेत्र निर्धारण आयोगले कञ्चनपुर र कैलालीमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि क्रमशः ३ र ५ निर्वाचन क्षेत्र निर्धारण गरेको छ । प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रतिनिधिसभाको दोब्बर क्षेत्र निर्धारण भएका छन् ।

-मानसखण्ड

प्रदेश र संसदको निर्वाचन कसैले रोक्न सक्दैन : प्रचण्ड

Image
-२०७४ पौष १२ बुधबार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मंसिर १० गतेको लागि तोकिएको प्रदेश र संसदको निर्वाचन कसैले रोक्न नसक्ने बताएका छन् ।

-मानसखण्ड

कञ्चनपुरमा साढे ३२ हजार मतदाता थप

Image
-२०७४ पौष १२ बुधबार

जिल्ला निर्वाचन कार्यालयका कम्प्यूटर अपरेटर कमल शर्माले निर्वाचन कार्यालय र जिल्लाका सबै स्थानीय तहमा सञ्चालन भएको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यक्रमबाट ३२ हजार ५ सय २६ मतदता थप भएको बताए ।

-भवानीदत्त भट्ट

मतदाता नामावली दर्ता गर्दा बृद्धबृद्धालाई सास्ती

Image
-२०७४ पौष १२ बुधबार

साउन १६ गतेबाट कञ्चनपुरको शुक्लाँफाटा नगरपालिकामा सञ्चालन भएको मतदाता नामावली अद्यावधिक तथा दर्ता गर्दा महिला, बृद्धबृद्धा, अपाङ्गता भएका व्यक्तिलाई अप्ठ्यारो भएको शुक्लाफाँटा नगरपालिका–१ का स्थानीय गणेश पार्कीले बताए ।

-प्रमोद लुहार

जिल्ला समन्वय समिति बझाङमा एमाले निर्विरोध

Image
-२०७४ पौष १२ बुधबार

शुक्रबार भएको मनोनयन प्रक्रियामा अन्य कुनै पनि दलको मनोनयन दर्ता नभएपछि एमालेको पुरै प्यानल निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत पुर्णप्रशाद बास्तोलाले बताए । 

-डीबी विष्ट

कार्यालय नहुँदा काम गर्न समस्या

Image
-२०७४ पौष १२ बुधबार

कार्यालय नहुँदा आफूलाई काम गर्न निकै समस्या भइरहेको मंगलसेन नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष जनकराज भण्डारीको गुनासो छ । ‘जनताले काम गर्नका लागि जिताएका हुन्,’ उनले भने, ‘जनताको सेवाका लागि आतुर भएपनि कार्यालय र कर्मचारी नहुँदा समस्या छ ।

-विष्णुप्रसाद भण्डारी

कञ्चनपुरमा कर्तव्य पूरा नगर्ने उम्मेदवार २०%

Image
-२०७४ पौष १२ बुधबार

जिल्ला निर्वाचन कार्यालयमा बुझाउनुपर्ने कानुनी व्यवस्था भएपनि कञ्चनपुरका २० प्रतिशत उम्मेदवारले अझैैं पनि खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी लिला जोशीले बताए ।

-भवानीदत्त भट्ट

साउन २२ गते जिसस कञ्चनपुरको निर्वाचन

Image
-२०७४ पौष १२ बुधबार

मुख्य निर्वाचन अधिकृतको कार्यालयका नायब सुब्बा अम्बादत्त भट्टले समन्वय समितिको निर्वाचनमा मतदान गर्ने कञ्चनपुरका ९ वटै तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षको मतदाता नामावली प्रकाशन गरिएको जानकारी दिँदै २२ गते बिहान १० देखि दिउँसो १ बजेसम्म मतदान तालिका तोकिएको बताए ।

