विशेष

शुक्लाफाँटामा पर्यटक बढ्दै

Image
-२०७४ फाल्गुण २५ शुक्रबार

 शुक्लाफाँटा वन्यजन्तु आरक्ष निकुञ्जमा स्तरोन्नतिपछि स्थानीय र राज्यकोतर्फबाट प्रचारप्रसार हुँदा पर्यटकको संख्यामा बृद्धि

-होम योगी

किन गम्भीर छैनन् स्थानीय सरकार ?

Image
-२०७४ फाल्गुण २५ शुक्रबार

नागरिकलाई राज्यले सहज सेवा प्रदान गर्ने उदेश्यले सरकारी कार्यालय अगाडी सबैले देख्ने र बुझ्ने भाषामा कार्यालयले प्रदान गर्ने सुवा सुविधा उल्लेखित बडापत्र राख्नुपर्ने कानुनी व्यवस्था छ । तर, कञ्चनपुरका स्थानीय तहले बडापत्र राखेका छैनन् । 

-होम योगी

कानुन पनि मान्दैन ब्रम्हदेवको सिद्धनाथ मन्दिर समितिले

Image
-२०७४ फाल्गुण २५ शुक्रबार


सार्वजनिक खरिद ऐनको ठाडो उल्लघंन । भ्याटमा दर्ता नभएकालाई ९० लाखको टेण्डरमा सहभागी गराइयो । टेण्डर हाल्न एउटा वडाका वासिन्दालाई मात्रै अधिकार दिइयो ।

-मानसखण्ड

सुदूरपश्चिममा भ्रष्टाचार : शिक्षा क्षेत्र र कैलाली जिल्लाका सबैभन्दा धेरै उजुरी

Image
-२०७४ फाल्गुण २५ शुक्रबार

अख्तियार कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार गत मंसिरसम्ममा परेका ३ हजार ६ सय ६३ उजरीमध्ये सबैभन्दा बढी १ हजार ३ सय ५७ उजुरी शिक्षा क्षेत्रसँग सम्बन्धित छन् ।

-मदन गिरी

मेयरको नाटक , काठको कुर्सीमा बसेर ३० हजार खाने निर्णय

Image
-२०७४ फाल्गुण २५ शुक्रबार

 सरकारी सुविधा भन्दा जनताको सेवामा खटिने भन्दै सरकारी कुर्सीलाई छोडेर काठको कुर्सीमा बसेर चर्चा पाएका शुक्लाफाँटा नगरपालिकाका प्रमुख दिलबहादुर ऐरले ३० हजार खाने निर्णय गरेका छन्

-होम योगी

के गर्दैछन् जनप्रतिनिधि ?, छाडा पशुचौपाया समस्या ज्यूका त्यू

Image
-२०७४ फाल्गुण २५ शुक्रबार

प्रधानमन्त्री र मन्त्रीले छाडा पशुचौपायाको समस्यालाई बुझेको भएपनि व्यवस्थापन गर्नतिर केन्द्रीय सरकारले चासो नदेखाएको प्रा.डा. मुकुन्द कलौनीले बताए । ‘मन्त्री, प्रधानमन्त्री धनगढी हुँदै कञ्चनपुर पुगे, बाटोमा छाडा पशु चौपायाले पुर्‍याउने समस्या बुझे होलान् ।

-होम योगी

गोलचक्करमा सिटी हल निर्माण

Image
-२०७४ फाल्गुण २५ शुक्रबार

पटक–पटक विवाद र चर्चामा आउने गरेको महेन्द्रनगर नगर विकास समितिको महत्वपूर्ण भौतिक निर्माण अन्तर्गत रहेको सिटी हल निर्माण कार्य गोलचक्करमा परेको छ ।

-होम योगी

जनज्योति आधारभूत विद्यालयमा घमासान लफडा

Image
-२०७४ फाल्गुण २५ शुक्रबार

२०७० सालमा विद्यालय प्रशासन र १ जना शिक्षकबीच भएको विवाद बढ्दै गएर जिल्ला शिक्षा कार्यालय समेत विवादमा मुछिएको छ । शिक्षकको तलब निकासा विवादले विद्यालयको खाता बन्द हुँदा अन्य शिक्षकले समेत तलब पाउनबाट वञ्चित हुनुपरेको छ । 

-होम योगी

महाकाली पुल शिलान्यासको शिलालेख कलहको शिकार

Image
-२०७४ फाल्गुण २५ शुक्रबार

सांसद तथा पूर्वमन्त्री लेखकको नाम अंकित भएपछि कञ्चनपुरकै अर्का सांसद तथा कांग्रेस नेता एनपी सावदको समूह आक्रोशित भएको थियो । बिना कारण लेखकको नाम अंकित भएपछि सावद समूहले शिलालेख हटाउन प्रधानमन्त्री र मन्त्री बलायरलाई दबाब दिँदै आएको थियो ।

