अन्तरवार्ता

‘बेरोजगार युवालाई लक्षित गरेर योजना ल्याइने छन्’

Image
-२०७४ भाद्र २४ शनिबार

बेलौरी नगरपालिकाको ४ नम्बर वडामा धेरै चुनौति छन् । यसलाई मध्यनजर गर्दै सर्वप्रथम यहाँको ढलनिकासको समस्या छ, त्यसैगरी अव्यवस्थित सहर बजार रहेका कारणले छाडा प्रकारले व्यवसाय गर्दै आइरहेका पाइएको छ । बेलौरी नगरपालिका वडा नम्बर ६ को सीमाना यस वडासँग पनि पर्ने भएकाले भन्सार भएर आउने सामानले गर्दा पनि स्थानीय व्यापारीलाई धेरै समस्या परिरहेको हामीले देखेका छौ । यस वडामा सडकको समस्या, देशकै युवा बेरोजगारी समस्या रहेको छ । त्यसैले यी समस्यालाई प्राथमिकताका साथ सुल्झाउने छौं ।

-भवानीदत्त भट्ट

‘भाषाको कम प्रयोगले नै विद्यार्थी अंग्रेजीमा कमजोर हुन्छन्’

Image
-२०७४ भाद्र २४ शनिबार

शिक्षा प्रणालीमा समयानुकूल सुधार नआउँदा सामुदायिक विद्यालयको नतिजा कमजोर आउने गरेको छ । केही सामुदायिक विद्यालयले आफ्नै स्रोतसाधन प्रयोग गरेर आधुनिक ढंगबाट शिक्षण पद्दति अवलम्बन गरेपनि बाँकी सामुदायिक विद्यालय निजी विद्यालयको तुलनामा कमजोर देखिन्छन् । सामुदायिक विद्यालयको शैक्षिक अवस्था खस्कँदो अवस्थामा रहेको देखिन्छ । सामुदायिक विद्यालयमा प्रायः न्यून आर्थिक स्तर भएका अभिभावकका छोराछोरी पढ्ने गर्छन् ।

-मदन गिरी

‘विकृति र तस्करीमा कर्मचारी र प्रहरीको गिरोह नै सक्रिय छ’

Image
-२०७४ भाद्र २४ शनिबार

हाम्रो संगठनले खासगरी कञ्चनपुरमा यातायातमा हुने बेथितिका विषयमा सामान्य लाइसेन्सको लिखित परीक्षामा पास हुने व्यक्ति अथवा सही लेखेको मान्छे पनि फेल हुने स्थिति र घुस दिएर, पैसाको चलखेल गरेर लाइसेन्स लिनुपर्ने अवस्था, भन्सार कार्यालयमा सामानको कम बिल देखाएर राजस्व बुझाउने कुरामा छापा मारेको स्थिति छ । हामीले कञ्चनपुरमा वाइसीएलको २५ जनाको स्पेसल टास्क फोर्स, हरेक कार्यालयमा गएर के कस्ता गतिविधि भइरहेको छ, अनियमितता कुन तहमा कसरी गरिरहेको छ भनेर अनुगमनको पाटोमा लागेका छौं ।

-जनकसिंह विष्ट

‘हाम्रो वडामा खोलानालाको जोखिम छ’

Image
-२०७४ भाद्र २४ शनिबार

हाम्रो २ नम्बर वडा एकदमै विकट छ । खोलानालाको बिचमा छ, टापुजस्तै छ । त्यसैले पनि पुल र तटबन्धको धेरै नै आवश्यकता छ । नमूना वडा बनाउनको लागि अहिलेदेखि नै पहल गरिरहेको छु । वडाको नक्सासहितको खाका नगरपालिकामा पेस गरेको छु । यसको विकासको लागि नगरपालिकाबाट के कति बजेट आउँछ, त्यसपछि थप बजेटको लागि केन्द्रतिर पहल गर्छु ।

-होम योगी

‘चुनावपछि जनताले गाउँगाउँमा नेता पाएका छन्’