-मानसखण्ड

कांग्रेसको गोदावरी नगर कमिटीभित्र  आरोप–प्रत्यारोपको दोहोरी

Image
-२०७४ पौष १२ बुधबार

 नगर सभापति हेमप्रकाश उप्रेतिले हस्ताक्षर गरेको सिफारिस पत्रमा केन्द्रीय पार्टी सभापति र महामन्त्रीलाई बोधार्थ समेत पठाएर जिल्ला कार्यसमिति समक्ष कारवाहीको सिफारिसको लागि अनुरोध गरिएको थियो । त्यसविरुद्ध कारवाहीको लागि सिफारिसमा परेका व्यक्तिले मंगलबार विज्ञप्ति जारी गर्दै पदीय हैसियत गुमाएका गोदावरी नगर कमिटी सभापतिले आफूहरूलाई कारवाहीको माग गर्नु हाँस्यस्पद रहेको टिप्पणी गरेका छन् ।

-सुशील ढुंगाना

जिसस अछामको अध्यक्षमा कांग्रेस नेता कुँवर निर्विरोध

Image
-२०७४ पौष १२ बुधबार

नेकपा एमाले लगायत अन्य कुनै पनि दलले मनोनयन दर्ता नगरेपछि नेपाली कांग्रेस–माओवादी गठबन्धनको ९ सदस्यीय समिति निर्विरोध चयन भएको हो । अध्यक्षमा निर्विरोध भएका कुँवर साँफेबगर नगरपालिका–३ का निर्वाचित वडा सदस्य हुन् ।

-विष्णुप्रसाद भण्डारी

‘मुक्त कमैयालाई सीपअनुसारको रोजगारी’

Image
-२०७४ पौष १२ बुधबार

सात वर्षअघि वीरबहादुरसँग विवाह गरेर मुक्तकमैया शिविर पुगेकी उपप्रमुख रानाले राना थारु समुदायको हकहित संरक्षण तथा सामाजिक, शैक्षिकलगायत सुधारका लागि विशेष पहल गर्ने योजना बनाएकी छिन् । आर्थिक अभाव र बेरोजगारीका कारण राना र चौधरी समुदायका विद्यार्थी बीचमै पढाइ छाड्छन् ।

-रासस

आयोगले काम नथाल्दै अछाममा विरोध

Image
-२०७४ पौष १२ बुधबार

कमलजबार नगरपालिकाको बैठकले जिल्लाको कमलजबार नगरपालिका, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकालाई एउटै निर्वाचन क्षेत्र बनाउन माग गर्दै माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएको छ ।

-विष्णुप्रसाद भण्डारी

अछाम कांग्रेसमा टुटफुट, उपसभापतिद्वारा राजीनामा

Image
-२०७४ पौष १२ बुधबार

चुनावमा असहयोग गरेकालाई पार्टीले जिल्ला समन्वय समिति अध्यक्षमा सिफारिस गरेको भन्दै नेपाली कांग्रेस अछामका उपसभापति चन्द्रप्रसाद ढुुंगानाले पदबाट राजीनामा दिएका छन् । 

-विष्णुप्रसाद भण्डारी

कञ्चनपुरको जिल्ला समन्वय समिति ९ सदस्यीय हुने

Image
-२०७४ पौष १२ बुधबार

जिल्ला समन्वय समितिको कार्यालय कञ्चनपुरको आयोजनामा मंगलबार महेन्द्रनगरमा भएको प्रथम जिल्ला सभाले ९ सदस्यीय समिति बनाउने निर्णय गरेको जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत सिद्धराज पन्तले बताए ।

-मानसखण्ड

चौरपाटीमा एमाले उम्मेदवारका पक्षमा फैसला

Image
-२०७४ पौष १२ बुधबार

चौरपाटी गाउँपालिका–२ निवासी नेपाली कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार भीमबहादुर साउँदले गाउँपालिकाको पुनः मतगणना गरी पाउँ भनी उच्च अदालत दिपायलमा दायर गरेको मुद्दाको फैसला गर्दै उच्च अदालतले एमाले उम्मेदवार साउँदलाई विजयी घोषणा गरेको हो । 

-  टेकराज भण्डारी