-जनकसिंह विष्ट

सुदूरपश्चिममा नेपाली कामदारको चरम अभाव

Image
-२०७४ फाल्गुण २५ शुक्रबार

सुदूरपश्चिम क्षेत्रमा मात्र नभएर नेपालमै स्वदेशी मजदुर नपाइने समस्या रहेको उनले बताए । प्रायः नेपालका सबै क्षेत्र, कपाल काट्ने कामदेखि सडक निर्माण, घरमा रंग लगाउने, विभिन्न उद्योगमा कामदारदेखि मेकानिकलसम्म तथा गाडी बनाउने ग्यारेजमा समेत भारतीय कामदार नै आफूले बढी देख्ने गरेको उनले बताए ।

-सुशील ढुंगाना

प्रअ–लेखापाल खटपटले विद्यार्थीको बिजोग

Image
-२०७४ फाल्गुण २५ शुक्रबार

प्राधानाध्यापक हर्का बोहोराले लेखापालले विद्यालयको खाताबाट रकम नदिएकाले शिक्षा कार्यालयलाई भुक्तानी गर्न नसकिएको बताइन् । तर, लेखापाल जोशीले पुस्तकका लागि प्रधानाध्यापक बोहोरालाई ४५ हजार रुपैयाँको चेक दिइएको बताएका छन् ।

-जनकसिंह विष्ट

सशस्त्रका घुमुवाको अस्वभाविक हर्कतले बालक त्रसित

Image
-२०७४ फाल्गुण २५ शुक्रबार

सादा पोशाकका घुमुवा प्रहरीले आफ्नो परिचय नखुल्ने गरी सीमा क्षेत्रका गतिविधिमाथि निगरानी राख्दै सूचना संकलन गर्नुपर्ने हो । तर, घुमुवा सशस्त्र प्रहरीले चेकजाँच र हातपात गर्न थालेपछि सीमा क्षेत्रमा प्रायः नियमित हिँड्ने बालक त्रसित बनेका छन् ।

-होम योगी

स्थानीय तहका न्यायिक समिति अन्यौलमा

Image
-२०७४ फाल्गुण २५ शुक्रबार

नगर उपप्रमुखमा निर्वाचित भई पदभार सम्हाले यता नगरपालिकामा २/३ प्रकारका ८/१० मुद्दा आएको बताउँदै उनले भनिन्, ‘न्यायिक समितिको कानूनी प्रक्रियाबारे स्पष्ट व्यवस्था नहुँदा सेवाग्राहीलाई तत्कालका लागि सम्बन्धित निकायमा जान सल्लाह दिँदै फिर्ता पठाइएको छ ।’

-जनकसिंह विष्ट

स्थानीय तहमा प्रशासनिक कर्मचारीको अभाव

Image
-२०७४ फाल्गुण २५ शुक्रबार

स्थानीय तहमा माग गरिएका कर्मचारीको पदपूर्ति नहुँदा सेवा प्रवाहमा जटिलता थपिएका छन् । जिल्ला कर्मचारी व्यवस्थापन समितिसँग नगरपालिका तथा गाउँपालिकाले तत्काल आवश्यक पर्ने कर्मचारी माग गरेको भएपनि पदपूर्ति नहुँदा सेवा प्रवाहमा असहजता देखिएको हो ।

-जनकसिंह विष्ट

विद्युत् चोरीको जानकारी माग्दा कार्यालय प्रमुख फरार !

Image
-२०७४ फाल्गुण २५ शुक्रबार

१ हप्तादेखि लगातारको प्रतिक्षापछि फेरि आईतबार वितरण केन्द्रस्थित प्रमुख पन्तको कार्यकक्षमा पुग्दा उनी कार्यकक्षमै थिए । तर, परिचय दिएर विद्युत् चोरीबारे जानकारी लिन खोज्दा प्रमुख पन्त कार्यकक्ष छाडेर एकाएक फरार भए । फेरि कार्यकक्षमा आउँछन् कि भनेर प्रतिक्षा गर्दा १ घण्टासम्म उनी फर्केर आएनन् ।

-होम योगी

विद्युत् प्राधिकरण महेन्द्रनगरका प्रमुखको चरम लापरवाही

Image
-२०७४ फाल्गुण २५ शुक्रबार

दोधारा फ्यूज सेवाका ज्यालादारी कर्मचारी गणेश गिरीले विद्युत् चोरी गरेको विषयमा छानविन भइरहेका बेला कार्यालय प्रमुख एकाएक फरार हुनु शंकास्पद रहेको दोधाराका स्थानीय तथा अनेरास्ववियू कञ्चनपुरका अध्यक्ष ओम बस्नेतले बताए । 

-होम योगी

तत्कालीन मन्त्री लेखककै क्षेत्रमा सडक बनाउन ढिलासुस्ती

Image
-२०७४ फाल्गुण २५ शुक्रबार

गत आर्थिक वर्षमा नै सबै सडक कालोपत्रे गर्ने ठेकेदार कम्पनीले जिम्मा लिएको भएपनि हालसम्म ५७ प्रतिशत मात्र काम सकिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी खगेन्द्रबहादुर शाहीले बताए ।

-होम योगी

विद्युत्का कर्मचारीमाथि नै विद्युत् चोरेको आरोप

Image
-२०७४ फाल्गुण २५ शुक्रबार

 मैले १०–१२ वर्षदेखि विद्युत् चोरेर प्रयोग गर्ने आरोप झुठो छ, कसैले रिसइवीले मैले विद्युत् चोरर प्रयोग गरेको आरोप लगाएका हुन् ।’ दाई–भाई एकै भएकाले एकै घरको मिटर प्रयोग गरेर बिजुली प्रयोग गरेको उनले बताए ।

-होम योगी

कता बेपत्ता भए कलुवापुर–बेलौरी सडक बनाउनुपर्ने ठेकेदार ?