Image
-२०७४ भाद्र २४ शनिबार

जनताले नेता पहिचान गरेका छन् । जनताले सहयोग गरिरहेका छन् । वडामा हुने सामान्य झैंझगडा, गलत बुझाइले हुने झगडाहरू हिजो प्रहरी चौकीमा पुग्ने कुरा वडाबाटै समाधान भइरहेका छन् । सामान्य लेनदेन, विभिन्न खेतका सीमाना, ग्राभेल, ह्यूमपाइपका कुराहरू ठूलै ‘इस्यू’ बन्ने गरेका थिए भने अहिले ती सामान्य तरिकाले समाधान भइरहेका छन् ।

-होम योगी

‘जनताका जनप्रतिनिधि आए है भनेर अनुभूति दिनुपर्छ’

Image
-२०७४ भाद्र २४ शनिबार

स्थानीय तहमा स्वायत्त शासन ल्याउने र पूर्ण अधिकार दिने भन्ने कुरा त्यतिखेर पनि चलेको हो । त्यो अधिकार उतिबेला संविधानमा पनि लेखिएन, कानून पनि बनाइएन् । पछि २०५५ सालमा स्वायत्त शासन ऐन आयो । तर, त्यसले पनिस्थानीय स्वायित्व शासनसँग २७ वटा कानूनहरू बाँझिएका थिए । ती कानूनलाई संशोधन गर्नमा सरकारले चासो दिएन । त्यसकारण त्यतिखेरभन्दा अहिले धेरै फरक छ । अहिले स्थानीय तह स्वायत्त भएर काम गर्न सक्ने अधिकार सम्पन्न छन् ।

-जनकसिंह विष्ट

सिंहदरबारमा हरेक पार्टीका दलाल छन् : विजयसुन्दर

Image
-२०७४ भाद्र २४ शनिबार

पारिवारिक दृष्टिले पञ्चायतकालिन प्रधानपञ्चका छोरा हुन विजयसुन्दर । राजनीतिक संस्कार उनले घरबाटै पाए । देशमा पञ्चायती शासनको अन्त्यसँगै व्यक्तिगत प्रतिशोध सुरु भयो उनको परिवारविरुद्ध । यसले उनीभित्र समेत विद्रोही चेत पैदा गर्‍यो । र, उनी होमिए प्रत्यक्ष राजनीतिमा । बैतडीमा छँदा नै उनी तत्कालीन मालेसँग जोडिइसकेका थिए । मोरङका गंगा पौडेल बैतडी पुगेका थिए मालेको संगठन निर्माण गर्न । संगठन गर्न खप्पीस पौडेल । बैतडीका हरेक गाउँ पुग्थे उनी । पौडेलबाट प्रभावित भएर विजयसुन्दरले समेत सदस्यता लिए मालेको । 

-गोकर्ण भट्ट

‘विद्यार्थी संगठन दबाब सिर्जना गर्ने समूह मात्र हो’

Image
-२०७४ भाद्र २४ शनिबार

विश्वविद्यालय पदाधिकारीविहीन भएको वर्षाै भइसकेको छ । भर्खरै मात्र डीन नियुक्ति भएका छन् । त्यसमा पनि विवाद सिर्जना भएको छ । विश्वविद्यालयको वृद्धि र विकासमा सहयोग गर्ने मान्छे डीन नियुक्त गर्नुपर्छ । क्षमता, योग्यताको आधारमा डीन नियुक्ति गर्नुपर्छ भन्ने लाग्छ । हाम्रो संगठनले राजनीतिक भागबण्डा गर्नु हुन्न भन्ने माग राख्दै आएको छ । विश्वविद्यालयमा समायोजनका लागि कसैले ध्यान दिएको छैन । बरु समायोजनको विरोधमा रहेकालाई नै डीन नियुक्त गरिएको छ । त्यस्ता व्यक्तिले कसरी विश्वविद्यालयलाई अगाडि बढाउन सक्छन् ?