Image
-२०७४ फाल्गुण २५ शुक्रबार

वर्षात्मा यात्रुले जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । ठेक्का सम्झौता भएको १ वर्षसम्म पनि कालोपत्रेको काम सुचारु नभएको सडकको निर्माण कार्य अढाई वर्षमा सम्पन्न हुनेमा आशंका गरिएको छ ।

-भवानीदत्त भट्ट

कर्मचारीको पर्खाइमा जनप्रतिनिधि

Image
-२०७४ फाल्गुण २५ शुक्रबार

 स्थानीय तह निर्वाचनपछि वडा तहसम्म जनप्रतिनिधि निर्वाचित भएपनि वडा कार्यालय सञ्चालन गर्न कर्मचारी अभाव देखिएको छ । वडा कार्यालयमा कर्मचारी अभाव हुँदा नवनिर्वाचित जनप्रतिनिधि कर्मचारीको पर्खाइ गरिरहेका छन् ।

-होम योगी

कृष्णपुरका मेयरले देखाए अचम्मको हर्कत

Image
-२०७४ फाल्गुण २५ शुक्रबार

वडा अध्यक्षको उपस्थिति बिना नै वडा कार्यालय उद्घाटनमा मेयरको सहभागिता थियो । कृष्णपुरका मेयर नेकपा एमालेका हुन् भने १ नम्बर वडाका अध्यक्ष नेपाली कांग्रेसका हुन् । फरक राजनीतिक दलबाट निर्वाचित वडा अध्यक्षलाई जानकारी नै नदिई कृष्णपुरका मेयरले अर्कै वडामा वडा कार्यालय स्थापना गरेका छन् । 

-होम योगी

चोरीका सवारीसाधन खरिदबिक्रीमा ‘डीएसपी सम्म संलग्न’

Image
-२०७४ फाल्गुण २५ शुक्रबार

 प्रहरी स्रोतका अनुसार सवारीसाधन खरिद गर्नेमा सर्वसाधारणदेखि प्रहरी नायव उपरीक्षक, सशस्त्र प्रहरी नायव उपरीक्षक, यातायात व्यवस्था कार्यालय महाकालीका कर्मचारी, यातायात व्यवस्था कार्यालय सेतीका कर्मचारी, वनका कर्मचारी र व्यापारी रहेका छन् । 

-होम योगी

यातायात कार्यालयका कर्मचारीको मिलोमतो सरकारी कागज किर्ते, दुई जना पक्राउ

Image
-२०७४ फाल्गुण २५ शुक्रबार

भारतीय नागरिक आलोक श्रीवास्तव, सन्नी सरदार, जानी भाई लगायतका तस्करहरुसँग मिलेर कम मुल्यमा चोरिएका सवारी साधन नेपाल ल्याएर नक्कली कागजातको भरमा यातायात व्यवस्था कार्यालय महाकाली र सेतीका कर्मचारी सँगको मिलमतोमा कारोबार गर्ने गरेको खुलसा भएको छ । 

-होम योगी

यस्तो छ एसपी चन्दको नियत !

Image
-२०७४ फाल्गुण २५ शुक्रबार

‘यो प्रेस स्वतन्त्रता माथीको ठुलो प्रहार हो, ‘उनले भने, ‘समाचार लेखेकै भरमा अपहरण शैलीमा प्रहरीले हामीलाई पक्राउ गर्‍यो .’ प्रहरीमा दर्ता नहुने मुद्दा प्रहरीले पीडितलाई उस्काएर आफुहरु बिरुद्ध जबरजस्ती मुद्दा दर्ता गराएर लफडा मच्चाएको मानसखण्डका सम्पादक भण्डारीको बताए । 

-मानसखण्ड

एक हप्ता नपुग्दै यो हाल : देश डुबाउने भए ठेकेदारले !

Image
-२०७४ फाल्गुण २५ शुक्रबार

भीमदत्त नगरपालिका–१२ ऐरीमा ८ सय मिटर सडकमा मापदण्ड विपरीत कालोपत्रेको काम भइरहेकोबारे स्थानीयले सरोकारवालाको ध्यानाकर्षण गराउँदा समेत ध्यान नदिएको आरोप लगाइएको छ । सडकमा कालोपत्रे गर्ने काम भइरहेकै बेला उप्किएको छ ।

-जनकसिंह विष्ट