-प्रमोद लुहार

‘छाडा पशुचौपाया व्यवस्थापन सबैभन्दा ठूलो समस्या’

Image
-२०७४ भाद्र २४ शनिबार

गड्डाचौकीदेखि जिमुवासम्म जोड्ने ठाउँमा पनि दशगजा क्षेत्रमा थुप्रै लाइन लिएर बसेका छन् । त्यहाँ सडक नै छैन । त्यहाँका जनता दशगजा क्षेत्रको भारतको सडक भएर हिँड्न बाध्य छन् । यसका लागि पहल गर्ने छौं । दशगजामा कसरी सडक छुट्याउने भनेर पहल गर्ने र्छौं । अन्तर्राष्ट्रिय सवालको विषय भएकाले यो समस्या स्थानीय स्तरभन्दा पनि केन्द्रबाट कुटनीतिक ढंगबाट समाधान गरिनुपर्छ ।

-भवानीदत्त भट्ट

‘सुदूरपश्चिममा पर्यटन व्यवसायका लागि उत्कृष्ट स्थान छन्’

Image
-२०७४ भाद्र २४ शनिबार

सुदूरपश्चिममा पर्यटन व्यवसायका लागि उत्कृष्ट स्थान रहेका छन् । जसलाई हामीले पहिचान गराउन सकेका छैनौं । सुदूरपश्चिमका पर्यटकीय स्थललाई हामीले मात्र चिन्न सक्यौं । तर, पर्यटकलाई चिनाउन सकेका छैनौं । पर्यटकीय सम्भावनाका स्थल खप्तड ट्रेकिङका लागि उपयुक्त ठाउँ हो । बडीमालिका थुप्रै धार्मिकस्थल रहेका छन् । जसले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षण गर्न सक्छन् । कञ्चनपुरमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई व्यवस्थित गर्न सके पर्यटक तान्न सकिन्छ । एसियाकै सबैभन्दा ठूलो बाह्रसिंगाको झुण्ड यहाँ पाइन्छ । तर, प्रचारप्रसारको खाँचो छ ।

-होम योगी

‘अबको निर्वाचनमा पनि एमाले पहिलो पार्टी बन्छ’

Image
-२०७४ भाद्र २४ शनिबार

जिल्लामा यातायात गुरुयोजना, ग्रीन सिटी, मानव विकास सूचकाङ्कको विषय, यहाँको गरीबीको नक्साङ्कनको सवाल छ । नगरपालिकाले स्रोत र संशाधन कसरी जुटाउने, भ्रष्टाचारलाई निर्मुल गर्ने चुनौती छ । यी तमाम चुनौतीसँग पौठेजोेरी खेल्नका लागि एमालेबाट निर्वाचित जनप्रतिनिधि लाग्ने छ । त्यति मात्र होइन, जनताका मुद्दा उठान गर्ने सवालमा एमाले सबै पक्षसँग मिलेर जाने छ ।

-जनकसिंह विष्ट

‘शिक्षकले विद्यार्थीको मनोविज्ञान बुझ्न सक्नुपर्छ’

Image
-२०७४ भाद्र २४ शनिबार

सामुदायिक विद्यालयका शिक्षकका समस्या भनेको सरकारले तोकेको न्यूनतम तलबले मात्रै पुग्दैन भन्ने भावना रहेको छ । त्यसका लागि सानै भएपनि अतिरिक्त आम्दानीको लागि अन्य प्रयास गर्ने गरेको पाइन्छ भने तलबवाफत गर्नुपर्ने कामका लागि कम मेहनत गर्ने गरेको पाइन्छ । जस्तैः हामीले सामुदायिक विद्यालयमा ‘प्लस टू’का कक्षा पढाएवाफत थप भुक्तानी गर्ने गरिन्छ । तसर्थ, शिक्षकले पनि ‘प्लस टू’ कक्षालाई पूर्वतयारीका साथ मेहनत गरेर पढाएको पाइन्छ । तल्लो कक्षाको अध्यापनका लागि खासै मेहनत गरेको देखिँदैन ।

-मदन गिरी

‘वडामा निर्वाचित सबै जनप्रतिनिधि एउटै परिवार हो’

Image
-२०७४ भाद्र २४ शनिबार

 जतिबेला चुनाव चलिरहेको थियो । हामी चुनावमा एउटा पार्टीको झण्डा बोकेर लड्यौं । अहिले कुनै अल्पमतको कुरै छैन । वडामा ५ जनप्रतिनिधि चुनिएका छौं । यो एउटा परिवार हो । निर्वाचित जनप्रतिनिधिको सरसल्लाह अनुसार अगाडि बढ्छौं ।

-मदन गिरी

‘महाकाली पारीको नेपाललाई नमुना बनाइन्छ’

Image
-२०७४ भाद्र २४ शनिबार

माओवादी केन्द्रले महाकाली नगरपालिकाको मेयरको उम्मेदवारमा ईन्द्रबहादुर रावतलाई अघि सारेको छ । माओवादीले महाकालीमा निर्वाचनको प्रचारप्रसार कसरी गरिरहेको छ र एजेण्डा के हुन् ? यिनै विषयमा केन्द्रित रहेर उम्मेदवार ईन्द्रबहादुर रावतसँग पत्रकार मदन गिरीले गरेको कुराकानीको सम्पादित अंश :

-मदन गिरी

धनगढीलाई कस्तो बनाउन चाहन्छन् गोपी हमाल ?

Image
-२०७४ भाद्र २४ शनिबार

हमालले स्थानीय तहको निर्वाचनमा धनगढी उपमहानगरपालिकाका प्रमुख  (मेयर) पदमा स्वतन्त्रबाट उम्मेदवार  घोषणासँगै हमाल चुनावी प्रचारमा होमिएका छन् । हमालसँग पत्रकार सुशील ढुंगानाले गरेको कुराकानीको सम्पादित अंश :

-मानसखण्ड

'भीमदत्तलाई देशकै उत्कृष्ट नगर बनाउँछौं'

Image
-२०७४ भाद्र २४ शनिबार

माओवादी केन्द्रले भीमदत्तको मेयरको उम्मेदवारमा जिल्ला इन्चार्ज गोपाल रसाइलीलाई अघि सारेको छ । निर्वाचन नजिकिँदै जाँदा मेयरका उम्मेदवार गोपाल रसाइलीसँग जनकसिंह विष्टले गरेको कुराकानीको सम्पादित अंश :

-जनकसिंह विष्ट

आफू जिते धनगढीको कायापलट हुने दावी

Image
-२०७४ भाद्र २४ शनिबार

धनगढीको नगर प्रमुख (मेयर) मा नेकपा एमालेले दुर्गाप्रसाद जोशीलाई अगाडि सारेको छ । एमाले कैलालीका सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख रहेका जोशी लामो समयदेखि शैक्षिक पेशामा आवद्ध छन् । मेयरका उम्मेदवार दुर्गाप्रसाद जोशीसँगको कुराकानीको सम्पादित अंश :

-मानसखण्ड

भीमदत्तमा एमालेको प्रतिस्पर्धी नै छैन : विष्ट

Image
-२०७४ भाद्र २४ शनिबार

एमालेले जिल्ला सचिव सुरेन्द्र विष्टलाई भीमदत्त नगगरपालिकाको नगर प्रमुख (मेयर) को उम्मदेवार बनाएको छ । विष्टका एजेण्डा के छन् ? मेयरका उम्मेदवार विष्टसँग यी र यस्तै प्रश्नको जवाफ लिने जमर्काे गरेका छन् पत्रकार जनकसिंह विष्टले :

-जनकसिंह विष्ट

टिकट वितरणको असन्तुष्टि जायज हो

Image
-२०७४ भाद्र २४ शनिबार

२०३६ सालदेखि सक्रिय राजनीतिमा रहेका रामकुमार ज्ञवाली २०५१ सालमा कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रबाट सांसद निर्वाचित भएका थिए । एमाले पार्टीभित्र सक्रिय र महत्वपूर्ण भूमिकामा रहेका केन्द्रीय सदस्य  ज्ञवालीसँग पत्रकार जनकसिंह विष्टले गरेको कुराकानीको सम्पादित अंश :

-मानसखण्ड